ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता
उजिरसिहमा जिल्लास्तरीय छात्र भलिबल शुरु

पशुपति माबि, सैनामैना विजयी हुदै दोस्रो चरणमा प्रवेश

खेल गतिविधिबाट लुकेका रहेका भलिबलका खेलाडीलाई प्लेटफर्म दिने रुपमा प्रतियोगिता आयोजना गरिएको दाबी ।
२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

बुटवल, २७ मंसिर । उजिरसिह माबिको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यु २० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले समुद्घाटन गर्दै बुटवलमा लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने गरि भलिबलको ट्यालेन्ट हन्टका रुपमा रहेको बताए । प्रदेशकै यु २० टिम तयार गर्न समेत प्रतियोगिताबाट सहयोग मिल्ने उनले दाबी गरे । खेल प्रतियोगिता एउटा फेलोसिप, भातृत्व विकास गर्ने रुपमा रहेको उनले बताए ।
कार्यक्रममा बुटवल खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विद्यालयस्तरबाट खेललाई प्राथमिकतामा राख्न सके खेलाडी उत्पादनमा मद्यत मिल्ने बताए । बुटवलमा पुर्वाधार विकास र प्रतियोगितामा आफुहरुले जोड दिएको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले स्थानिय खेलप्रेमी, सहयोगदाताहरुको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । कार्यक्रममा विद्यालयका प्रअ पदमराज ज्ञवाली, विशेष सल्लाहकार टेक बहादुर थापाले प्रतिभा प्रस्फुटनको महत्वपूर्ण पाटोका रुपमा हीरक महोत्सवमा विविध रचनात्मक कार्यक्रम आयोजना गरिएको बताए ।

यसैबिच बुधबार भएको मैत्रीपुर्ण उद्घाटन खेलमा आयोजक उजिरसिह माबिले जनज्योति माबिलाई २—१ को सेटले जित निकालेका हो ।
प्रतियोगिता अन्तरगत नकआउट चरणको पहिलो खेलमा पशुपति माबि सैनामैनाले नबिन माबि बुटवललाई २—० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

विद्यालयका खेल संयोजक यम प्रसाद श्रेष्ठले प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिम नगद ७५ हजार, तृतिय टिमले ५० हजार रुपैया तथा सान्त्वना टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा ३५ विद्यालयहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन ।

प्रतियोगिताको प्रथम पुरस्कार विश्व ट्रे माला उद्योगका प्रो. कमल विश्वकर्माबाट सौजन्य भएको छ । यसैगरि द्धितिय पुरस्कार पुर्ण बहादुर परियार, तृतिय पुरस्कार आले डेन्टल हस्पिटल प्रालि, सान्त्वना पुरस्कार टिका प्रसाद उपाध्यायले गरेको विद्यालयका शिक्षिका ङनि गुरुङले बताईन । यसैबिच विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?