© २०२३
नवलपरासी, ३ मंसिर । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माणाधिन जिल्लाको पर्यटन मार्गको रूपमा बन्दै गरेको हुलाकी सडक पुलको डिजाईन फेल भएर काम रोकिँदा पुल नै अलपत्र बनेको छ । पुल निर्माण गर्ने म्याद सकिएको एक बर्ष बढि भए पनि अहिलेसम्म सो पुल अलपत्र बनेको हो । पुल निर्माण गर्ने कम्पनीका कर्मचारी, ठेकेदार तथा प्राविधिकहरू समेत सम्पर्क विहीन बनेको स्थानीयले बताए । यसै पुललाई आधार बनाई विश्व बैंकले भगवान गौतम बुद्धको मावली स्थल प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर जोड्न ४२ करोड लगानी गरि पर्यटन मार्गको रूपमा काम शुरु गरेको छ । तर त्यसलाई जोड्ने पुलको निर्माण कार्य अहिले अलपत्र परेको स्थानीय रामग्राम १८ बडगोका भुवन चौधरीले बताए । ठूलो लगानीको सडक बन्दैछ, भनि सुनेका छौ,तर सो पर्यटन मार्ग जोड्ने पुल नै अहिले अलपत्र प¥यो, उनले भने, यसबारे नगरपालिका र जिल्ला समन्वय समितिलाई भन्दै आएका छौं । स्थानीय प्रदेश सांसदलाई पनि पुलबारे पहल गर्नका लागि अनुरोध गर्दै आएका छौं । तर उहाँहरूबाट आश्वसान मात्रै आएको छ, पुलको निर्माण कार्य शुरु भएको छैन्, यसले स्थानीयबासीलाई निरास बनाएको छ ।
विगत तिन दशक देखि निरन्तर पुलको माग गर्दै बुटवलस्थित तत्कालिन प्रदेश राजधानी पनि पुगियो, उनले भने, तत्कालिन भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले दिएको आश्वासन अनुसार पुलको लागि बजेट विनियोजन भयो । निर्माणका लागि ठेक्का भई काम पनि भयो, तर पछि पुलको डिजाईन नै फेल भयो भनेर सुृन्न थालियो, त्यही बेला देखी अहिलेसम्म पुलको निर्माण कार्य रोकिएको छ । तत्कालिन सरकारले पुलका लागि बजेट विनियोजन गरि स्थानिय जनतामा आशा जगायो, तर अहिलेको सरकारले अलपत्र परेको पुलबारे सोधखोज पनि नगरिदिँदा पुल निर्माण कार्य अलपत्र परेको उनको भनाइ थियो ।
पुलको डिजाईन नै फेल भएर रोकि नबन्दा स्थानीयले दुखेसो पोख्दै आएका छन् । प्राविधिक र सम्बन्धित ठेकेदारले पुल निर्माणको कार्य बेलामै नगरिदिँदा समस्या भएको भन्दै स्थानीयबासीले दुखेसो ब्यतm गर्दै आएका छन् । पुलको उचाई दुई मिटर अझै अग्लो हुनु पर्नेमा कम भएर पुल होचो हदा पुल नै बाँध बन्ने अवस्था देखिएको छ । कोठा भित्र बसेर प्राविधिकहरूले पुलको डिजाईन गर्दा यस्तै हविगत हुन्छ, उनले भने, प्राविधिकहरूले करोडौको संरचना बनाउदा कम्तीमा स्थानीयसँग बुझेर अध्ययन गरेर डिजाईन गर्नु पर्छ, उनले थपे, तर हचुवाको तालमा काम गर्दा लगानीकर्ताको लगानी फेल हुने,जनताले सास्ती खेप्नु परेको कुरा महशुस गर्नुपर्छ ।
पुल निर्माण गर्ने ठेकेदार समेत अहिले साईट छोडेर हिडेको भन्दै अब पुल बनाउने जिम्मेवारी कस्को ? भनि जिज्ञासा राख्ने गरेका छन् । पुलको शिलान्यास हुदा म्याद भित्रै पुल बन्छ भनेर यस क्षेत्रका मन्त्री साँसदले भाषण ठोकेका थिए, तर हालसम्म पुल निर्माण कार्य रोकिएको छ । पुल नबन्दा धेरै समस्या भएको छ, रामग्राम १५ सुक्रौलीका गौतम यादवले भने, खोलामा पुल नहुदा यस क्षेत्रको कुईया, बडगो, घिनहा, पण्डितपुर लगायतका आधा दर्जन बस्तिलाई समस्या भएको छ । विरामी, गर्भवती महिलालाई उपचारका लागि परासी लैजान पनि कि भैरहवा भुमही राजमार्गको पुल पुग्नु पर्ने कि त डिघवलको पुल भएर जानु पर्ने बाध्यता रहेको छ । खेतीपाती गर्दा पनि समस्या भई रहेको उनको दुखेसो थियो ।
सडक पुर्वाधार विकास कार्यालय (आरआईडिओ) मणिग्राम रूपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम.एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रूपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । सम्बन्धित निर्माण कम्पनीले वि.सं. २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् ।
तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो, जनताको सेवा सुविधाको कुनै मतलब छैन् । स्थानियबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ । स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियाँमा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानीय सडक पुल सहयोग ईकाई (एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन सक्छ । पुल निर्माण ढिलाईले स्थानियबासीमा निरासा छाएको छ । पुल निर्माणको ढिलाईबारे सडक डिभिजनसँग पहल भई रहेको जिल्ला समन्वय समिति (जिससं) प्रमुख भगौती प्रसाद यादवले दाबी गरेका थिए ।