© २०२३
बुटवल, २ पुस । उजिर सिंह माविको हीरक जयन्तीको अवसरमा बुटवलको चिनारी हुने गरि टोल विकास संस्थाहरुको बिचमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । सामरिक, ऐतिहासिक, सास्कृतिक धरोहर बुटवलको विषयमा ६० बढी प्रश्नहरु तयार गरेर विद्यालयको विकासमा योगदान दिदै आएका टोल विकास संस्थाहरुका ३० वर्ष उमेरभन्दा माथिका सदस्यहरुले भाग लिएका थिए ।
कार्यक्रमबाट सहभागीहरुमा विद्यालयप्रति आर्कषित हुने र बुटवल नगरबारे ज्ञान बढाउने गरि कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले बताए । प्रतियोगितामा टप मजुवा टोल विकास संस्था प्रथम हुदै १० हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भयो । यसैगरि कालिका उजिर सिंह टोल विकास संस्था दोस्रो हुदै ८ हजार रुपैया, पुष्प नरसिंह टोल विकास संस्था तेस्रो हुदै ६ हजार रुपैया र मनकामना टोल विकास संस्थाले चौथौ हुदै नगद ४ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल बहादुर शाक्य, पूर्व वडाअध्यक्ष रमेश नेपाल, पूर्व जिल्ला शिक्षा अधिकारी एव विद्यालयमा प्रमुख सल्लाहकार टेक बहादुर थापा लगायतले पुरस्कार हस्तारण गरेका थिए । प्रतियोगितामा प्रवेश नगर टोल विकास संस्था, सुकुल बाबा टोल विकास संस्था, कालिका उजिर सिंह टोल विकास संस्था, सिरान गाउँ मजुवा टोल विकास संस्था, मनकामना टोल विकास संस्था ४, टप मजुवा टोल विकास संस्था, पुष्प नरसिंह टोल विकास संस्था, मनकामना टोल विकास संस्था ५, तल्लो फूलबारी टोल विकास संस्था गरि १० टोल विकास संस्थाहरु सहभागी रहेका थिए ।
यसैबिच विद्यालयमा विद्यार्थीहरु बिचमा साहित्यिक कार्यक्रम गरिएको छ । कक्षा २ देखी ५ सम्मका विद्यार्थीहरुका बिचमा गाउखाने कथा प्रतियोगिता तथा कक्षा ८, ९, १० सम्मका विद्यार्थीहरुका बिचमा बक्तृत्वकला प्रतियोगिता भएको थियो । बिद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि प्राविधिक शिक्षा आजको आवश्यकता विषयमा गरिएको प्रतियोगितामा समिक्षा बिक १ सय २६ अंकसहित प्रथम भएकी छिन । यसैगरि अनिता बगाले ११० अंकसहित दोस्रो, जमुना नेपाली १०० अंकसहित तेस्रो तथा समिक्षा पाठक ७९ अंकसहित सान्त्वना स्थान हासिल गरेको विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले बताए ।