© २०२३
यो लेखमा मैले वुद्ध कसरी हिन्दू चिन्तकभन्दा भिन्न मानिए भनी उल्लेख गरेकी छु । वुद्धका बाह्र निदानहरूको चर्चा गरेकी छु । ती निदानहरू चर्चा गर्नेक्रममै वुद्धका मैत्री, करुणा, निर्वाण जस्ता दर्शनहरूको सामान्य जानकारी दिएकी छु । वुद्धले कसरी शिक्षा आर्जन गरे भन्ने कुराको केही झलक दिएकी छु । अन्त्यमा उनले शिक्षाको प्रारंम्भिक विकास कसरी भयो भनेर यो लेखलाई अन्त्य गरेकी छु । शुरुमा वुद्ध कसरी हिन्दूभन्दा भिन्न देखिए भनी केही आधारहरूको संक्षिप्त वर्णन गरेकी छु ।
एसिया महादेशमा दुुई परम्परा छन । एक आस्तिक र अर्काे नास्तिक । आस्तिक दर्शनले वेदलाई प्रमाण मान्छ । नास्तिकदर्शनले वेदलाई पनिप्रश्न गर्छ । त्यहीप्रश्नगर्ने दर्शन नैं बौद्ध दर्शन हो । भगवान बुुद्धले वेदको ज्ञानमा रहेको प्राणी हिंसालाई नकारे । जलको पवित्रतामा प्रश्न गरे ।वेदमा भएका अनेकन प्रश्नका जवाफ छैनन भने । भगवानको निराकार स्वरूपमा प्रश्न गरे । भगवानको वारेमा सोच्नुुको साटो मानवको वारेमा सोचभने। भगवानले मेरो कर्म बदल्न सक्दैन भने म किनउ नको पुुजा गरुँभने । त्यसैले आफनो काम गर । कर्मनैं प्रधानहो भने ।
वुद्धका निदानहरू
बुुद्धले प्रतित्समत्पादक अर्थात कारणलाई हटाउ प्रभाव आफै हटेर जान्छ भन्ने सोच दिए । कारण जान्ने कोशिस गर्नुु पर्छ । यसकालागि वुद्धले बाह्र निदानको चिन्तन दिए । बाह्र निदान दुुःखको उत्पति र यसको कारणसँग सम्बिन्धित छ । दुुःख त्यसै हुुँदैन कुुनै नकुुनै कारणले हुुन्छ । दुुःखकाकारणबाट संसार बाँधिएको छ, यसलाई दुुःख समुुदायपनि भनिन्छ । दुुःख समुुदायका बाह्र अङ्गहरू छन् । यिनलाई द्धादश निदान पनि भनिन्छ । द्वादशनिदानहरू तीन भागमा बाडिएका छन । अतीत जीवन अन्तर्गत पर्ने निदानहरू पहिलो भागमा पर्दछन । अविद्या र संस्कार जस्ता दुई निदानलाई वुद्धले अतीतको जीवन अन्तर्गत राखेका छन । यिनीहरू पूर्वजन्मबाटै ब्यक्तिमा आउँने भएकाले अतीत जीवन अन्तर्गत राखिएको हो । दोश्रो भागमा पर्ने निदानलाई वुद्धले बर्तमान जीवन अन्तर्गत राखेका छन । यिनमा विज्ञान. नामरूप, षठायतन, स्पर्श, .वेदन, तृष्णा तथा उपादान जस्ता सात पक्ष पर्दछन । यी सातवटै निदानहरू ब्यक्तिले आप्mनो कर्म वा कामको क्रममा आर्जन गर्छ । त्यसैले यी निदानहरूलाई वर्तमान जीवनअन्र्तगत राखिएको हो । तेश्रो भागमा भव, जाती र बुढेसकाल गरी तीर्नवटा निदानहरू पर्दछन । यिनीहरू बुढेसकालसँग सम्वन्धित छन ।
वुद्धले यो पनि भनेका छन कि बाह्र निदानको कारण अविद्या हो । उनले अगाडि भने कि —विशाल हृदयभए ब्यक्ति समुुद्र जस्तै हुन्छ । उ दोस्रो व्यक्तिको प्रगतिमा खुशी हुुन्छ । मैत्रीपूर्ण व्यवहार गर्छ । अरूको ईर्षा पनि गर्दैन । अरूको पगतिमा उसलाई जलन पनि हुुदैन । क्रमशः उ मैत्रीको एउटा प्रमाण हुुन्छ । सबैको सुुख दःखमा साथदिने ब्यक्ति बन्छ । सुुखमा खुुशीभएर दुुःखमा दुुःखीभएर उ सँधै अरूको साथमा रहन्छ । त्यसो गर्न सक्ने ब्यक्ति वुद्धका भनाइमा कहिल्यै पनि दुुःखी हुुदैन । उल्टै उसको दुःख हरण हुुन्छ । उ अरूको दुख हरण गर्ने मित्र पनि बन्न थाल्छ ।
