ट्रेंडिंग:

>> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै

वसन्तको कलमः बिसंगतिमाथिको बिद्रोह

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

मेरा मित्र स्वर्गीय वसन्त पोखरेलको स्मृतिमा यो लेख केही ढिलो गरि लेख्दैछु । गत भदौ १८ गते प्रेस स्वतन्त्रता सेनानी मेरा अनन्य मित्र वरिष्ठ पत्रकार वसन्त पोख्रलको प्रथम वार्षिकी थियो । बार्षिकीमा मलाई पनि बोलाईएको हुँदा उहाँको परिवारजनबाट आयोजना गरिएको संक्षिप्त सम्झना कार्यक्रममा भाग लिने अवसर पाएँ । कुनै तडकबिनाको सो कार्यक्रममा स्वर्गीय वसन्तको घर परिवार लगायत छिमेकी र नजिकका नातेदारहरू तथा साथीको उपस्थिति थियो । लेखन क्षेत्रमा वसन्तका कलमले जुन भावनाको प्रतिनिधित्व गथ्र्यो मेरो लेखनमा पनि सोही भावना प्रतिनिधित्व भएको धारणा व्यक्त गर्दै आयोजक परिवार र नातेदारहरूले मलाई देश र जनताको पक्षमा लेखिरहन सुभाव दिए । कार्यक्रमको माहोलले वसन्तको संस्कार परिवारमा पनि कायमै रहेको आभाष दिन्थ्यो । आज जनताको आर्थिक एवं सामाजिक स्थितिमा तीब्रगतिले ह्रास हँुदै गएको छ । यसरी जनताको आर्थिक एवं सामाजिक स्तर दिनानुदिन ह्रास हँुदै जानुको मूल कारण सत्तामा रहेकाहरूको देश र जनताप्रति ध्यान नजानु हो भन्ने आधारमा रहेर वसन्तले धेरै लेखे । उनका हरेक अक्षरमा देशको अवस्था बोल्थ्यो । प्रचण्ड बाबुरामको नेतृत्वमा माओवादीले संचालन गरेको जनयुद्धप्रति शुरुका दिनहरूमा जनताको जुन आकर्षण थियो ।

देश र जनताको सर्वाङ्गिण समुन्नतिका लागि माओवादी नेतृत्वले धेरै गर्छ भन्ने जुन विश्वास थियो । माओवादी शान्ति प्रकृयामा आए र सरकारमा सहभागी भएपछि त्यो विश्वासमाथि घात भएको उनले धेरै अपसोच गरे । उनका हरेक अभिव्यक्तिमा यही भाव झल्किन्थ्यो । नेपालको आर्थिक उन्नयनका लागि हाम्रा आन्तरिक तथा वाह्य श्रोतहरू यथेष्ट छन् तर दुवै आन्तरिक र वाह्य श्रोतहरूबाट प्राप्त सबै प्रकारका श्रोतहरूको सदुपयोग हुन सकेन । श्रोतहरूको परिचालन र सही उपयोग कुशल व्यवस्थापनमा भर पर्दछ । कुशल व्यवस्थापन स्वच्छ राजनीतिमा निर्भर हुन्छ तर राजनीति नै बिलाएपछि श्रोतहरूको दुरूपयोग हुन्छ । श्रोतहरूकै दुरपयोग भयो भने परिणममुखी नतिजा आउँदैन । फलतः देश र जनताको अवस्था ज्यूँका त्यूँ रहन्छ । यो वसन्तको लेखनको मूल मर्म हो । माओवादी नेतृत्व विग्रिएकोमा वसन्तले कलमको माध्यमबाट धेरै दुःख प्रकट गरेका छन् । माओवादीहरू इमान्दार तथा सच्चा क्रान्तिकारी छन । उनीहरू सरकारमा गएपछि देशको राजनीतिक र प्रशासनिक निकायमा रहेका सबै कमी कमजोरी र तमाम खाले बेथितिहरू फ्याँक्नमा लाग्नेछन् भन्ने आशा गरिएको उक्त नेतृत्व क्रान्तिकारी यसको ठिक विपरित बाटोमा जाँदा उही सुविधाभोगी, भ्रष्टाचारी, तस्कर, कालाबजारीया, माफिया एवं देश विरोधी र संगठित अपराधका गिरोहहरू मात्र फस्टाउने र आम जनता झन झन गरिब तथा उत्पीडित हुने अवस्था आयो भनी उनले धेरै दोष प्रकट गरेका छन् । तीसको दशकदेखि पत्रकारितामा आवद्ध वसन्तले आफ्नो पत्रकारितालाई सदाकाल राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक संस्कृतिको सुढृढीकरणमा उपयोग गरे । देशको लागि आत्मघाती चरित्र बोकेको जनआकांक्षा विपरीतको बाटो हिडी देशमा ब्रम्हलुट गरेर धनसंचय गर्ने कथित लोकतन्त्रका अर्थपिशाचहरूप्रति उनको कलम सधै आक्रामक बन्यो । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता भएसबै पुग्छ, अरू केही चाहिदैन, यो नै शासनको आन्तिम लक्ष हो भन्ने धारणा लादिएको लोकतन्त्रको नाम दिएर नेतातन्त्र र लूटतन्त्र थोपरिएको यस कृत्रिम व्यवस्थाले आज देशमा जुन अकल्पनिय दुर्दिन ल्याएको छ, यस दुर्दिनको विरुद्धमा जनता सडकमा नउत्रिने हो भने देशमा झन अन्धकार भविष्यको संकेत दिन्छ । चाहे प्रचण्ड बाबुराम भनौं चाहे ओली, माधव, देउवालाई जिम्मेवार नेताहरूमा विकसित हँुदै गएको अराजनीतिक चरित्र एवं उल्कामुखी व्यक्तिपरक राज्यव्यवस्थामा गलत मान्छेहरूको भकारी भरिदिने साधन बनेको छ । वसन्तले जनतालाई यही भनेर सजग गराए । पोख्रेलले हरेक निर्वाचनमा करोडौं फुकी उमेदवारी दिने नेताहरूको चरित्र बुझेर आफू मतदान प्रकृयामा भागै नलिने उद्घोष गर्थे । ती पात्रको चरित्र र त्यसमाथि बहस गर्नु अनावश्यक रूपमा आफ्नो मानसिक शक्तिको क्षय गर्नु बाहेक अरू केही हुने छैन भन्ने वसन्तले गठबन्धनको आधारमा विपरीत विचार बोकेको पात्रहरूलाई मत दिनु व्यर्थ छ भनी आफ्नो घरमा भोट माग्न कुनै नेता नआए हुन्छ भनेर सत्ताकोनिम्ति अपवित्र गठबन्धन प्रति उनले सधै चोटिलो प्रहार गरे ।

