© २०२३
काठमाडौँ ।
संघीय संसद्को कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डेयलाई तोकिएको छ। सभामुख देवराज घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन्।
सभामुखले राष्ट्रियसभा अध्यक्षको परामर्शमा पाण्डेयलाई महासचिवको काम गर्न तोकेका हुन्।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोतेका हुन्।
सभामुख घिमिरेले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेका थिए। तर, सम्पर्क नभएको सभामुखको सचिवालयले जनाएको छ।
यसअघिका महासचिव डा. भरतराज गौतमले कार्यकाल ८ महिना बाँकी हुँदै राजीनामा दिएका थिए।
उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्थाअनुसार पाण्डेयलाई नियुक्त गरिएकाे हाे।