ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

पाल्हीनन्दनले सुरु गर्यो : ‘शिवपार्वती सिद्धधाम अन्तर्राष्ट्रिय पहिचान दिलाउने अभियान’

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

नवलपरासी, ६ मंसिर । प्राचिन कालदेखि नै ओझेलमा परेको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधामलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने गरि काम अगाडी बढाईने भएको छ । मंगलवार सो सिद्धधामको अवलोकन गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले यो प्राचिनकालिन शिवशक्ति केन्द्र रहेको पुरातात्विक आधार र थुप्रै प्रमाण देखिएको हुदा यसलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनका लागि काम हुने बताएका हुन् ।

यो सिद्धधामलाई एउटा ट्रष्टको रूपमा स्थापित गर्दै भगवान शिवसँग सम्बन्धित तिर्थ स्थल बनाउनकै लागि अन्तराष्टिय महर्षि पाउण्ेसनसँग समन्वय गर्ने कार्य गरिने आश्वास्त पार्दै यसका लागि स्थानियले पनि एक जुट भई तत्परता देखाउन आवश्यक रहेको बताएका थिए । भोली (बुधवार) सुस्ता गाउँपालिका स्थित अन्तराष्ट्रिय महर्षि फाउण्डेसनसँग सम्बन्धित स्थानमा जान्छौ, उनले भने, यसको अवस्थाबारे जानकारी गराउछौं । स्थलगत भ्रमण पनि गराउने गरि कुरा राखिने विश्वास ब्यक्त गर्दै उनले ओझेलमा रहेको यो सिद्धधामलाई संसार भरि फैलिएको शिव ज्योतिलिगँ र शिवधामसँग समन्वय गरिने बताए । नेपाल सरकारको पुरातत्व विभागले समेत यस स्थानमा यो पुरातात्विक स्थल भनेर सुचना बोर्ड राखेको छ । यसको संरक्षण र प्रवद्र्धन कार्यका लागि स्थानिय तह र स्थानिय प्रशासनको पनि उत्तिकै भुमिका हुन पर्छ । अब गाउँपालिकाको पनि यस शिवपार्वती सिद्धधाम ध्यान रहने उनको भनाई थियो ।

समान्य ब्यवस्थापन समिति गठन गरि विभिन्न निकायबाट चन्दा,योजनाहरू माग गर्दै धेरै जसो पूर्वाधार थपिएका छन्, उनले सिद्धधामको अवस्थाको अवलोकन गर्दै भने,तर यिनै संरचनाको उचित ब्यवस्थापन तथा प्रचार प्रसार गर्नु पर्ने आवश्यकता देखिएको छ । यस सिद्धधाम क्षेत्रमा अध्यात्मिक गतिविधिहरू समेत गरिनु पर्ने देखिएको उनको भनाई थियो । यसरबारे जानकार ऋषिहरू पनि विगत बर्ष देखी नै अभाव भएको हुदा अन्तराष्ट्रिय महर्षि फाउण्डेसनलाई यसबारे जानकारी गराई त्यसको पनि ब्यवस्थापन गरिने उनले बताए । यस क्षेत्रमा अध्यात्मिक अभ्यास मात्रै नभई संस्कृति तथा धार्मिक शिक्षाको पठन पाठन पनि आवश्यक देखिएको छ । यसले गर्दा यो शतिm केन्द्रमा अध्यात्मिक शतिm केन्द्रित गर्न सकिन्छ । बालबालिकालाई रमाउने गरि पोखरीमा ढुगाँ,सानो स्टिमर सञ्चालन गर्ने अवस्था देखिएकोले तत्कालै गाउँपालिकाले त्यसको ब्यवस्थापन गर्ने लक्ष्य पनि उनले सुनाएका थिए ।

पुर्विय दर्शनमा आधारित संस्कृति शिक्षाका लागि पनि गाउपालिकाले योजना बनाई केही दिन भित्रै शुभारम्भ गरिने यसका लागि स्थानियले सहयोग गरिनु पर्ने उनले बताएका थिए । परापुर्व काल देखी नै यस क्षेत्रमा शिवरात्रीको मेला लाग्ने र साउन मासमा नियमित जलअर्पण कार्य हँुदै आएको छ । बेला बेला रुद्री महायज्ञको समेत आयोजना हुने गरेको स्थानिय रामनरेश दास पटनवारले बताए । विगत बर्षमा यहाँ थुप्रै ऋषिहरू बस्दै आएको स्थान हो,उनले सो स्थानमा ती ऋषिहरूको समाधि स्थल देखाउदै भने,अहिले ब्यवस्थापन हुन नसक्दा ति ऋषिहरूको समाधि स्थल पनि अलपत्र अवस्थामा छ । पुर्वाधारको रूपमा मन्दिर,धर्मशाला,प्रार्थना स्थल, यज्ञशाला, स्थान स्थल र झण्डै चार विघा क्षेत्रफलमा फैलिएको प्राचिन पोखरी पनि रहेको छ ।

पोखरी भरि कमल फुलेका छन् । मनोरम दृष्य रहेको छ । विभिन्न चराचुरुगँीहरू ति पोखरी तथा उद्धानमा रामाउने गर्दा प्राकृतिक रूपमा पनि सो क्षेत्र रमणिय रहेको हँुदा यो सिद्धधाम गाउपालिका मात्रै नभई जिल्लाकै एक धार्मिक पर्यटन क्षेत्र रहेको देखिदा यसका ब्यवस्थापनमा सबैले सहयोग गरि यसलाई राष्ट्रिय अन्तराष्र्टिय पहिचान बनाउनु पर्ने आवश्यकता पटनवारले देखाए । प्रचार प्रसार पनि हुन सकिरहेको छैन्,उनले भने,स्थानिय तिर्थालुहरू हजारौ खर्चेर विभिन्न स्थानमा शिवशक्तिको पुजापाठ गर्न पुग्ने गरेका छन्, तर नजिकैको तिर्थ हेला जस्तै भएको छ । यसका लागि पनि यस क्षेत्रलाई पुरातात्विक अनुसंधान गरि राष्ट्रिय अन्तराष्ट्रिय सम्पदाको रूपमा सुचिकृत गराई विकास र संरक्षण गर्नु पर्छ । त्यसै गरि यस क्षेत्रको धार्मिक तथा अध्यात्मिक अभ्यासका कार्यहरूलाई पनि निरन्तरता दिइनु पर्ने उनले औल्याएका थिए ।
शिवरात्रीको मात्रै पुजापाठ गरेर पुग्दैन, उनले भने, जानकार तथा सिद्ध योगि तथा ऋषिको उपस्थितीमा शिव भगवानसँग श्रद्धा र आस्था राख्ने गरेको भक्तजनका लागि स्रोह सोमवार ब्रतकथा,नियमित जाप साधान,साउने मेला लगायतका अन्य शिव पुराण तथा कथामा आधारित धार्मिक तथा सांस्कृतिक गतिविधिले यहाँ धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसले धार्मिक पर्यटनसँग जोडेर विकास गर्नु पर्छ । सदरमुकाम परासी देखी चार किलोमिटर दक्षिणमा रहेको छ । सो स्थानमा सार्वजनिक यातायातहरू समेत चल्ने हुदा तिर्थालुहरूलाई सहज ढंगले पुग्न सक्ने अवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?