ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

कर्णालीमा विकास बजेटको खर्च सुस्त

१२ मंसिर २०८०, मंगलवार
१२ मंसिर २०८०, मंगलवार

सुर्खेत, १२ मंसिर । कर्णाली प्रदेश सरकारले विकास बजेटको खर्च विगतका वर्षहरुमा झै सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा कुल बजेटको ७ प्रतिशत मात्रै खर्च भएको हो । चालु आर्थिक वर्षमा कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट विनियोजन गरेको छ । प्रदेशमा सरकारको उच्च प्राथमिकतामा परेका आयोजनाकै लागि बिनियोजन भएको बजेट खर्च भएको छैन । सरकारले महत्वकाक्षी योजना ल्याउने तर त्यसको कार्यान्वयनमा चुनौती हुने देखिएको हो । सरकारले आर्थिक वर्ष ०७४/७५ मा कुल ७ प्रतिशत, ०७५/ ७६ मा ३६.३७ प्रतिशत, ०७६/ ७७ मा ४८ प्रतिशत, ०७७/७८ मा ६५.५२ प्रतिशत, ०७८/ ७९ मा ६२ प्रतिशत र ०७९/८० मा ६७.५६ प्रतिशत बजेट खर्च गरेको छ ।

विगत पाँच वर्षको अवधिलाई हेर्दा कुल एक खर्ब ३३ अर्ब ९४ लाख ४२ हजार बजेट ल्याएको प्रदेश सरकारले आधा ५२ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको देखिन्छ । दीर्घकालीन रणनीतिक योजना बिना नै आयोजनाहरूमा बजेट छुट्याउने प्रवृत्तिका कारण हरेक वर्ष कर्णालीको विकास बजेट फ्रिज हुँदै आएको छ । कर्णाली सरकारका एक दर्जनभन्दा बढी प्रदेश सरकारका योजना अलपत्र छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्चको अनुपात हेर्दा चालु आर्थिक वर्षमा पनि असार विकासले निरन्तरता पाउने देखिन्छ ।

पहिलो चौमासिकमा खर्च कम देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म शतप्रतिशत बजेट खर्च हुने सरकारले दाबी गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बजेट खर्चको अवस्था गत वर्षभन्दा सुधारिएको बताउँछन् । बजेट कार्यान्वयनमा रहेका समस्या समाधानमा लागेको उनको भनाई छ । ‘ठेक्का प्रक्रियामा भएका कमजोरी सुधार भइरहेको छ, असार मसान्तमा मात्र बजेट खर्च नहुने गरी काम अघि बढाएका छौँ’ मन्त्री सिंहले भने, ‘बजेट कार्यानवयनमा भएका समस्यालाई समाधान गर्न अघि बढेका छौ ।’

यता कर्णाली प्रदेश सांसद एंव पूर्व अर्थमन्त्री विनोद शाहले सरकार र मातहतका निकायले व्यवस्थित तरिकाले काम गर्दा खर्च हुन नसकेको बताउँछन् । प्रतिपक्षको हिसाबले बजेट खर्च गर्न सरकारलाई दवाव दिइरहेको उनको भनाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?