Butwal Today

लिभरपुल युरोपा लिगको अन्तिम १६ मा

१५ मंसिर २०८०, शुक्रबार
अ+
अ-

काठमाण्डौ, १५ मंसिर । कोडी हाक्पोको दुई गोलको मद्दतमा लिभरपुल युरोपा लिग अन्तरगत बिहीबार भएको खेलमा एलएसकेलाई सजिलै ४–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । यसैगरि ब्राइटन पनि नकआउट चरण पुग्न सफल रह्यो । उसले भने एईके एथेन्सलाई १–० ले पराजित गयो ।

योर्गन क्लोपको टिमका लागि लुइस डियाज र मोहमद सलाहले पनि १÷१ गोल गरे । यो जितपछि लिभरपुल समूह ‘ई’ को शीर्ष स्थान निश्चित ग¥यो । समूहको दोस्रो स्थानमा रहेको टुलुजले युनियन सेन्ट गिलोससँग गोलरहित बराबरी खेलेपछि लिभरपुल आरामदायी स्थितिमा पुगेको हो । समूह विजेताले स्वतः नकआउट चरणमा प्रवेश पाउने गर्छ । समूहमा दोस्रो हुनेले भने २ लेगको प्ले अफ खेल्नु पर्नेछ ।