ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

उजिरसिह माबिमा विविध कार्यक्रम गरि हीरक जयन्ती समापन

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

बुटवल, ७ पुस । उजिरसिह माबिको हीरक जयन्ती २०८० को मुल समारोह शनिबार सम्पन्न भएको छ । कार्यक्रमको पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्दै नेपाल भुमिको रक्षा गर्न उजिरसिहको योगदानबारे प्रकाश पार्दै सम्मानमा स्थापना भएको विद्यालयको आफ्नै गरिमा रहेको बताए । विद्यालयको भौतिक र गुणस्तरीय विकासमा यहाका जनप्रतिनिधि, समाजसेवीहरुको अगुवाईमा काम भएको उनले बताए । विद्यालयको पुर्वाधारलाई छिटोभन्दा छिटो सक्ने गरि स्थानिय, प्रदेश र संघिय सरकारबाट सहयोग माग्न जरुरी रहेको उनले बताए । विद्यालयमा नै उजिरसिहको आलेख तयार गरेर विद्यार्थीहरुलाई ज्ञान दिने गरि कार्यक्रम गर्नुपर्ने सुझाव दिए । लुम्बिनी क्षेत्रको पुर्वाधार विकासको काम सुस्त गतिमा बढेको उनले बताए । तिनाउ पुलदेखि गोरुसिङेसम्म सडक बिस्तारको लागि ठेक्का समेत भैसकेको भन्दै योसंगै विकासमा महत्वपूर्ण योगदान मिल्ने बताए ।

लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यमप्रसाद ढकाल, वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, ईन्जिनियर सुशील ज्ञवाली, बुटवल अटो ईन्जिनियर एशोसियसनका अध्यक्ष तुल्सी न्यौपाने, विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापा, विद्यार्थी समीक्षा बिक, पुर्व विद्यार्थी लंक बस्नेतले आजको विद्यार्थी भोलिको उजिरसिहको अवधारणा बोकेको विद्यालय निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताए ।

विद्यालयको प्रधानाध्यापक पदमराज ज्ञवालीले विद्यालयको स्थापना, नामाकरण देखि वर्तमान शैक्षिक अवस्थाको बारेमा प्रकाश पारेका थिए । एक विगाहा ५ धुर जग्गामा विद्यालयको पुर्वाधार निर्माण भएको छ । बुटवल गढिटोल क्षेत्रमा बालबालिकाहरुलाई अनिवार्य निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुसार केन्द्र नं ५ नामाकरण भई विद्यालय शुभारम्भ भएको ईतिहास रहेको उनले बताए ।

विद्यालयको पुर्वाधार विकासमा योगदान गर्नुभएका पुर्व प्रशासकिय अधिकृत ध्रुव बहादुर खड्का, ई सुशील ज्ञवाली, यम प्रसाद ढकाल, यसैगरि जग्गादाताहरुलाई समेत सम्मान गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले बताए ।

यसैबिच विद्यालयको पुस्तक उजिर संदेश २ विमोचन गरिएको छ । जुन उजिरसिह स्मृति ग्रन्थका रुपमा तयार भएको पुस्तकका प्रधानसम्पादक महेन्द्र थापाले बताए । जितगढी किल्ला, उजिरसिह, उजिरसिह विद्यालयको परिचय लगायतको सामरिक, ऐतिहासिक, सास्कृतिक, शैक्षिक पठनिय विषयबस्तुहरु समावेश गरिएको उनले बताए । उजिरसिहलाई राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?