Butwal Today

एनसेलविरुद्ध अमरेश कुमारको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

३ पुष २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। सर्वोच्च अदालतले यही पुस १६ गते छलफलका लागि बोलाएको मुद्दा दायरकर्ता अमरेश कुमार सिंहले नेपालखबरलाई जानकारी दिए।

सांसद समेत रहेका सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्चमा एनसेल आजियटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै उक्त कारोबारलाई मान्यता नदिन सर्वोच्चमा रिट दायर गरेका थिए।