ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

फारवेष्ट पशुपति कप : ईलाईट र घोडाघोडी अन्तिम आठमा

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

धनगढी, ७ पुस । एनआरएनए छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा ईलाईट युवा क्लब र घोडाघोडी युवा क्लबले जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका छन । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन भएका खेलमा ईलाईटले अलस्टार्स स्पोर्टस एकेडेमीलाई १–० तथा घोडाघोडीले टेकवहादुर चोखाल फाउण्डेसनलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन ।
धनगढी रंगशालामा भएको पहिलो खेलमा ईलाईट युवा क्लबले अलस्टार्स स्पोर्टस एकेडेमीलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । ईलाईटको जितमा विदेशी खेलाडी फोफानाले पेनाल्टी शुटआउटमा एकमात्र गोल गरे । दोस्रो हाफको २६ औं मिनेटमा अलस्टार्सका सौगात मगरले ह्यान्ड गरेपछि प्राप्त गरेको पेनाल्टीलाई विदेशी खेलाडी फोफानाले गोलमा परिणत गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार रुपैयासहित ट्रफीबाट पुरस्कृत भए ।

शनिबार नै भएको दोस्रो खेलमा घोडाघोडी युवा क्लबले टेकवहादुर चोखाल फाउण्डेसनलाई टाईब्रेकरमा ४–२ ले हराएर क्वाटरफाईनल प्रवेश गरेको हो । निर्धारित समय दुबै टोलीले दुई गोलको बराबरी खेलेका थिए । पहिलो हाफको १२ मिनेटमा गोल गर्दै घोडाघोडीले अग्रता लियो । पहिलो हाफकै १९ मिनेटमा टेकवहादुर चोखाल फाउण्डेसनका लागि ज्ञानु भण्डारीले गोल गर्दै खेल बराबरीमा पुराए । दोस्रो हाफको दोस्रो मिनेटमै टेकवहादुर चोखाल फाउण्डेसनकासुदीप धामीले गोल गर्दै आफ्नो टीमलाई २–१ म पुराए । दोस्रो हाफको १९ औ मिनेटमा फाउण्डेसनले आत्मघाती गोल खादै बराबरीमा आयो । पेनाल्टी सुटआउटमा फाउण्डेसनका ज्ञानु भण्डारी र राजेन्द्र प्रताप सिंहको पेनाल्टी प्रहारलाई घोडाघोडीका गोलरक्षक राजेन्द्र विष्टले बचाए । घोडाघोडीका लागि सुजित बुढाथोकी संजीव लामा माईकल शाही र करन रावतले पेनाल्टीलाई गोलमा परिणत गरे । फाउण्डेसनका लागि सुदिप विक र मदननाथ योगीले मात्रै गोल गरे । टिमलाई जित दिलाउन सफल घोडाघोडीका गोलरक्षक विक्रम विष्ट म्यान अफ द म्याच भए । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ब्वाईज युनियन लम्की र नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश तथा दोस्रो खेलमा पुर्नवास युनाईटेड र ग्रीन युथ क्लब प्रतिस्पर्धा गर्नेछन । धनगढी रंगशालामा पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?