ट्रेंडिंग:

>> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने

निर्माण ब्यवसायीमा पहिलोपल्ट महिलाको नेतृत्वः अध्यक्षमा मन्जु भुसाल विजयी

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

बुटवल, ३० मंसिर ।

लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको नेतृत्वका लागि एमाले–माओवादीको प्यानल विजयी भएको छ ।

अध्यक्षमा एमाले समर्थक मन्जु भुसाल विजयी भएकी छन् । उनी निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित हुने पहिलो महिला हुन् । शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष पदका उम्मेदवारहरु गणेश प्रसाद शर्मा र प्रयास खड्काले ८६–८६ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकका अनुसार प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी एमाले निकट रमेश बेल्बासे विजयी भएका छन् ।

प्रथम उपाध्यक्षका उम्मेदवार टिका बहादुर श्रेष्ठ (सन्तोष) ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेका छन् ।

द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी भुषालकै प्यानलका विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन (सरवर) ले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी महासचिवमा १२२ मतका साथ स्वतन्त्रका प्रितम रौनियार विजयी भएका छन् । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपक कुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिवमा १२५ मत प्राप्त गरी भुषाल प्यानलका राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेश कुमार दुबेले ७५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा स्वतन्त्रका यज्नय प्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सह–कोषाध्यक्षमा स्वतन्त्रकै पवन कुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री १७४, रोशन प्रसाद भण्डारी १४०, सुरेन्द्र यादव १३०, सतीस मिश्रा १२१ र शुभम रौनियार ११६ मतका साथ विजयी भएका छन् ।

सदस्यका उम्मेदवारहरु ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पंगेनी (गणेश) ले ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी एमाले माओवादी प्यानलकै बुद्धिराज थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर पुनले ८३ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी (थारु) विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णु प्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सह–सचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहन कुमार पाण्डेले ६८ र सह–सचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्रबहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा जग नारायण चौधरी १०५, चुरामणि न्यौपाने १०३, सुशिल बस्याल १०२, यादव नाथ न्यौपाने १०२, कृष्ण प्रसाद चौधरी ९४ र भरत चौधरी ८३ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य पदका उम्मेदवारहरु रेशम पाण्डेयले ७३, बोम बहादुर कुवरले ५९, धन बहादुर थापाले ६६ र उत्तम श्रेष्ठले ६४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?