ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

न्याय नपाएपछि टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त

१ पुष २०८०, आईतवार
१ पुष २०८०, आईतवार

दाङ, १ पुस ।

दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका अाफन्तले न्याय नपाएको भन्दै घाेराहीकाे तुलसीपुर चाेकमा बिहानैदेखि सडकमा टायर बालेर अान्दाेलनमा उत्रिएका छन् ।

प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियाे । मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति, काजकिरिया खर्च तथा माेटरसाईकल नयाँ पाउनुपर्ने मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि अाफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएकाे संघर्ष समिति संयाेजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिए ।

उनले टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर भएको वार्तामा टिपर व्यवसायी समितिले अवहेलना गर्दै पाँच-पाँच लाख बिमा वापतकाे रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ मात्रै दिने भनेपछि अाफुहरु माथि अन्याय भएको महसुस गरि अान्दाेलनमा उत्रिएको बताए ।

‘मामा भान्जाहरु एकै चिहान भएका छन् । मरेर जानेहरु फर्किन सक्दैन् । परिवारमा पीडा परेकाे छ । याे बेलामा सहानुभूति समेत नदेखाएर उपेक्षा गरेर अन्याय गरिएको छ’ संयाेजक पाेख्रेलले भने ‘याे बेलामा प्रहरी प्रशासनले पनि खासै चासाे देखाएकाे छैन । हामी पीडामा छाैँ । याे बेलामा हामीलाई न्याय चाहिएकाे हाे, पीडा चाहिएकाे हाेईन ।’

शनिबार दिनभर बसालेर आफुलाई न्याय दिनुकाे साटाे बेवास्ता गर्दै लास लैजानुस्, बिमा र किरिया खर्च पचास हजार दिन्छौं भनेर थप चित्त दुखाउने काम गरेकाे उनले बताए ।

मृतकका दाजु राजेश जिसीले क्षतिपूर्ति बापत १०-१० लाख पाउनुपर्ने, किरिया खर्च पचास- पचास हजार पाउनुपर्ने, नयाँ माेटरसाईकल पाउनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठान पुर्याई दिनुपर्ने अाफुहरुकाे माग रहेकाे बताए ।

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाईकललाई घोराही १० झारबैरा चोकमा शुक्रबार राति सवा १० बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शव गृहमा राखिएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?