© २०२३
सुर्खेत, २३ कात्तिक ।
जाजरकोटको नलगाड नगरपालिका–६ की १९ वर्षीया जमुना बुढा मगर भूकम्पले घर भत्किदा घाइते भइन् । उनलाई उद्दार गरेर नेपाली सेनाको हेलिकप्टरबाट बिहान नेपालगन्जको भेरी अस्पताल पु¥याइयो । अस्पतालमा उनले आठ महिनाको मृत बच्चालाई जन्म दिइन् । पहिलो सन्तान गुमाउनु मात्र होइन पति पनि गुमाउनु पर्दा अझ समस्यामा छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ की ३४ वर्षीया बिना केसी पनि गर्भवती छन् । यस समयमा उनको आराम र पोषिलो खाना पाउनुपर्ने हो । तर, चिसो भुईमा त्रिपालभित्र कष्टकर जीवन गुजरा चलाउँदै आएकी छन् उनी ।
गर्भवती मात्र होइन दुधे बच्चा र आमाहरु पनि यस समयमा समस्यामा छन् । पोषिलो खानाको अभावमा बच्चालाई राम्रोसँग दुध नआएको सोहीगाउँकी मनिसा खत्री बताउँछिन् ।
‘चिसोले गर्दा बच्चालाई खोकी लागिरहन्छ, शरीर सुनिन्छ’, उनले भनिन्, ‘आफुलाई त जसोतसो भइहाल्थ्यो बच्चालाई बचाउनै समस्या छ ।’
गएको शुक्रबार मध्यराति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुमका नागरिकहरु मारमा परेका छन् । प्रभावित जिल्लाका गर्भवती, सुत्केरी महिला र बालवालिकाहरु यतिबेला कष्टकर जिवन बिताइरहेका छन् ।
जाजरकोटका भुकम्पपीडितमध्ये महिला र बालवालिका बढी जोखिमममा देखिएका छन् । जसमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई अझ बढी समस्या छ । चिसो यामसँगै त्रिपालमुनि कष्टकर रात काट्न बाध्य छन् उनीहरु ।
यी दुई जिल्लामा भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका र महिलाको संख्या धेरै रहेको छ । एक सय ५३ मृतकमध्ये ७८ जना बालबालिका रहेका छन् । प्रहरीको तथ्यांक अनुसार जाजरकोटमा ५६ महिला र ४५ पुरुष, रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी