© २०२३
बुटवल, २५ कार्तिक । बाग्लुङ जिल्लाको दगाटुन्डाडामा नाचिने सास्कृतिक सोरठी नाच रुपन्देहीमा प्रदर्शन गरिएको छ । दगा—टुन्डाडा रुपन्देही सम्पर्क समाजको आयोजनामा कलासंस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्ने उदेश्यका साथ सोरठी नाच बुटवलमा शुक्रबार राती प्रदर्शन गरिएको हो ।
‘बाग्लुङ बढिघाट क्षेत्रमा यो नाच धेरै देखाईन्छ ।’— समाजका सल्लाहकार बेल बहादुर सलामीले बताए । पहाडबाट बसाई सराई गरेर तराई झरेका समुदायहरु समाज गठन गरि परम्परागत संस्कार, संस्कृतिलाई नया पुस्तालाई पुस्तान्तरण गर्ने गरि काम अघि बढाएको उनले बताए । बाग्लुङबाट १४ जना कलाकारहरुको नेतृत्व ८२ वर्षिय दुर्गा बहादुर भुजेलले गरेका छन । हरमोनियम, मादल बाजासंगै लयबद्घ तरिकाले सिता, राम, गोपिनीहरुको कथालाई विभिन्न तालमा नाचिन्छ । जसमा झुमरा, ठुली, मारुनि मुख्य हुन ।
समाजका कोषाध्यक्ष बेल बहादुर थापाले समाजमा एकतावद्ध भई कला संस्कृति जगेर्नाका साथै सामाजिक गतिविधिहरुमा अग्रसर रहदै आएको बताए । यो वर्ष कलाकारहरु रुपन्देहीका विभिन्न स्थानमा ३ दिनसम्म नाच देखाउने लक्ष्य रहेको बताए । पहिलो देविनगरस्थित एमाले चोकमा रहेको छ । दोस्रो दिन गजेडीबाट रानिबगियामा र तेस्रो दिन सखुवानीबाट बुटवलसम्म विभिन्न चोकहरुमा नाच देखाईने छ । संकलन भएको आर्थिक सहयोगबाट तिलोत्तमा नगरपालिकास्थित बनबाटिकामा जेष्ठ नागरिक केन्द्र तथा वृद्धाश्रम बनाउने लक्ष्य रहेको उनले बताए । बिस २०७९ मा स्थापना भएको समाजमा रुपन्देहीमा १४६ जना घरधुरी सदस्यहरु छन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी