ट्रेंडिंग:

>> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

लुम्बिनी प्रादेशिक अस्पताल : बोर्डकै निर्णय कार्यान्वयन गर्दैनन् मेसु

८ पुष २०८०, आईतवार
८ पुष २०८०, आईतवार

बुटवल, ८ पुस ।

अस्पताल नियमावलीलाई मिच्दै कर्मचारी भर्ना गरेको लुम्बिनी प्रादेशिक अस्पतालले नियुक्ति सच्याउन गरेको निर्णय तीन महिनादेखि अलपत्र पारेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले नियम विपरित भर्ना गरिएका कर्मचारीलाई प्रक्रिया पु¥याएर कार्यविधि बमोजिम निर्णय गर्नेगरी पुरानो नियुक्ति सच्याउन गरिएको निर्णय कार्यान्वयनमा उदासिनता देखाएका हुन् ।

पछिल्लो पटक अस्पतालमा मेसु थापाले नर्सिङतर्फ १९, मेडिकल डाक्टर ८, फार्मेसीमा २, ल्याव र सुरक्षा गार्डमा २÷२ जना कर्मचारी नियुक्त गरेका थिए । त्यस्तै गएको वैशाख ३ गते समेत स्टाफ नर्स र कार्यालय सहयोगीमा ४÷४ जना नियुक्त गरिएको थियो । उनीहरुलाई वैशाख ७ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको अस्पताल स्रोतले बताएको छ ।

यसरी नियम विपरित गरिएको निर्णय सच्चाउनु पर्ने भन्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा गत असोज १५ गते निर्णय भएपनि मेसु थापाले कार्यान्वयनमा चासो नदिएका हुन् । असोज १५ को बैठकको निर्णय नम्बर ९ मा उल्लेख भएअनुसार ‘विमा÷फार्मेशी तथा अस्पतालका विभिन्न विभागमा आवश्यक जनशक्ति प्रदेश सरकारले जारी गरेको करार कर्मचारी व्यवस्थापन कार्यविधी र अस्पताल विकास समिति नियमावली बमोजिम यथाशीघ्र करार पदपूर्ती प्रक्रिया अगाडि बढाउने’ भनी निर्णय गरिएको थियो ।

निर्णय कार्यान्वयनका सम्बन्धनमा प्रतिक्रियाका लागि टेलिफोन सम्पर्क गर्न खोज्दा मेसु डा. थापाले भने फोन उठाएनन् ।

लुम्बिनी अञ्चल अस्पताल नियमावली २०६३ मा अस्पतलमा नयाँ कर्मचारी भर्ना वा बढुवा पदपूर्ति समितिको सिफारिसको आधारमा गर्ने व्यवस्था छ । पदपूर्ति समितिमा अध्यक्ष वा निजले तोकेको व्यक्ति अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सदस्य र मेडिकल सुपरिटेण्डेण्ट सदस्य सचिव रहने व्यवस्था नियमावलीले गरेको छ । तर, मेसु थापाले नियमावलीको यो व्यवस्थालाई मिचेर मनोमानी ढंगले कर्मचारी नियुक्ति गरेको अस्पतालका एक कर्मचारीले बताए ।

त्यस्तै प्रदेश सरकारले बनाएको करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० ले पनि करार कर्मचारी भर्नासम्बन्धी व्यवस्था गरेको छ । उक्त कार्यविधिमा करार कर्मचारीको छनोट तथा पदपूर्तिको लागि सिफारिस गर्न पदपूर्ति समिति गठन गरिने उल्लेख छ ।

उक्त पदपूर्ति समितिमा अधिकृतस्तरको कर्मचारी पदपूर्तिका लागि सम्बन्धित मन्त्रालयका सचिव अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नवौं वा दशौं तहका अधिकृत सदस्य र प्रशासन महाशाखा÷शाखा प्रमुख वा अध्यक्षले तोकेको सम्बन्धित निकायको अधिकृत कर्मचारी सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा छ ।

त्यस्तै पदपूर्ति समितिमा सहायकस्तरको कर्मचारी भर्नाका लागि कार्यालय प्रमुख वा अधिकृत नवौं÷दशौं तहको सम्बन्धित निकायको कर्मचारी अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत प्रतिनिधि सदस्य र प्रशासन महाशाखा÷शाखा प्रमुख वा अध्यक्षले तोकेको सम्बन्धित निकायले तोकेको कर्मचारी सदस्य सचिव रहने व्यवस्था छ ।

करार कर्मचारी पदपूर्तिको लागि पद, तह, आवश्यक न्यूनतम योग्यता, पारिश्रमिक, सेवाका सर्तसमेत तोकी सहायकस्तरको हकमा निकाय÷कार्यालयको सूचना पाटी र वेबसाइटमार्फत तथा अधिकृतस्तरका लागि राष्ट्रिय वा प्रदेशस्तरको पत्रिकामार्फत कम्तीमा १५ दिनको समयसीमा तोकी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

अस्पताल नियमावलीको परिच्छेद ६ मा अस्पतालको कामको निम्ति तत्काल नियुक्त नगरेमा सेवाको काममा गम्भीर असर पर्ने भएमा मेडिकल सुपरिटेण्डेण्टले सो पदको लागि तोकिएको योग्यता पुगेका कुनै व्यक्तिलाई दैनिक ज्यालादारीमा बढीमा एक महिनासम्मका लागि नियुक्त गरी काममा लगाउन सक्ने व्यवस्था छ । यसरी ज्यालादारीमा नियुक्त गरिएको जानकारी अध्यक्षलाई दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।

उल्लेखित कुनै पनि कार्यविधिलाई बेवास्ता गरेर नियुक्त गरिएको निर्णय सच्याउन मेसु थापाले अटेर गरेका हुन् । निर्णय सच्याएर प्रक्रिया पूरा गर्न भनी गरिएको निर्णय हालसम्म पनि कार्यान्वयन नभएको बारे अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठले थप बुझेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

यी हुन मेसु थापाले कार्यविधि विपरित गरेका नियुक्ति :

नर्सिङतर्फ : प्रतिक्षा थापा, अनिता कार्की, मातृका राना, वर्षा पन्त, प्रकृति खनाल, अनिसा बस्नेत, संगीता क्षेत्री, मञ्जु न्यौपाने, अस्मिता बोहरा, वर्षा कुंवर, कोपिला शर्मा, विना छाहारी, सुस्मा ज्ञवाली, सपना कुमारी प्रसाईं, सुस्मिता बस्याल, रेश्मा बिसी, प्रतिमा राना, सोना बज्राचार्य, आशा क्षेत्री, यसोदा केसी, आरजु अर्याल, श्रेया पौडेल र शोभा त्रामु रहेका छन् ।

मेडिकल डाक्टर तर्फ : भावना गिरी, मधुरस गुप्ता, उमेश यादव, सागर रिमाल, संगिता पाण्डे, भुवनेश्वर घिमिरे, मिलन अधिकारी तथा डा. स्वस्तिका र विवेचना रहेका छन् । यसैगरी फार्मेसीमा कल्पना भुसाल र उदय पुन रहेका छन् । ल्यावतर्फ सागर पाण्डे र रेसा घिमिरे रहेका छन् । कमल सिंह पौडेललाई सुरक्षा गार्डमा नियुक्त गरिएको छ भने कार्यालय सहयोगीतर्फ दीक्षा राना, सरस्वती थापा, कल्पना जि.सी. र सरिता खत्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?