ट्रेंडिंग:

>> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि

आफ्नै निर्णय उल्ट्याउँदै लुम्बिनी प्रदेश सरकारः लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन वझा

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

बुटवल, २५ कात्तिक ।

अस्पताल विकास समिति गठन आदेश खारेज गरेको लुम्बिनी प्रदेश सरकारले महिना दिन नबित्दै आफ्नै निर्णय उल्ट्याएको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको ब्यवस्थापन समितिको अध्यक्षमा बुटवलका जीवन बझालाई नियुक्त गरेसँगै विकास समिति गठन आदेश खारेजको आफ्नै निर्णय उल्ट्याएको हो । मुख्यमन्त्री लिला गिरीको सरकार ढलेसंगै उनको पालामा भएका अधिकाश नियुक्ती परिवर्तन शुरु भएको थियो ।

अस्पताल विकास समिति गठन तथा संचालन नियमावली, २०८० को नियम ३ को उपनियम १ को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । कार्यबाहक मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले लुम्विनी प्रदेशका १३ वटा अस्पताल मध्ये माओवादी केन्द्रले ४ र बांकी अस्पताल कांग्रेस लगायत अन्य साना दललाई अध्यक्ष दिइएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल नीजि कामको शिलशिलामा बिदेश छन् ।

बजारमा नयाँ अध्यक्षका रुपमा महेश थैव र गोविन्द खनालको चर्चा चलिरहँदा रातारात जीवन बझालाई सजाएर ल्याईएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा नियुक्त जीवनप्रसाद वझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का संस्थापक अध्यक्ष तथा वर्तमान स्थायी बोर्ड सदस्य छन् ।

अस्पतालको पुर्वाधार निर्माण, स्तरवृद्धिमा मेशिन खरिद देखि कर्मचारी नियुक्तीसम्ममा आर्थिक पारदर्शीतामा बेथिती भैरहेको बेला वझाको नियुक्तिलाई शंकाको दृष्टिबाट हेरिएको छ । प्रदेश सरकारले अस्पतालको स्तरवृद्धि गर्ने भन्दै २५ करोड रुपैयाँ बजेट बिनियोजन गरेर एमआरआई मेशिन खरिद गर्न निर्देशन दिएको लामो समय हुँदा पनि कमिशनकै कारण काम अघि नबढेको अस्पतालका चिकित्सकहरुको दुखेसो छ ।

श्रोतका अनुसार खनाललाई प्रदेशस्तरको सहकारी बोर्डको सदस्यमा नियुक्ति दिने अस्पताल ब्यवस्थापनको अध्यक्षको दौडबाट हटाईएको हो । बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका वझालाई बुटवल उद्योग बाणिज्य संघको अघिल्लो महिना सम्पन्न निर्वाचनमा दिनेश श्रेष्ठलाई हराउन गरेको सौदाबाजी अनुसार नियुक्त गरिएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । पार्टीभित्र एउटा पक्षलाई काखी च्याप्ने गरी आर्थिक चलखेलको प्रवृत्ति मौलाएको कार्यकर्ताहरु बताउँछन् ।

दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्षमा माओवादी केन्द्र र बांकी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेस लगायत अन्य दलका कार्यकर्तालाई अध्यक्ष बनाइएको छ । अध्यक्षहरुको नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्वन्धित अस्पताललाई बोधार्थ पठाईएको छ ।

त्यसैगरी प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखांची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?