ट्रेंडिंग:

>> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने

शान्ति स्कूलको प्रयोगशाला र उमा दिदिको सम्झना

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

तिलोत्तमा ।

“कृषि पढ्नेजति प्रयोगशालामा जाने रे” चक्रपाणिले पहिले आफुले झोला बोकेर बाहिर दगुर्दै भन्यो । हामीहरु आ–आफ्नो झोला टिपेर भूकम्प आउँदा भागे झैँ आँधिबेगमा प्रयोगशालातर्फ दगु¥यौ ।

प्रयोगशाला….

शान्ति स्कूलको मुख्य भवन र पश्चिम तर्फको जगदीश गुरुको पुरानो क्वाटर बिचका सानोसानो हल भन्न सुहाउने एउटा भवन थियो । त्यस हलको ढोकामा टिनको प्लेटमा प्रयोगशाला लेखिएको थियो । त्यो प्रयोगशालाको भित्र एउटा सानो कोठा थियो (लामो समय सम्म त्यो कोठामा के राखिएको थियो भन्न थाहा पाइएन) ।

पहिलोपल्ट प्रयोगशाला पस्न पाउँदा सबै जना खुशी थियौं । प्रयोगशाला भनिएको कोठामा ठुलाठुला टेबल, टेबलको वरिपरि विद्यार्थी बस्नको लागि कुर्सीहरू थिए । भित्तामा विज्ञानका विभिन्न चार्टहरु झुन्ड्याइएको थियो । छेवैको दराजमा विज्ञानका किताबमा देखेका थुप्रै वस्तुहरु थिए, अनि एउटा कुनामा काँडाकाँडा भएको खुट्टाले घुमाउने मेशिन थियो (जुन धान झार्ने थ्रेसर रहेछ) ।

यदुनन्दन सर कक्षामा पस्ने बेलासम्ममा प्रयोगशाला कुनाकाप्चा चाहारियो, घुम्ने मेशिन घुमाइयो, सानो कोठाको ढोकाको चेपबाट भित्र चिहाईयो ।

यदुनन्दन सर आएर कृषि शिक्षा पढाउन सुरु गर्नु भयो, हामी विद्यार्थीहरु मन्त्रमुग्ध भएर उहाँको प्रवचन सुन्यौ, शान्तिमा पढेर कृषिमा सफलता पाएका विद्यार्थीहरुका कथा सुन्यौ । बाहिर निस्कँदा मैले आफु जेटिए बनेको सपना देखिसकेको थिएँ । यदुनन्दन सरको पढाउने तरिका जीवन्त थियो । (विद्यार्थीलाई विषयवस्तुमा चुर्लुम्म डुबाउन सक्ने सरको रिस पनि कम्ती त थिएन है ।) ३ वर्ष प्रयोगशालामा कुनै प्रयोगात्मक कार्य त गर्न पाइएन तर त्यो कोठामा यदुनन्दन सरले पढाएको कृषि शिक्षा भने जीवनभरी काम लागिरहेको छ ।

त्यतिबेला ऐच्छिक गणित र विज्ञान पढ्नुलाई अप्सनल पढ्ने भन्ने चलन थियो । उमा दिदि (विज्ञान शिक्षिका) ले दोश्रो तलाको दक्षिण तर्फको कोठामा विज्ञान प्रयोगशाला बनाउनु भएको थियो । उहाँको प्रयोगशालामा पढ्ने रहरले सकीनसकी म पनि अप्सनल पढ्ने समूहमा मिसिएँ । हाम्रो ब्याचमा २४ जनाले अप्सनल पढ्न पाउने भयौ, त्यो पनि उमा दिदीको विज्ञान प्रयोगशालामा बसेर । हेमा पुन बाहेक अरु सबै केटाहरु । हेमा भाग्यमानी थिईन्, उनी पहिलो टेबलमा एक्लै राज गर्न पाउँथिन् भने केटाहरुले २÷२ जनाले एउटा टेबल पाएका थियौं । टेस्टट्युब, बिकर, ग्यासजार, फ्लास्क, कम्पास, शेल, चुम्बक, थर्मोमिटर जस्ता विज्ञानका सामग्रीहरुसंग त्यही परिचित हुन पायौ । उमा दिदीले निकै प्रयोगात्मक र रोचक ढंगले विज्ञान पढाउँदा पछि क्याम्पसमा साईन्स पढेर ठूलो मान्छे बन्ने सपना बुनियो । उमा दिदिसंग अप्सनल साईन्स पढ्नुको अर्को फाइदा पनि भयो । त्यो बेलामा मणिग्राममा झ्यालमा झुन्डिएर समेत टिभी हेर्न नपाइने बेलामा हामी साईन्स पढ्ने विद्यार्थीहरु भने उहाँको बैठक कोठामै बसेर रंगिन टिभीमा महाभारत हेर्न समेत पाइन्थ्यो ।

जगदीश गुरुले एउटा सेक्सनमा मात्र पढाउनु हुन्थ्यो । हाम्रो भाग्य भन्नु पर्छ हामी कक्षा १० सेक्सन ए का विद्यार्थीहरु जगदीश गुरुसँग पढ्न पाउने भयौ । गुरुसँग पढ्दा बल्ल थाहा भो– हामीले त अंग्रेजी विषयमा केही सिकेकै रहेनछौ । तल्लो कक्षामा हेमराज सर, होमनाथ सर, छबिलाल सर, सुनकुमारी दिदिसंग अँग्रेजी पढेको भएपनि सिक्न भन्दा पनि घोकेर अंग्रेजीमा येनकेन पास हुने ध्याउन्नले अंग्रेजी विषय हाउगुजी बनिरहेको थियो । जगदीश गुरुले कक्षाका भएका विद्यार्थीसंग आलोपालो संगै बसेर ईङलिश ग्रामर, एस्से, कम्पोजिसन जस्ता कुराहरु छोटो समयमै पास हुन पुग्ने गरी सिकाउनु भयो । उहाँको संगतले गर्दा एसएलसीमा धेरै विद्यार्थी फेल हुने ईङ्लिश पनि पास गरियो र त्यही जगमा अहिले पनि कनिकुथी अंग्रेजीको काम चलाइरहेको छु ।

मेरो लागि शान्ति स्कूल सिकाईको विशाल प्रयोगशाला बन्यो । अर्जुन उपाध्याय सरले मेजरिङ सिलिन्डर देखाएको भरमा घरमा औषधिका बोतलहरु काटियो, मिना दिदीले पुर्वब्यावसायिक पढाउँदा थुप्रै माटोका मुर्तिहरु बनाइयो, गोपी दिदीले इतिहास पढाउँदा राणा शासनको बारेमा बुझ्न बुढापाका मान्छेहरु खोज्दै हिडियो, अर्जुन ज्ञवाली सरले नेपाली पढाउँदाको स्वादमा कविता, निवन्ध र दैनिकी लेख्न थालियो । दिलिप सर, लोकनाथ सर र केशव सरले ज्यामिती पढाउँदा रुखको उचाई र कुलोको चौडाई नाप्दै हिडियो ।
प्रयोगशालारुपी शान्ति स्कूलमा सिक्न नपाएको भए, भोग्न र देख्न नपाएको भए मैले अहिले लेखन, पत्रकारिता, वकालत र प्राध्यापन गर्न कदापि सक्ने थिइन् ।

शान्ति स्कूल छोडेको २६ वर्ष वितिसकेको छ । स्कूलसंगका धेरै सामिप्यताहरु धमिला भैसकेका छन् तैपनि शान्ति स्कूलको सिकाइ अझै ताजै छ र त्यसैले जिन्दगीलाई डो¥याइरहेको छ ।

…कहिलेकाही सोच्छु – शान्ति स्कूलको प्रयोगशालातर्फ दौडन नपाएको भए जीवन कति कठिन हुन्थ्यो होला ? जीवन कति निरस हुन्थ्यो होला ?

प्रयोगशालामा दौडिरहन र प्रयोग गर्न सिकाउने अनि विज्ञान र वातावरण विषयमा खोज गर्ने रुची जगाईदिने उमा दिदिले आज संसार छोड्नुभएको खबर पाउँदा शान्ति स्कूलको त्यही पुरानो प्रयोगशाला, तिनै टेस्टट्युब र बिकरहरु, रंगिन टेलिभिजन सेटमा हेरेको महाभारत झलझली याद आईरहे । तिलोत्तमा नगरपालिकाका धेरै जनाकी प्रिय गुरुमा “ उमादिदी“ प्रति हार्दिक श्रद्धाञ्जली ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?