ट्रेंडिंग:

>> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं

गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

गैंडहवा, ३ पुस ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका क्षेत्रमा अब्बल बनाउने गरी काम गर्न निर्देशन दिए । “हामीले पालिकाभित्रका बासिन्दाले उपचार अभाव भयो, औषधि अभाव भयो र समयमा उपचार गर्न पाइएन भन्ने अवस्था सिर्जना गर्नुहुन्न”, उनले भने–“अहिले हामीसँग उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गरौं ।”

उनले मातृस्वास्थ्य र शिशुस्वास्थ्यमा विशेष चासो दिन र उपचारमा विशेष प्राथमिकता दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

छलफल कार्यक्रममा बोल्दै गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले गैंडहवामा कसैले पनि स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहुने गरी कार्ययोजना बनाउने र त्यसैअनुसार जनशक्ति परिचालन गर्न जोड दिइने बताइन् ।

उनले उपलब्ध श्रोत साधन र जनशक्तिको भरपूर उपयोग गरेर सेवाप्रवाह गर्नुपर्नेमा जोड दिंदै आगामी दिनमा स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि हुने बताइन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीकहा प्रमुख गौरव ढकालले स्वास्थ्य सुविधा प्रदानका लागि स्वास्थ्यकर्मीहरु प्रतिबद्ध रहेको बताए ।

गैडहवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले स्वास्थ्य सबभन्दा महत्वपूर्ण रहेको भन्दै शुद्ध पानी पिउनु, ताजा खानेकुरा खानु, दैनिक व्यायाम गर्नु मानिसका लागि अत्यावश्यक रहेको बताए । उनले गैंडहवाको स्वास्थ्यको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए ।

उनले स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा वडामा रहेका स्वास्थ्य चौकी र गाउँपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरे ।
सेतो गुराँस समूह रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले कार्यक्रम सेतो गुराँसले सधै पालिकासंग समन्वय गरेर काम गर्ने बताउँदै शिक्षा र स्वास्थ्यमा सधै सेतो गुराँसले काम गर्दै आएको बताइन् ।

कार्यक्रममा वडा अध्यक्षहरु प्रदिप कुमार चौधरी, रामअजोर यादव, सुरेन्द्र कुर्मी, भुवन राना, मिना क्षेत्री, छत्रपुरा आधारभूत स्वास्थ्य केन्द्रका रामबहादुर परियार, सेतो गुराँस रुपन्देही संयोजक मिनु पुन श्रेष्ठ, स्वास्थ्य शाखा वरिष्ठ अनमी निरीक्षक सीता गौतम लगायतले स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने विभिन्न कामबारे सुझाव राखेका थिए ।

कार्यक्रममा गैडहवा गाउँपालिका वडा नं. १ देखि ९ वडा सम्मका स्वास्थ्य चौकीका प्रमुखहरु सहभागी थिए । कार्यक्रममा हेलन केलर इन्टरनेशनल परियोजनाका प्रदेश प्रमुख भरत शर्माले प्रशिक्षण दिएका थिऐ भने तथ्यांक ब्यवस्थापक अधिकृत जितेन्द्र कोहार, समुदाय परिचालक मुना कुँवर र अनु श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission