© २०२३
गुल्मी, २८ मंसिर । राधा माधव समिति नेपाल अन्तर्गत डिभाइन युथ क्लब नेपाल गुल्मीले विद्यार्थीहरूका लागि जाडो समयमा न्यानो कपडा वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँ स्थीत पृथ्वी प्राथमिक विद्यालयका विद्यार्थीलाई प्रत्यक वर्ष उक्त न्यानो कपडा वितरण गर्दै आईरहेको छ ।
संस्थाले विद्यालयमै पुगेर कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३८ जना विद्यार्थीलाई एक कार्यक्तमका बीच न्यानो कपडा हस्तान्तरण गरेको हो । विद्यालयमा अध्यनरत गरीब, विपन्न, र जेहेन्दार विद्यार्थीहरूलाई टोपी, स्वीटर र ट्रयाक लगायतका सामग्रि बितरण गरिएको राधा माधव समिति गुल्मीका सचिव तारा प्रसाद भुसालले बताए ।
२०६५ सालमा स्थापना भएको उक्त संस्थाले प्रत्येक बर्ष जिल्लाका विभिन्न विद्यालमा पुगेर गरीब तथा बिपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्दै आईरहेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिनका लागि यस पटक पनि विद्यार्थीका लागि झोला सहितका सामग्री बितरण गरिएको होे ।
चिसो मौसममा विद्यार्थीको आवश्यकता र समस्यालाई पहिचान गरि विद्यालयसम्म पुगेर संस्थाद्वारा न्यानो कपडा वितरण गरेकोमा विद्यालयकी प्रधानाध्यापक विष्णुमाया पोखरेलले धन्यबाद व्यक्त गर्दै आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेकी छन ।
राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवमा आवद्ध वालवालीकाहरूले वर्ष दिनमा खाजा खर्चबापत वचत गरेको रकम संकलन गरेर प्रत्यक वर्ष यसैगरिे विद्यालयका वालवालीकाहरूलाई सहयोग गर्दै आईरहेको छ । करीब तीन सय सदश्य रहेको उक्त युथ क्लवले जिल्लामा अन्य सामाजिक क्षेत्रमा पनिसहयोग गर्दै आईरहेको छ ।