© २०२३
बुटवल (बुटवल टुडे),७ पुस । स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजनामा खोप कार्यक्रममा संलग्न नयाँ स्वास्थयकर्मीहरूका लागि ४ दिने आधारभूत तालिम तथा स्वास्थ्य सरसफाई प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । गैडहवा गाउँपालिकाको सुर्यपुरामा सुरु भएको तालिम कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, मायादेबी गाउँपालिका, गैडहवा गाउँपालिका, कन्चन गाउँ पालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत २५ जना नयाँ स्वास्थ्यकर्मीको सहभागिता छ ।
कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले स्वास्थ्य पेशा एकदम सम्बेदनशील तथा मानव जीवन संग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले तालिममा सिकाईने कुरा ध्यानपूर्बक ग्रहण गर्नु पर्ने बताए । चार दिन सम्म सञ्चालन हुने कार्यक्रममा कार्यालयबाट सम्पादन हुने सबै खालका खोपका बिषयमा सहभागीलाई जानकारी दिईने स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत एवं तालिमका प्रशिक्षक भेषराज शर्माले बताए । खोपका बिषयमा कुन समयमा कुन खोप लगाउने साथै खोप लगाउन छुट भए कुन समयमा लगाउने, खोपको महŒव लगायत बिबिध बिषयमा जानकारी हुनेछ, शर्माले भने ।
कार्यक्रममा स्वास्थ्य संगै जोडिएको स्वास्थ्य सरसफाई बिषयको प्रबद्र्धनका बारेमा पनि प्रशिक्षण दिईने हुदा कार्यक्रममा सिकेका कुराहरू मार्फत खोपकेन्द्रबाट प्रदान हुने सेवा प्रभावकारी हुने बिस्वास रहेको कार्यक्रमका प्रशिक्षक समेत रहेका स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले बताए । कार्यक्रमका प्रशिक्षक चिन्तामणी ज्ञवालीले प्रशिक्षणमा प्रदान गरीने सबै बिषयबस्तुहरू ध्यान पूर्वक लिएमा खोप आफ्ना कार्यालयबाट समपादन हुने खोप सेवाहरू एकदमै प्रभाबकारी हुने र सेवाग्राहीहरू बढीभन्दा बढी लाभान्वित हुने बताए । समुदायमा कसरी खोप कार्यक्रम प्रभाबकारी बनाउन सकिन्छ र स्वास्थ्य सरसफाई समेतको जानकारी कार्यक्रमबाट हुने हुदा बढी फाईदा प्रशिक्षार्थीलाई पुग्ने ज्ञवालीले जनाए ।
कार्यक्रममा ढकाल सहित खोप अधिकृत भेषराज शर्मा, जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, र कोल्ड चेन निरिक्षक सुरेन्द्र द्धुबेदी, खोप अधिकृत ज्ञवालीले प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा कंचन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले यस किसीमको तालिमले नयाँ स्वास्थ्यकर्मिहरूको काम गर्ने दक्षताबृद्धी हुने बताए ।