ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

बुटवल ,२२ मंसिर ।  रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ ।
सैनामैना नगरपालिका वडा नं १ ब्रम्हाडांडाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले मृत्यु दाबी बापतको रकम र ३१ लाख २० हजार रकम मृतकको घरैमा पुगेर हस्तान्तरण गरिएको हो ।

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले मृतक अनिल कुमार चौधरीकी श्रीमती सुशिला चौधरीलाई बीमा दाबीको रकम हस्तान्तरण गर्नुभएको हो ।

मृतक चौधरीले उमेश गिरीमार्फत ३० लाख बीमांकको बीमा लेख खरिद गरेका थिए । मृतक चौधरीले दुई किस्ता वापत रु ३ लाख १४ हजार कम्पनीमा जम्मा गर्नु भएको थियो । दावी भुक्तानी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले बीमा कम्पनीहरुले दावी भुक्तानी गर्न बीमा आलटाल गर्छन भन्ने गुनासोलाई घरमै गएर दावी भुक्तानी गरी उत्तर दिएको बताए । बीमा हुने खाने भन्दा हुंदा खाने विपन्न र जुनसुकै बर्गलाई झन बढी आवश्यक पर्ने बताउदै बीमाको दायरा बढाउन बीमा कम्पनीहरु शहर केन्द्रित नभइ गाउँ गाउँ जानुपर्ने बताउदै आवश्यक सहयोगको लागि नगरपालिका सदैव तयार रहेको बताए ।

सो कार्यक्रममा उमेश गिरीले दुर्घटना जानकारी दिएर न आउने बताउदै वचत र सुरक्षाको लागि सबैले आफ्नो क्षमता अनुसारको जीवन बीमा गर्नुपर्ने कुरा राखे । कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि लुम्बिनी प्रदेशका उप प्रमुख ईश्वर पाण्डेय , सन्चालन मणिग्राम शाखाका प्रमुख विष्णु मुराउले गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य मन्जु परियार, माधव भुसाल तथा सिनियर एजेन्सी शालिकराम वोस्ति ,सैनामैना नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवन क्षेत्री, सैनामैना सामुदयिक वनका उपाध्यक्ष जीतबहादुर गाहा, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि, बुटवल शाखाका मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डे , महेन्द्र थापा, भैरहवा शाखाका प्रमुख गणेश गैरे, देवदह शाखाका प्रमुख कमला रायमाझि, मुर्गिया शाखाका प्रमुख रेशम शाह, जीतपुर शाखाका प्रमुख राम प्रसाद अधिकारी लगायतले बैंकमा रकम जम्मा गर्नुभन्दा वीमा गर्नु धेरै फाइदाजनक भएको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?