ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

चर्चित हुनु ठूलो कुरा होइन

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

मानिसका भोक अनेक छन् । अन्नत छन् । मानिसका भोग पनि अनेक र अनन्त छन् ।
भोक र भोग दुई ध्रुबमा अवस्थित हुन्छन् । ध्रुबीकृत भएर पनि मानिसको भोक सँधै भोगको शिखरमा पुग्न चाहन्छ । भोक मेटाएर भोगको यात्रामा निस्कनका लागि मानिस द्रव्य पिचाश बन्दछ । द्रव्यले सारा भोकको शमन गर्दछ र भोगको स्वर्गमा पु¥याउँछ भन्ने बजारीकृत भाष्यले मानिसलाई झन् पछि झन्झन् भोको बनाएको छ ।

बिलकुलै भोको । दामको भोको !
तर चाहिने नचाहिने काम गरेर अकुत सम्पत्ति कमाए पनि, भ्रष्टाचार गरेर तकरीवन तकरीवन दस बीस पुस्तालाई पुग्ने द्रव्य जम्मा गरे पनि मानिस जाबो त भोको नै रहन्छ । किनभने दामको भोक शमन भएपछि पनि मानिसलाई भोकले छोड्दैन ।
त्यो भोक भनेको नामको भोक हो । नामको भोक दामको भोकभन्दा बढी नै उग्र हुन्छ ।
अतएव मानिसका भोकलाई स्थुल रूपमा दुई प्रकारमा बाँड्न सकिन्छ ।
दामको भोक । नामको भोक ।

यी दुई भोक मेटाउन मानिसले खुल्ला वा बडो गोप्यताका साथ अनेक काम गर्दछ । सामान्यतया दामको भोक मेटाउने जुगाड मानिसले अनवरत रूपमा गोप्यतापूर्वक नै गर्ने हुनाले दामका भोकाहरू सार्वजनिक हुँदैनन् । त्यसैले दामको भोक कसमा कति छ भन्ने कुरा थाहा पाउन धौ हुन्छ । नामका भोकाहरूले भने आफूलाई अनेक ढंगले सार्वजनिकीकरण गर्न कन्जुस्याइँ गर्दैनन् । अतः नामका भोकाहरूको भोक कति छ भन्ने कुराको भने केही अनुमान गर्न सकिन्छ ।

तर अन्तिम किनारका मानिसहरू भने माथि भनिएका दुबै भोकका अपवाद हुन् ।
किनभने तिनका कुनै पनि आकाङ्क्षाहरू कहिल्यै पूरा भएका छैनन् । तिनका सपनाका लामा श्रृङ्खलाहरूलाई कसैले पनि सम्बोधन गर्न सकेको छैन । तिनका नाममा संविधानमा मौलिक हक लिपीवद्घ भए पनि व्यवहारमा ती सँधै पाखा पारिएका छन् । दाम र नामका भोकाहरूलाई नै राज्यले काखा लिएको छ ।

अझै पनि अन्तिम किनारका वर्ग, समूह, जाति जनजातिहरू विकासको मूलधारबाट किनाराकृत छन् । शिक्षा, स्वास्थ्य, संचार, यातायातजस्ता सुविधाबाट वञ्चित छन् । तिनमा अशिक्षा र अज्ञानको अन्धकार छ । तिनको छातीमा पछौटेपन र गरीबीले नङ्ग्रा गाडेको छ । तिनलाई रोग र शोकले गाँजेको छ ।

