ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

चट्टान छिचोलेर दुर्गममा सडक

स्थानीयहरूले जसरी भएपनि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक निर्माण पछि उत्पादित कृषिजन्य वस्तु बजारिकरणमा सहज हुने आशा गरेका छन् ।
२७ मंसिर २०८०, बुधबार
२७ मंसिर २०८०, बुधबार

सल्यान, २७ मंसिर । ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै गाउँपालिकाले दुर्गम बस्तीका लागि मोटरबाटो निर्माण थालेपछि स्थानीयहरू उत्साहित भएका छन् । यो सल्यान छत्रेश्वरी गाउँपालिकाको खबर हो । बर्षौं देखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गम बस्ती भेरिखोर, आकासी र कालुपहरका स्थानीयहरू कडा चट्टान फोड्दै गाउँपालिकाले मोटरबाटो बनाउन थालेपछि आफ्नो गाउँलाई सडक संजालले जोड्ने अपेक्षामा छन् ।

निकै जटिल भुगोल भएपनि दुर्गम बस्तीमा मोटरबाटो पुयाउने लक्ष्यको साथ आफ्नै पालिकाको स्काभेटर मार्फत निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक निर्माण भएपछि करिब १५ घरधुरिलाई विशेष लाभ पुग्ने अकासी गाउँ बस्ने खिमे कामीले बताए । ‘गाउँमा तरकारि, जडिबुटी, फलफूल उत्पादन हुन्छ, त्यसलाई बजारसम्म पुर्याउन निकै समस्या भइरहेको छ’, उनले भने, ‘अव बाटो बन्यो भने सजिलो हुने थियो ।’

छत्रेश्वरी ४ को पोखरा सम्म यसअघि मोटरबाटो पुगिसकेको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक बनेपछि त्यस क्षेत्रका नागरिकहरूको जनजीवन फेरीने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । उनले मोटरबाटो निर्माण कार्यको निरिक्षण÷अनुगमन गर्दै निकै जटिल भुगोल भएपनि दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै स्काभेटर मार्फत गाउँपालिकाले निरन्तर काम गरिरहेको उनले बताए ।

८ दिनसम्म स्काभेटरले ब्रेकर मार्फत चट्टान फोडेर करिब १६० मिटर लम्बाई मात्र करिब ४ मिटर चौडाईको सडक निर्माण भएको स्काभेटर अपरेटर प्रेम बहादुर बिष्टले बताए । उनले भने, ‘भुगोल एकदमै ठाडो छ, त्यसै माथी कडा चट्टान छ । माथिबाट ढुंगा खस्ने जोखिम छ । मैले छत्रेश्वरीमा काम गर्दैगर्दा सायद हाल सम्मको जटिल भुगोल यहि नै होला ।’

स्थानीयहरूले जसरी भएपछि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक निर्माण पछि उत्पादित कृषिजन्य वस्तु बजारिकरणमा सहज हुने आशा गरेका छन् । आफ्नो बस्तीमा गोभी, काउली, आलु, अदुवा, टिमुर, कागती उत्पादन हुने जनाउँदै स्थानीय फौद बहादुर खत्रीले चट्टान फोडेर बाटो बनाउन थालेको गाउँपालिकाले यो कामलाई गन्तव्यमा पुर्याउन आग्रह गरे । सडक अभावमा अहिले भिरको जटिल बाटो हिड्न बाध्य स्थानीयहरूले बिरामीलाई उपचारका लागि लैजान समेत मुस्किल हुने गरेको बताउँछन् ।
भेरिखोर, आकासी र कालुपहरका नागरिकहरू बर्षौं देखि मोटरबाटोको सुविधा प्राप्त गर्ने आशाले सार्थकता पाउने विश्वास सहित उत्साहित छन् । यो मोटरबाटो निर्माण भएपछी करिव १५ घरधुरिलाई प्रत्यक्ष रूपमा बिषेश र अन्य सयौं घरधुरीलाई लाभ पुग्ने छ । अब भेरिखोर सम्म मोटरबाटो जोड्न करिव १५०० मिटर बांकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?