ट्रेंडिंग:

>> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण

टोपबहादुर मात्रै हुन त देश बिगार्ने ?

२ पुष २०८०, सोमबार
२ पुष २०८०, सोमबार

केही महिनाअघि केही कार्य विशेषले केही मिलनसार साथीहरूसहित जन्मभूमि अर्घाखाँचीको यात्रामा थिएँ । आफ्नो जन्मभूमिको यात्रामा रोमाञ्चित हुँदै साथीको प्राइभेट गाडीको माध्यमले हामी बुटवलबाट सालझण्डीको बाटोमा अगाडि बढेका थियौँ । रूपन्देहीको सालझण्डीबाट उकालो लागी हामी पाल्पालाई पनि छुँदै अर्घाखाँची जिल्लामा प्रवेश गर्यौँ । मेरा लागि यो बाटो नौलो नभएतापनि चितवनबाट आएका मेरा साथीहरूकालागि भने नौलो नै थियो । लगभग तीन घण्टाको रमाइलो यात्रापछि हामी अर्घाखाँची जिल्लाको मैदान भन्ने स्थानमा आईपुग्यौँ । केही थकाई र भोकले गर्दा त्यस स्थानमा चिया र नास्ता खाई अगाडि बढ्ने निधो गरी नजिकैको पसलमा गयौँ ।

संयोग भनौँ या के भनौँ त्यसैदिन केही समय पहिलादेखि भुटानी शरणार्थी काण्डमा नाम मुछिएका अर्घाखाँची जिल्लाका सांसद टोपबहादुर रायमाझी पक्रिएका रहेछन् । यो कुरोलाई सञ्चार माध्यमहरूले प्रसारण गरिरहेका रहेछन् । त्यसैले यही ताजा विषयले गर्दा चिया पसलको माहोल पनि तातिरहेको थियो । कसैले टोपबहादुरलाई माओवादी छोडेकाले प्रचण्डले फसाएका हुन् भन्ने कुरा गर्दै थिए भने कसैले त टोपबहादुरलाई भ्रष्टाचारी नेताकै रूपमा उभ्याउँदै जिल्लाकै समेत बेइजत गरे भन्न समेत भ्याइरहेका थिए । त्यस्तै कसैकसैले फेरि नेपाल बिग्रनुको मुख्य कारण नै टोपबहादुर हुन् भन्ने सम्मको प्रस्तुति पनि दिँदै थिए । अलि बुढा पुरानामध्येका एकजना बुद्धिजीविले चाहिँ हालको ढोरपाटन लगायत जिल्लाको विकास निर्माणको काममा टोपबहादुरको कार्यको प्रशंसा गर्दै गल्ती कसैले पनि गर्न सक्ने भएकाले यस्ता कुरालाई अनावश्यक राजनीतिक रङ्ग दिएर कसैले पनि ठूलाइँ गर्न नहुने भन्दै थिए । यस्ता खालका कुरा बजारमा फिँजिरहँदा मलाई पनि यस कुराले मनमा धेरै विचारहरू उत्पन्न भएका थिए । तर पनि न सत्यमप्रियम् अर्थात् सत्य छ भने पनि अप्रिय कुरालाई नबोल्नु भन्ने नीतिको नियमले बाहिर भन्न भ्याएको थिइन । तर त्यही खालको विचार अहिले पनि आइरहेकै छ । माथि भनिएका एकजना मानिसको विचार अनुसार नै त्यतिखेरको बजारमा टोपबहादुर नै देश विगारूको प्रमुख हुन् भन्ने खालको प्रचार गरिएको थियो । यो देशमा घटेको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड नै यही हो र यसपछि देशमा सुशासन आएर देशले कायापलट फेर्नेछ भन्ने खालका प्रचारबाजी विभिन्न मिडियामार्फत् पनि गरिएका थिए । अन्यत्र त भयो भयो त्यही अर्घाखाँची जिल्लाका उनीसँगै २४ घण्टा रहेर उनकै पैसामा रमाउने दोस्तीका साथै उनका आफन्तीहरू पनि उनकै बदनाममा तागतका साथ लागिरहेका थिए । अर्घाखाँची जिल्लाका लागि उनले गरेको कामको छायाँ पारी उनलाई देशकै नम्बर एक भ्रष्टाचारीका रूपमा चित्रण गरिरहेका थिए ।