को हुन ती ? ती हुन्– अन्तिम किनारका मानिस । जो अझै पनि हिंस्रक वन्यजन्तुसँग साइनो गाँसेर, लड्दै र जीवनको सम्झौता गर्दै जङ्गल छेउछाउमा बस्न बाध्य छन् । नदी किनारको सुकुम्बासी बस्तीमा बाढीको आशङ्कासँग जुधेर बस्न बाध्य छन् । सरकारी बन्दुकसँग भिडेर कन्दमूल र निउरो टिपेर जीवन निर्वाह गर्न बाध्य छन् । चाहे ती राउटे र चेपाङ जस्ता भर्खर मानवीय जीवनको गरिमा खोज्न थालेका समूदाय होऊन वा हुन् आदिम सभ्यताका निर्माता कर्णालीका खसहरू । चाहे ती पुर्खौदेखि भाडाका सिपाही बन्दै आएका जनजाति होऊन वा हुन् कथित् अछुतका नाममा युगौंदेखि उत्पीडनको दलनमा परेका श्रमजीवी मानिसहरूको समूह । ती सबै आखिर राज्यको न्यूनतम् सुविधाबाट समेत वञ्चित समूहका प्रतिनिधि पात्र हुन् ।

यो समूह के गर्छ ? नदी किनारमा बसी गिट्टीसँगै आफ्ना सपनाहरू कुटिरहेको हुन्छ । एउटा रस्सीले मात्रै छुट्टयाएको जीवन र मृत्युको तुइनमा झुण्डिरहेको हुन्छ । सडक छेउका होटेलमा जुठा भाँडाहरूसँगै वेदनाका अनवरत् चित्रहरू कोरिरहेको हुन्छ । स्वास्थ्य समस्यामा धामी झाक्रीकोमा धाइरहेको हुन्छ । असह्य प्रसव पीडाले गर्दा आमाहरूले मृत्युलाई अँगाल्दै आफ्ना शिशुबाट विदा लिइरहेका हुन्छन् वा नवजात शिशुहरूले पृथ्वीको सुन्दरता एक झलक पनि हेर्न नपाई आफ्ना फूलजस्ता कोमल आँखाहरू सदाका लागि चिम्लिरहेका हुन्छन् । हुर्कने उमेरका बालबालिकाहरू कुपोषणले ग्रस्त हुन्छन् । अन्ध विश्वासले काखी च्यापेका ठाउँहरूमा महिलाहरू अझै पनि नारी पीडक सामन्ती समाजको प्रतिविम्व झल्कने छाउपडी प्रथाको पालना गर्न विवश हुन्छन् ।

, यिनै अन्तिम किनारका मानिसहरू हुन् जो न दामका भोका छन् । न नामका भोका छन् ।
अन्तिम किनारका यी मानिसहरू दुई छाक भात दालका भोका छन् । भूकम्पले बेघरबार भएर चीसोका कारण अकाल मृत्यु वरण गर्न बाध्य यी मानिसहरू टाउको ओत्ने एउटा छानो र अलिकति न्यानोको भोका छन् । यिनका बालबच्चाहरू ‘क ख ग’ ले तिनका आँखामा दिन सक्ने अलिकति उज्यालोको भोका छन् । कतै ती एक पुरिया जीवनजलका भोका छन्, कतै ती एक पत्ता सिटामोलका भोका छन् । तिनका भोक पनि कम्ता त कहाँ छन् र ? तिनका भोक पनि अनेकन छन् । ती भोका छन् । युग युगदेखि भोका छन् ।
तर हेर्नोस् ! भोका भएर पनि ती न दामका भोका छन्, न नामका भोका छन् ।
दामका भोका त राज्यको ढुकुटी दोहन गरेरै भए पनि अकुत सम्पत्ति जोड्ने कथित ठूला ठूला नेताहरू छन् । राज्यको आसिक प्राप्त बैंकर्सहरू छन् । दलाल पूँजीपतिहरू छन् । विदेशी उद्योगपतिहरू छन् । स्वास्थ्य र शिक्षालाई नाफामुखी व्यापार बनाउने काला व्यापारीहरू छन् । घुसखोर कर्मचारीतन्त्र छ । कथित समृद्धिको मन्त्र जप्दै नागरिक बेचेर दामको भोक शमन गर्न लागि परेको कथित संसद् छ ।
बाबै ! दामका भोका द्रव्यपिचाशहरूको कुरा गरेर साध्य छैन ।

