ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

बुटवल, २३ कार्तिक । नेपाली सेनाको सागठनिक स्वरुप, जिम्मेवारी र भुमिका लगायतका बिषयमा रक्षा सम्बद्ध संचारकर्मीहरुलाई जानकारी दिने उदेश्यका साथ काठमाण्डौमा पाच दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बिच विहिबार नेपाली सेनाका बलाध्यक्ष रथी सिताराम खड्काले तालिममा सहभागी विभिन्न संचारगृहका संचारकर्मीहरुलाई प्रमाणपत्र वितरण गरेका छन ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बलाध्यक्ष रथी खड्काले यस किसिमको कार्यक्रमबाट राष्ट्रिय सुरक्षा, जनहितको रक्षा, विकास निमार्ण, प्रकृति संरक्षण, विश्वशान्ति प्रवद्र्धन जस्ता अति नै संवेदशिल संविधान प्रदत्त जिम्मेवारीहरुको सम्बन्धमा नेपाली सेनाबाट भएका योगदानको विषयमा यथार्थपरक सुचना सम्प्रेषण गर्ने संचारकर्मीहरुलाई समाचार संकलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता प्राप्त हुने विश्वास गरे ।

संचार माध्यममार्फत कुनै पनि विषयबस्तुमा सम्प्रेषण हुने सुचनाबाट आम मानिसको त्यसप्रतिको धारणामा प्रभाव पार्ने हुदा निस्वार्थ भावका साथ सेवामा समर्पित राष्ट्र सेवकहरुको सन्दर्भमा समाचार सम्प्रेषण गर्दा संवेदशिलता आवश्यकताका बारेमा उल्लेख गरे ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, .कर्तब्य र जिम्मेवारीहरुका बारेमा प्रस्तुतीकरणका साथै नेपाली सेनाको ब्यवस्थापनमा निमार्णधिन काठमाण्डौ—तराई/मधेस द्रुतमार्ग सडक आयोजना र शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको स्थलगत अवलोकन भ्रमण गराईएको थियो । विभिन्न मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उदेश्य अनुसार जंगीअड्डा लगायतका पृतनास्तरमा समेत कार्यक्रम गरिदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?