© २०२३
बुटवल,२४ मंसिर । पाल्पाको निस्दि गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैले बोकेका भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।
रातको समयमा फापर खान आएको जङ्गली जनावर दुम्सी मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा राती ३ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।