तर दुर्भाग्य त के हो भने चेतना र आर्थिक सवलताको दृष्टिले निम्न वा निम्न मध्यम वर्गीय ठानिने बजारोन्मुख गाउँले र शहरीयाहरूको धेरै ठूलो तप्का तिनै द्रव्यपिचाशहरूलाई मुलुकको बागडोर सुम्पेर
आफ्नो चरम भोक प्रदर्शन गरिरहेको छ ।

उसलाई त्यो भोक कथित उत्तर आधुनिकताले जगाइदिएको हो । विज्ञान र प्रविधिका नाममा संसारलाई आफ्नो मुट्ठीमा राख्न चाहने दुरभिसन्धिका जनकहरूले आफूलाई शक्तिशाली बनाउन अनेकविधिका कथित प्लेटफर्म प्रदान गरिदिएका छन् । सामाजिक सञ्जाल लगायतका कथित प्लेटफर्मलाई निम्न वा निम्न मध्यम वर्गीय तप्काले आफ्नो अनन्त भोक प्रदर्शन गर्ने मञ्च बनाएको छ ।
उसको त्यो भोक, नामको भोक हो । अर्को शब्दमा त्यो भोक, चर्चाको भोक हो । इतिहासमा नाम लेखाएर चर्चित हुन नसके पनि कथित सामाजिक सञ्जालका भित्ताहरूमा अनन्त फोहर पोष्ट्याएर त्यो तप्का क्षणिक कै लागि भए पनि चर्चित हुन चाहन्छ ।
दामका भोकाहरूलाई दाम चाहिन्छ । नामका भोकाहरूलाई नाम । नाम अर्थात् चर्चा । नाम अर्थात् वाह वाही । नाम अर्थात् चारै चौरास उसको तस्वीर । उसको बकबास ।

नामकै पछाडि दौडिइरहेको छ मानौ सारा जमाना । सारा समाज । चाहन्छ केवल चर्चा ।
खासमा कसैको चर्चा हुनु वा अमुक व्यक्ति चर्चित हुनु ठूलो कुरा होइन ।
चर्चित त चोर पनि हुन सक्छ । टोले गुण्डा पनि हुन सक्छ । तस्कर पनि हुन सक्छ । घुसखोर कर्मचारी पनि हुन सक्छ । नेता पनि हुनसक्छ । किनभने चर्चित हुनका लागि नयाँ खास केही गर्नु पर्दैन । परम्परागत रूपमा गर्दे आएको पुरातन कामहरू गर्दै गए चर्चित भइहालिन्छ ।
जस्तो कि जनतालाई ढाँटिरहनु र चुनावमा उठिरहनु ! चुनावमा उठेर जसरी पनि जितिरहनु ! जसरी पनि संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री भइरहनु ! जस्तो कि लुटिरहनु मुलुकको ढुकुटी ! लुटिरहनु अन्तिम किनारको भाग्य र भविष्य ! ज्वाइँ चेलालाई टीका लगाएर दक्षिणा बाँडेजस्तै सत्ताको स्वाद र पद बाँडिरहनु ! मान्छेलाई सँधै सँधै भेँडा ठानिरहनु !

अब फेरि भोककै कुरा !
देशमा मूलतः दुई थरि भोकाहरू छन् । दामको भोका । नामको भोका ।
यस बाहेक देशमा भोकाहरूको अर्को एउटा ठूलो संसार छ । छुट्टै संसार छ ।
जहाँ भोक छ । अनन्त भोक छ । दाम र नामको भोकजस्तै नदेखिने भुसको आगो जस्तै भोक छ ।
भोक, एक गासको । एक बासको । एक किताबको । एक कापीको । एक पेन्सिलको । एक पत्ता सिटामोलको । एक पुरिया जीवन जलको । एक कम्बलको ।
भोक, अनुभूतिभरिको समानताको । स्पर्शभरिको स्नेहको । नागरिकताभरिको अधिकारको । आँखाभरिको उज्यालोको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?