ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैनः विष्णु पौडेल

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल, ५ पुस ।

एमाले उपाध्यक्ष, पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाईप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको बताए । “बनेको विमाननस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न सक्दैन, सरकार पूर्णरुपमा असफल भएको छ”–पौडेलले भने ।

रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा देखिएको विद्यमानन संकटको जिम्मेवारी सरकारले लिनुपर्ने पनि पौडेलले बताए । सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको भन्दै उनले अहिले मुलुकमा संकट निम्तिनुको प्रमुख जिम्मेवारी सरकार भएको बताए ।

“राष्ट्रिय संकटको जिम्मेवारी संघीय सरकारले, प्रदेशमा देखिएको संकटकोे जिम्मेवार प्रदेश सरकारले र स्थानीय तहमा देखिएका समस्याहरुको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ”–पौडेलले भने, “सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर जिम्मेवारीबाट उम्किन मिल्दैन ।”

बुटवल–नारायणगढ सडक निर्माणमा भैरहेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै उनले सरकारले सडक निर्माणलाई तदारुकता नदेखाएर तमासा देखाइरहेको आरोप लगाए । “यो सडक निर्माणमा धेरै विलम्व भयो, अव धेरै विलम्व नगरियोस्”–उनले भने । पुर्व अर्थमन्त्री पौडेलले दाउन्नेमा सुरुङमार्ग पनि बनाइने बताए ।

प्रादेशिक अस्पतालको टेण्डर आह्वान प्रक्रियामा भैरहेको ढिलाईप्रति पनि उनले आपत्ति जनाए । पौडेलले अस्पतालको स्तरोन्नतीका लागि तत्काल टेण्डर आह्वान गर्न आग्रह गरे । बुटवलको ६ लेन सडक निर्माणमा भैरहेको ढिलाईले बुटवललाई गिज्याइरहेको भन्दै उनले सरकारमा बस्नेहरुले रमिता हेर्ने बाहेक केहीगर्न नसकेको बताए ।

समग्रतामा बुटवल र सिंगो रुपन्देहीलाई विकासको रोलमोडलको रुपमा अगाडि बढाउने अभियानमा आफूले जनप्रतिनिधिको हैसियतले जनताप्रतिको विश्वास टुट्न नदिने भन्दै निर्माणाधीन विकासका सबै आयोजना पूरा गरेरै छाड्ने बताए ।

मुलुकको पुँजीगत खर्च लथालिङ्ग भएको, राष्ट्रिय गौरवका आयोजनाहरु अगाडि बढ्न नसकेको पौडेलले बताए । तिनाउ–दानव कोरिडोर सडक निर्माणका लागि छुट्याइएको बजेट पनि वर्तमान सरकारले कटौती गरेको पौडेलको दावी छ । सुशासन, विकास, राजश्व परिचाललगायत कुनै पनि दृष्टिकोणले सरकारले राम्रो काम गर्न नसकेको उनको भनाई छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताए । “विकास निर्माण भन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुमा छ”–उनले भने ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उपाध्यक्ष डिल्लीप्रसाद भण्डारी, महासचिव दयानिधी भण्डारीलगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?