© २०२३
लमही, २१ कात्तिक ।
कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गरेका छन् ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।
ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।
एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले भने, “राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो ।”