त्यो समयमा अझ अचम्मलाग्दो त के भइरहेको थियो भने प्रचण्ड सुशासनका नायक भएकाले देश बनाउनकालागि अब उनले भ्रष्टाचारीलाई पानीमुनी गएर पनि छोड्ने छैनन् । भुटानी शरणार्थी काण्ड त यस्तो काण्ड हो जसले देशलाई पूर्णरूपमा अधोगतितिर लगेको हो । अब यसपछि देशमा सुशासनको लहर नै चल्नेछ । यस किसिमका प्रोपोगण्डा चलाउन सिपालु माओवादीलाई उनका कार्यकर्ताले त न पत्याउने कुरै भएन सोझा साझा नेपालीहरूले पनि पत्याउनुसम्म पत्याए । विरालोको काँशीयात्रामा मुसाहरूले जस्तै गरेर प्रचण्डको प्रशंसा समेत गरेर आफ्ना अनुहार पुस्तिकाहरू रङ्गाए । देशलाई यस्तो विकराल स्थितिमा ल्याउने माओवादीका जुङ्गाका छहारी लिएर ओतप्रोतसमेत भए र भइरहेकै पनि छन् । तर हामीजस्ता स्वतन्त्र नागरिकहरूले एकपटक विचार गरम त । के देशलाई यो अवस्थामा ल्याउने टोपबहादुर नै हुन् त ? के यो भुटानी शरणार्थी काण्डले देश यसरी भयावह ऋणात्मक अवस्थामा गएको हो त ? भुटानी शरणार्थी काण्डमा ठग्नेहरूले व्यक्ति ठगेकामात्र हुन् कि देश नै ठगेका हुन् त ? देशबाट नागरिक बाहिर पठाउने कार्य के टोपबहादुरको मात्र टिमले गथ्र्यो त ?

यी यस्तै तमाम प्रश्नहरूको उत्तर यो सरकार र सरकारको तरकारी खाने हामी सरकारीसँग छैन । कत्राकत्रा काण्डहरूलाई छायाँमा पार्नकालागि यस किसिमका टोपबहादुर काण्ड बाहिर ल्याइएको हो भन्ने कुरा कसले बुझ्ने ? त्यत्रात्यत्रा देशका सार्वजनिक स्थलहरू अरबौँमा बेचिँदा तैँ चुप मै चुप । यत्रायत्रा खरबौँका सुनकाण्डहरूमा देशमा गरमागरमी हुँदा कसैको रौँ हल्लिँदैन । भरखर बाहिर आएका एन्सेल काण्डका वार्गेनिङ्गमा कोही बोल्नेवाला छैन । देशलाई चुस्नुसम्म चुसेर आर्थिक सङ्कटमा लैजाँदासम्म पनि मुखमा बुझो लागेको छ । प्रचण्ड लगायतका नेताको पारिवारिक हाइफाइको जीवन वितिरहँदापनि उनीहरूलाई सर्वाहारा नै देख्ने हाम्रा फुटेका आँखा अझैपनि पल्र्याकपुर्लुक नै गरिरहेका छन् । कर्मचारीहरूले अरबौँको घोटाला गर्दा पनि सबै चुप छन् । देशमा विदेशी पठाउने अनेक मेनपावरले हाक्काहाक्की काम गरेका छन् । भुटानी प्रकरणमा भन्दा कैयौँ बढी त्यहाँ हुने ठगी त्यत्तिकै सेलाएका छन् । पालिकाहरूले वनजङ्गल खनिज पदार्थ आदि चिजबीजहरू बेचेर अरबौँ घोटाला गर्दा पनि सञ्चारमाध्यम चुप छन् । न्याय खोज्नका लागि यो देशमा सोर्स लगाउनु परेको छ । भन्सारबाट ट्रकका ट्रक मालसामान विना भन्सार आइरहेको छ । तर देशका अति विपन्न नागरिकहरूले मित्रराष्ट्रबाट ल्याएका सामानहरूमा भन्सार लगाइएको छ ।

यहाँ यसरी भनिँदा हामीले कुनैपनि दोषीका पक्षमा बोल्न खोजिएको होइन । यहाँ दोषी कोही छ भने त्यो उम्कन हुँदै हुँदैन । टोपबहादुर लगायतका मानिसहरू दोषी छन् भने दोष अनुसारको फल उनीहरूले पाउनै पर्दछ तर यी बबुराहरूलाई थुनेको जस्तो गरेर यो देशमा विशाल भ्रष्टाचारका खेतीगर्न अब तुरुन्त रोक्नैपर्दछ । अन्त्यमा यत्रायत्रा अरबौँका घोटालाहरू लुकाउन व्यक्ति ठगाइका भुटानी काण्डहरूलाई के के न ठूलो गराएर हामी बुद्धुजीविहरूलाई लङ्गौटी बनाउन सफल नेता प्रचण्डको प्रशंसा नगरिरहन नसकिएकाले यसरी बक्बकाइएको हो । यो बक्बाइको अर्थ बुझेर देश संरक्षणमा लाग्न अत्यन्तै ढिला भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?