ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

हाम्रै घरको भान्सामा छ, औषधीको भण्डार

१ पुष २०८०, आइतबार
१ पुष २०८०, आइतबार

नेपाली उखान नै छ– हाम्रो भान्सा नै औषधी घर हो भनेर । हो त्यसै कुरालाई ध्यानमा दिएर हरेक मानिसले आ–आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाद्य वस्तुलाई चिनेर नियमित रूपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङ्गको रूपमा तयारी भएका मिसावटयुक्त भिटामिनहरूलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन । हामी सबैको भान्सामा दैनिक प्रयोगमा ल्याईने हरेक खाद्यवस्तु अन्न, फलफूल, तरकारी, पशुजन्य पदार्थहरूलाई घरमै बिषादीमुक्त तरिकाबाट उत्पादन गरेर आफ्नो भान्सामा प्रयोगमा ल्याउन सक्यौं र त्यसको महत्व बुझेर सेवन गर्न सकेमा सजिलो तरिकाबाट पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । मानव स्वास्थ्यको लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू चिनेर प्रयोगमा ल्याउन सकियो भने पोषक तत्व र भिटामिन खोज्न बाहिर जानु पर्दैन । बिभिन्न नामका भिटामिनहरू हाम्रो शरीरलाई अति आवश्यक पर्ने थोरै मात्रामा चाहिने तर शरीरको लागि नभै नहुने तत्व अन्तरगत पर्दछन् । यति धेरै औषधीय गुण र महत्व भएका तत्वहरू प्नि हामी आफै उत्पादन गर्न सक्ने र आफ्नै भान्सामा प्राप्तगर्न सक्ने भएको हुँदा हामी सम्पूर्ण मानिसले आफ्नै भान्साको प्रयोग गरौं । घरायसी उत्पादनलाई जोड दिऔं । भान्सामा प्रयोग हुने खाद्यवस्तुको महत्व बुझेर घरको भान्सा नै औषधिको केन्द्र सम्झेर प्रयोग गरौं । ताजा शुद्ध र सफा भान्साको प्रयोग गरौं । कामको साथमा आराम र ब्यायाम गरौं । तनावमुक्त जीवन वनाऔं तबमात्र जीवन स्वस्थ र तन्दुरुस्त बनाउन सकिन्छ । तलका केही टिप्स अनुसरण गर्दा राम्रो हुन्छ ।

१.कार्बोहाईड्रेट :
– यसले शक्ति प्रदान गर्दछ । शरीरमा ७० देखि ८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।
– यसको नाप्ने ईकाइलाई किलो क्यालोरी भनिन्छ ।
– एक ग्राम कार्बोहाडे«ट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
२. प्रोटिनः
– यसले कोष तथा कोषिकाहरूको बृद्धि बिकास गर्दछ ।
– खिईएको कोष तथा कोषिकाको मर्मत संभार गर्दछ ।
– समस्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्दछ ।
– एक ग्राम प्रोटिन बराबर चारकिलो क्यालोरी शक्ति प्राप्त हुछ ।
३. चिल्लो :
– शक्ति प्रदान गर्दछ ।
– छालाको हेरचाह गर्दछ । थोरै मात्राले धेरै शक्ति दिन्छ । भिटामिनहरू जस्तैः ए, डि, ई के लाई शरीर भित्र सञ्चाल नगर्दछ ।
– एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
४. भिटामिनः
भिटामिनलाई सुक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । यिनीहरू मानव शरीरलाई ज्यादै थोरै मात्रमा चाहिने तर शरीरलाई नभै नहुने खालका हुन्छन् ।

भिटामिन ए :
– स्वस्थ आँखाको लागि ।
– छालाको हेरचाहको लागि ।
– शारिरिक बृद्धि विकासको लागि ।
– अन्य रोगको आक्रमणबाट बचाउनको लागि ।
भिटामिन बि  :
– कमजोरी र थकान कम गर्न ।
– खाना रुची बढाउन ।
– बेरी बेरी हुन नदिन ।
– झाडापखाला र पेलेग्रा हुन नदिन ।
– स्मरण शक्ति कायम राख्न ।
भिटामिन सी :
– गिजा सम्बन्धि रोग हुन नदिन ।
– छालाभित्र रगतका कोषिकाहरू फुट्न नदिन ।
– रक्तअल्पता कमी गर्न ।
– बिभिन्न रोगको प्रतिरोध गर्न ।
– लामो समयसम्म निरोगी राख्न ।
भिटामिन डी :
– शरीरको हाडलाई बलियो बनाउन ।
– रिकेट्स र ओस्टिओमालासिया जस्ता हाड सम्बन्धि रोगबाट बचाउन ।
– क्याल्सियम जस्ता खनिजतत्व सोस्न ।
भिटामिन ई :
– शरीरभित्रको आवश्यक चिल्लोहरू बचाएर राख्न ।
– रातो रक्तकोष बनाउन ।
– भिटामिन ए क्यारोटिन जस्ता तत्वहरू बचाई राख्न ।
– कोष तथा कोषिकाहरू नस्ट हुन नदिन ।
भिटामिन के :
– शरीरमा चोटपटक लाग्दा अधिक रगत बग्नबाट रोकथाम ।
– घाउ, चोटपटक छिटो निको पार्न ।
– हड्डी बलियो बनाउन ।
५. खनिजतत्व क्याल्सियम :
– हड्डी बलियो बनाउन ।
– दाँत बलियो बनाउन ।
– मांशपेशी चलमलाउन ।
फलाम :
– शरीरभित्र रगत बन्न ।
– रक्त अल्पताको कमी गर्न ।
– शारिरिक बृद्धि बिकास गर्न ।
– रुचि बढाउन ।
– बिभिन्न रोगबाट बचाउन ।
– शरीर स्वस्थ राख्न ।
आयोडिन :
– शरीर सुस्त हुन नदिन ।
– शरीर फुर्तीलो पारी रहन ।
– गलगाँड हुनबाट बचाउन ।
– लाटो लठेब्रो हुन नदिन ।
फ्लोरिन :
– दाँतलाई स्वस्थ र मजबुत राख्न ।
६. पानी :
सबै प्रकारका पौष्टिक तत्वलाई शरीरको बिभिन्न भागमा पु¥याउन सहयोग गर्दछ । शरीरको फोहोर मैला बाहिर निकाल्न मद्दत गर्दछ र शरिरमा तातोपना कायम राख्न मद्दत गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?