ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

निलकण्ठ बाबा धाममा तीनमहिने महायाग सुरु

१ पुष २०८०, आईतवार
१ पुष २०८०, आईतवार

बुटवल,१ पुस । बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग (ठूलो महायज्ञ) सुरु भएको छ ।

महायागको आइतबार एक कार्यक्रमकाबीच गलेश्वर आश्रम देवघाट धामका पीठाधीस अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले शुभारम्भ गरेका हुन् ।
सो अवसरमा भक्तजनलाई सम्बोधन गर्दै महामण्डलेश्वर स्वामी गिरीले संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

संस्कारयुक्त शिक्षाको अभावमा आर्थिक रूपमा सम्पन्न भएका बृद्व बृद्वाहरू समेत बृद्वाश्रममा बस्नुपर्ने अवस्था आएको भन्दै उनले संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

धामकी संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बृद्वाश्रम बनाउने रकम अब गुरूकुल निर्माणमा लगाउनुपर्ने बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्की,लुम्बिनी प्रदेश सडक सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईं,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापा,धामका उपाध्यक्ष चुडामणिा पौडेल,कार्यक्रम प्रस्तोतन तथा पत्रकार खेमराज रेग्मी लगायतले महायागको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने महायाग प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिए ।

यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको धामका संरक्षणक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताईन ।

धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी वशिष्ट लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिने उनले बताईन ।

महायाग सम्पन्न गर्न निकै ठूलो धनराशी खर्च हुने आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले बताए । दानवीरहरुबाट दान संकलन गरेर खर्च जुटाउने प्रयास भइरहेको कार्कीले बताए ।

महायाग सफल बनाउन १९ वटा उपसमिति गठन गरिएको धामका उपाध्यक्ष रूपसिं थापाले जानकारी दिए ।
महायाग अवधिमा पुर्व राजा ज्ञानेन्द्र समेत आउने कार्यक्रम रहेको उनले बताए ।

धाम परिसरमै रहेको गुरुकुलमा कक्षा ६ देखि १२ कक्षासम्म हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?