© २०२३
सल्यान, २ पुस ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०७८ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण गरेको छ । ७ वटै वडामा सञ्चालित कार्यक्रममा उपभोक्ता समिति तथा टोल विकास समितिका झण्डै तीन सय पदाधिकारीहरुलाई अभिमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले विश्वास व्यक्त गरे । सातवटै वडाका टोल विकास समिति अध्यक्षहरु, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई अभिमुखीकरण गरिएको हो । वडा नम्बर १ मा ५४ जना, २ मा २८ जना, ३ मा ४१ जना, ४ मा १९ जना, ५ मा ५४ जना, ६ मा ४० जना र ७ मा ६३ जना लाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
उपभोक्ता समिति मार्फत सम्पन्न हुने योजनालाई विश्वसनीय र पादरर्शी बनाउन यस प्रकारको तालिम तथा अभिमुखिकरण सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक बुद्ध कुमारी खत्रीले जानकारी दिइन् । योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको उनको भनाई छ ।
योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, सम्पादन गर्नुपर्ने कामको विवरण, काम सम्पन्न गर्नुपर्ने अवधि, लागत र उपभोक्ताको योगदान, निर्माण सामाग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा अभिमुखिकरण गरिएको थियो ।
यस्तै रकम निकासा प्रकृया, खर्चको लेखाकंन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रकृया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रकृयाको विषयमा उपभोक्तता समितिका पदाधिकारि एवम् टोल विकास समितिका अध्यक्षहरुलाई जानकारी गराइएको गाउँपालिकाले जनाएको छ ।
लेखा अधिकृत गोविन्दराज विष्ट, प्रशासन शाखा प्रमुख खेम राज बुढाथोकी, योजना शाखा प्रमुख झरण केसीक, प्राविधिक तथा पुर्वाधार शाखाका गणेश डाँगी लगाएतले अभिमुखिकरण गरेका थिए । गत मंशिर २५ गते वडा नम्बर ५ बाट सुरु भएको अभिमुखिकरण कार्यक्रम आइतबार वडा नम्बर १ मा सञ्चालन भएसंगै सम्पन्न भएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी