ट्रेंडिंग:

>> आर्थिक र पूर्वाधार विकासमा त्रिवेणीको जोड >> आगलागी पीडित आहातमाः राहात पालिकाको खातामा >> अमेरिकामा हुने त्रिदेशीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक >> एमाले सचिवालय बैठक बस्दै : वार्षिक कार्ययोजनाबारे छलफल हुने >> किसान बचाउने मोडेलको सिको गरौं >> गाउँको उत्पादन बजारीकरण गर्दै बेल्बासे >> सिक्टा सिंचाइः किसानलाई देखाउने दाँत >> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी

कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

कन्चन, २० कात्तिक ।

रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्देश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ ।

घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमी कमजोरीलाई सुधार गदै लैजाने प्रकृयामा जेठ असारमा हुने सम्झौतालाई गत बर्ष चैत्र सम्म अनिवार्य गर्नुपर्ने बनाएको बताउँदै यस बर्ष त्यसलाई अझै सुधार गर्दै भदौ भित्र उपभोक्ता समिति गठन, असोजमा समितिलाई तालिम कात्तिक भित्र सम्झौता सम्पन्न गर्ने योजना अनुरुप घुम्ति शिविर सञ्चालन गरिएको बताए ।

आर्थिक बर्षको अन्तिममा हतार हतारमा योजना सम्झौता गर्ने गुणस्तरीय काम नगर्ने प्रबृत्तिलाई निरुत्साहित गर्न घुम्ती शिविर मार्फत नै योजना सम्झौता गर्ने लागिएको कञ्चन गाउँपालिकाका ईञ्जिनियर सुबोध ज्ञवालीले बताए ।

वडाबाटै योजना सम्झौता हुँदा सानो योजनालाई पनि सम्झौता गर्न गाउँपालिका जानुपर्ने बाध्यता हटेको र समयको साथै पैशाको पनि बचत हुने स्थानीयको भनाई रहेको छ । पालिकाले ल्याएको वडा बाटै योजना सम्झौता गर्ने कार्यक्रमले उपभोक्ता समितिमा बसेर काम गर्नेलाई धेरै सहज भएको शिविरमा सहभागी स्थानीयहरुले बताए ।

कञ्चन गाउँपालिकाले यस बर्ष समयमै योजना सम्पन्न गर्नको लागि भदौ भित्र उपभोक्ता समिति गठन, असोज भित्र समितिलाई तालिम र कात्तिक भित्र योजना सम्झौता सम्पन्न गर्ने योजना ल्याएको छ । त्यसै अनुसार २० गते वडा नं. १ को कार्यालयमा, २१ गते वडा नं. ४ को कार्यालय, २२ गते वडा नं. ३ को कार्यालय, २३ गते वडा नं. ५ को कार्यालय र २४ गते वडा नं. २ का कार्यालयमा योजना सम्झौता शिविर सञ्चालन हुने पालिकाले जनाएको छ ।

शिबिर उद्घाटनमा गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगर, योजना शाखा प्रमुख चिन्तामणि घिमिरे, ईन्जिनियर सुबोध ज्ञवाली, कञ्चन गाउँपालिका वडा नं. १ का अध्यक्ष हरिनारायण थारु, वडा सदस्य रेखा राहादीलगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?