वुद्धको अर्काे सिद्धान्त करुणा हो । करुणा भनेको कमजोर अवस्थाको व्यक्तिलाई तिमी केहीहातमाथि गर म केही झुुक्छुु तिमीलाई बरावर बनाउँछुु भन्ने भावनाहो । यो भावना भएको ब्यक्तिमा सदैव करुणाभाव हुन्छ । उनको अर्काे सिद्धान्त उपेक्षाहो । जो न कसैको दुुष्ट हुुन्छ न कसैसँग झगडा गर्छ न मित्रताको अवस्थामामात्रै आशक्त हुन्छ । यसरी जो ब्यक्तिले बच्दै हिड्ने अभ्यास गर्छ, त्यो नैं वुद्धको भनाइमा उपेक्षा हो । वुद्धको अन्तिम सिद्धान्त निर्वाण हो । उनको भनाइमा सुख दुखको अवस्थाबाट मुक्त स्थिति नैं निर्वाण हो । अर्का शब्दमाभन्दा जो ब्यक्तिसँग लोभ, मोह र अज्ञानता हुन्न त्यो ब्यक्ति मुक्तभएको अवस्था हो । सोही अवस्थालाई वुद्धले निर्वाण भनेका हुन । अथवा हर प्रश्नको उत्तर आफैले खोजेर पाएको अवस्था नैं निर्वाण हो । थेरावादी चिन्तनअनुसार संझना सहितको निर्वाणलाई सोपाधिशेष निर्वाण भनिन्छ । यसतो खाले निर्वाणले जीवकल्याणका लागिपुनर्जीवन गराउँछ । दोश्रोलाई अनुपधिशेष निर्वाण भनिन्छ । यो निर्वाणपछि पुनर्जीवन हुँदैन ।
बुुद्ध दर्शनको सुुरुवातहिन्दुु दर्शनकै आधारमा भएको थियो तर बुुद्धको ज्ञान प्राप्तिमा शारीरिक कष्टभन्दा सामान्य भोजन प्राप्तिपछि वुद्धलाई बोध प्राप्तिभएकोले यसले यहींनेर हिन्दुु धर्मको बाटो त्यागेको हो भन्ने बुझिन्छ । अर्काे वाक्यमा भन्ने हो भने भोको पेटको बाटो त्यागेर वुद्धले मध्यमार्गी यथार्थता अपनाएको देखिन्छ । यसरी सवैलाई समान दृष्टिले हेर्नुु र शुुभकार्यमा लाग्नुु तथा इन्द्रियहरूलाई वशमा राखी मनलाई एकचित्तपार्न सक्नुु बुुद्ध दर्शनको यथार्थ हो । यसको प्रमाण वुद्ध आफैले दिएका छन । अर्काे वाक्यमा भन्ने हो भने बुुद्धलाई पतित ठान्ने पाँचजना भिक्षुुहरूलाई उनैले खोजी गरे । आफूले आर्जन गरेको ज्ञान सर्वप्रथम तिनैलाई प्रदान गरे । यसैगरी वुद्धले पिपलको वृक्षमुुनि एकजना दलित महिलाले दिएको खीर खाएर ज्ञान प्राप्तगरे । त्यो दोश्रो उदाहरण हो । सबै जातजाति, धर्म, भाषा र लिङ्गलाई समान दृष्टिकोण राखी सङगठित हुनआह्वान गर्नुु, र तिनलाई आप्mनो संघमा प्रवेश दिनु तेश्रो उदाहरण हो । यस क्रममा निषेध कार्यहरू तोक्नुु तथा भिक्षुु तथा भिक्षुणीहरूको आचरण एवं व्यवहारमा ध्यानदिनुु चौथो उदाहरण हो । यस्ता अनेकन उदाहरणहरूले बुुद्ध दर्शनका यथार्थहरू पहिल्याउँन सजिलो हुुन्छ ।
बुद्धको अनुभूतिजन्य शिक्षा
गौतम बुुद्धले २९ बर्ष सम्म घरमा नै शिक्षा हाँसिल गरेकाथिए । उनलाई बाहिरी वातावरणको बारेमा बताइदिने दरवारमा अन्य व्यक्तिहरू हुुन्थे । त्यसैले उनले घरमाप्राप्त गरेको शिक्षा पूर्ण नभएको महशुस गरे । तसर्थ उनी २९ बर्षको उमेरमा घर छोडे । विविध गुरुहरूको सत्संगमा उनी ६ वष सम्म ध्यानस्थभइरहे । उनको मनमा खालिदुईवटा प्रश्नथिए । पहिलो, मान्छेको दुुःखकिनगएको छैन? दोश्रो, मैले प्राप्तगरेको शिक्षा पूर्ण किनहुन सकेन? यसै क्रममा उनीमा फरक ज्ञानको विकास भयो । उनको शरीरमा कम्पनआयो । यो कम्पनले उनलाई शरीरले कसरी कामगर्दछ ? कसरी यो चल्छ । यसको चालक कहाँ छ ?भन्ने प्रश्नमा केन्द्रितग¥यो । यसै सवालमा उनी घोत्लिए । यसबाट उनलाई ज्ञान भयो कि मानवलाई चलाउनको लागि प्रकृतिले केही कुरा बनाएको हुन्छ । त्यही कुरा खोजीआवश्यक फेरबदलगर्ने हो भने ज्ञानको गहिराइमा पुग्न सकिन्छ । त्यसलाई निमिट्यान्न पार्न सिकियो भने शरीलाई शान्त र स्वाभाविक रूपमा सञ्चालन गर्न सकिन्छ । यसरी वुद्धले शरीरको यन्त्रिकिकरण बुुझे । उनले थाहा पाएकि शरीरलाई त मनले चलाउने रहेछ । मन नै शरीरको चालक रहेछ । त्यो मन रूपीचालक शरीरमा अन्तरनिहित रहेछ । अर्थात मस्तिष्क र शरीरमै चालक बस्तो रहेछ । यस कुरालाई वुद्धग्रन्थ अभिधम्ममा स्पष्टसँग व्याख्या गरिएकोछ । यसरी बुुद्धले प्राप्त गरेको शिक्षालाई उनी आफैंले ४९ दिन सम्म परीक्षण गरे ।यसबाट उनलाई थाहाभयो कि मलाई ज्ञान प्राप्तभयो ।
शिक्षालाई पालिभाषामा शिखा भनिन्छ । उनले त्यही शिखा मान्छेलाई दिने थाले । उनले ठाउँठाउँमा घुमेर यही शिखादिए ।जजसलाई शिखादिए त्यो बुुद्धसँग जोडिन थाल्यो । वुद्धको ज्ञानलाई जजसले अर्कोलाई दिएत्यो ठाउँलाई विहार भनिन्थो । शिक्षादिने क्रममा उनले घुमन्ते तरीका अपनाए । यसक्रममा उनीहरूले घरमागएर सबैलाई निशुुल्क शिक्षादिए । विहारमा बुुद्धले ३ देखि ४ महिना सम्म शिक्षादिन्थे । यसरी बुुद्धको शिक्षादिने पहिलो शिक्षकलाई भिखुु संघ भनिन्छ । भिखु संघमार्फ वुद्धले भिखुुहरूलाई विभिन्न देशहरूमा समेत वुद्ध शिक्षा दिन पठाए । भिखुुहरू जहाँगए समान र पूर्ण ढंगको शिक्षादिए । त्यो परम्परा आजसम्म पनि कायम छ । यसरी शिक्षादिने काममाआजीवनलागेको व्यक्तिलाई भिक्षुु वा मङ्क९ःयलप० भनिन्छ ।
बौद्धशिक्षाको प्रारम्भिक विस्तार
सिद्धार्थ गौतमले बुुद्धत्व प्राप्त गरे पछि सर्वप्रथम पाँचजना शिष्यलाई उपदेश दिए । यो नै बुुद्ध शिक्षाको प्रारम्भ हो । बुद्धत्व पछि उनले ४५ वर्षको अवधिमा विभिन्न उपदेशहरू दिए । यिनै उपदेशहरूको संग्रह नैं बुद्ध शिक्षाको आधार बन्यो । तीआधार अनुसार बुद्ध दर्शनले दुुई किसिमको सत्यलाई स्वीकार्दछ । पहिलो परम्परागत सत्य र दोश्रो अन्तिम सत्य । वुद्धले भनेको परम्परागत सत्य प्राचिन चालचलनबाट प्राप्त हुन्छ । उनको अन्तिम सत्य चाहिं ध्यानबाट मात्र महशुस गर्न सकिन्छ । अर्थात सिद्धान्त र अनुुभवबाट अन्तिम सत्य पहिचान गर्न सकिदैन । यहि सत्य पहिचानगर्नको लागि मानिसलाई शिक्षाको महत्व रहन्छ । त्यसैले भनिएको हो—अन्तिम सत्य भनेको बुुद्धको शिक्षा ग्रहण गर्नु हो ।
वुद्धको शिक्षा दिन भारतको नालान्द, तक्षशीला, मधरा, कुुरु क्षेत्रमा त्यतिखेर बौद्ध विश्वविद्यालय चलेको पनि प्रमाण भेटिन्छ । आदिम पुुरी, शिल्पुुरा, सोमपुुरा, वल्वी, पुुफगिरी,मुुसीगञ्जआदि सबै विश्वविद्यालय बौद्ध शिक्षाको लागि प्रशिद्ध छन् । यहाँभित्रको शिक्षा व्यवस्थामा पनि घुम्ती शिक्षालय भएको देखिन्छ । यसको आवश्यकताआजपनिउतिनै छ । यसरी हेर्दा भगवान बुुद्धले दिएको शिक्षा पूूर्ण तथा परिमार्जित छ । आज पनि चलेको छ । भोलिपनि चल्छ । जबसम्म मानव जीवनको अस्तित्व रहन्छ तवसम्म यो शिक्षा चलिरहन्छ भन्ने आधार पनि यहीहो । (लेखक हरैया क्याम्पसकी उपप्राध्यापक हुन्)।