ट्रेंडिंग:

>> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

बुटवलका व्यवसायी राजेन्द्र ध्वजू विरुद्ध ३ करोड भन्दा बढी कर छलीको मुद्दा

४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

बुटवल, ४ पुस ।

बुटवलका प्रतिष्ठित व्यवसायी राजेन्द्र ध्वजूविरुद्ध राजस्व अनुसन्धान कार्यालय, बुटवलले राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । थुप्रै सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय रहेका ध्वजू बुटवलको अमरपथमा रहेको सपना साडी र त्यसका सञ्चालक हुन् ।

राजस्व कार्यलय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपराइटर ध्वजू विरुद्ध रु. ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगो तथा त्यसको शतप्रतिशत जरिवाना माग गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।

गत वर्षको फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा अमरपथमा रहेको सपना साडी सेन्टरको पसल तथा गोदाममा छापा हानेर पसलको मालवस्तुको मौज्दात विवरण, खरीद÷विक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा संचालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिद भन्दा विक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।

अधिक रहेको मालबस्तुको भन्सार तर्फको बिगो रु ३ करोड ४ लाख ४३ हजार ९ सय ४३, मूल्य अभिवृद्धी कर (भ्याट) तर्फ रु. १ लाख ५४ हजार ५ सय ३६ र न्यून मौजदात तर्फ रु. २५ लाख ७६ हजार ४५ गरी कूल ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगोसहितको माग दाबी गरी मुद्दा दर्ता गरिएको राजश्व अनुसन्धान बुटवलले जनाएको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (प्रथम संशोधन) दफा २३(१) बमोजिम बिगो असूल उपर गरी शतप्रतिशत जरिवाना माग दाबी सहित कार्यालयले मुद्दा दायर गरेको छ । साडी सेन्टरका सञ्चालक ध्वजु भने कार्यालयले छापा हानेदेखि नै राजश्वको सम्पर्कमा नआएको राजश्व कार्यालयले जनाएको छ । दायर भएको मुद्दामा पनि ध्वजुलाई फरार अभियुक्तकारुपमा प्रस्तुत गरिएको छ ।

कार्यालयले पटक पटक मौखिक तथा लिखितरुपमा कार्यालयमा आउन जानकारी दिंदा समेत नआएको जनाएपनि ध्वजुले भने बुटवलकै बिभिन्न समाजिक कार्यमा सक्रियता देखाइरहेका छन् । ध्वजु रोटरी इन्टरनेशनल ३२९० का डिस्ट्रिक गभर्नर हुन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा ध्वजूले भने फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?