राजनीतिमा छुट पाएको यही अवसरवादिताको पराकाष्ठाले हुन पनि वर्तमान परिस्थितिमा हाम्रो देश जुन किसिमको अनिश्चितता, भ्रम, अन्योल तथा किंकर्तब्यबिमुढको स्थितिमा पुगेको छ । यस्ता अवस्था यो देशको इतिहासमा कहिल्यै पनि आएको थिएन । आजसम्म नेपाली जनताले कहिल्यैपनि भोग्नु नपरेको यस्तो विडम्बना पूर्ण अवस्था अहिले किन आयो ? शासकहरूले देशलाई किन यस्तो दुर्भाग्यपूर्ण अवस्थामा पु¥याए ? समाज सुधारक योगमाया न्यौपानेले समाजमा भएका अन्याय, अत्याचार, जातीय एवं लैंगिक विभेद तथा कुरीतिप्रति तत्कालीन राणा शासकहरूको व्यापक ध्यान आकृष्ट गर्दै पटक पटक बिन्ती विसाउँदा त्यसको रत्तीभर पनि सुनुवाई नभएपछि त्यसको विरोध स्वरूप आफ्ना २२ अनुयायी सहित अरूण नदीमा हाम फाली शासन व्यवस्थामा सुधारतर्फ शासकहरूको गम्भीर ध्यान तान्ने प्रयास गरिन् तर २२ भिक्षुणी युवतीहरूको इहलिला मात्र समाप्त भयो । तर, देशमा भएको बेथिति भने ज्यूको त्यूँ नै रह्यो । तत्पश्चात् वि.स. १९९७ सालमा चारजना होनहार युवाहरू त्रिचन्द्र कलेजमा आइएस्सी प्रथम वर्षमा पढ्दै गरेका गंगालालको श्रेष्ठ लगायत धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द समेतले अभिव्यक्ति स्वतन्त्रता, संगठन गर्ने अधिकार, शिक्षामा आम नागरिकको पहँुच, कानुनी राज्यको स्थापना लगायतका मागराखी जनतालाई ती मागहरूका आधारमा संगठित हुन अपिल गर्दा देशमा भाँडभैलो मच्चाउन जनतालाई उक्साएको आरोपमा चार सहिदहरूलाई प्राणदण्ड दिइयो तर देशको शासन व्यवस्थामा सुधार भने नाम मात्रको पनि भएन । फेरि क्रान्ति भयो । ०७ साल आयो । सहिदहरूको संख्या बढ्यो, शासनमा भने आशा गरे जति सुधार भएन । ठूला बडाले स्वार्थ सिद्ध गरे साना– मसिनाका सपनाहरू सपना मै सीमित रहे । जनताले १५ साल देखे, ७ साल भोगे, पंचायत बेहोरे । पंचायत फालेर बहुदल ल्याए, गणतन्त्र पनि ल्याए कांग्रेसको प्रजातान्त्रिक समाजबादको चरित्र भोगे, कम्युनिष्टहरूको नयाँ जनबाद फेरि गठवन्धनवाद के–के भोगे के–के भोगे । जनताले देख्ने कुरा जति सबै देखे भोग्ने । कुरा जति सबै भोगे तर सुविस्ता भने कहिल्यै पनि भोग्न पाएनन् । लखन थापाको बिद्रोहदेखि माओवादी बिद्रोहसम्म जनताले आफ्नो समय, साधन श्रोत र पसिना तथा रगतको समेत धेरै लगानी गरे तर त्यो लगानीको प्रतिफल के पाए त ? भनेर प्रश्न गर्दा यो प्रश्नको जवाफ अहिले देशमा रहेको विद्यमान अवस्थाले दिन्छ । हामी कता गइरहेको छौं ? शासहरू अग्रगमनको बाटोमा हिडिरहेका छौं भन्छन् तर अवस्था कोलको गोरु झैं सदाकाल एउटै परिधिभित्र घुमिरहेको छ ।

उही सामन्ती र शोषण, उही वैदेशिक हस्तक्षेप, उही राष्ट्रिय ढुकुटीमाथि शासन र शक्तिमा बस्नेहरूको ब्रम्हलुट, उही असमान सन्धी, उही भारतीय विस्तारवादको सीमा अतिक्रमण, उही युवाहरूको विदेश पलायन, उही झुठा आश्वासन, सबै सर्वसाधारणा जनता माथिको निर्मम अत्याचार । जनतामा सधै धोका भयो । वसन्त जीवित छदै गएको वर्षसम्म त देशमा विकृति विसंगतिहरूको पहाड चुलिएको थियो भने उनको देहावसानपछि यताको एक वर्षमा थपिएका नक्कली भुटानी शरणार्थी वा बालुवाटारको ललिता निवास जग्गा घोटाला काण्डमा देखिएको नाँगोरूप, सुन तस्करी छानविनको सिलसिलामा सिआईविमाथि भएको ठाडो हस्तक्षेप यी सबै घटनाक्रमहरूसँगै एमसिसी कार्यान्वयन, गुपचुप भित्रभित्रै गरिएको एसपिपी सम्झौताहरूले यस देशका नेताहरू आफ्ना सबै नैतिक आधारहरू गुमाएर विदेशी प्रभुका सामु एक निर्जीव पुतलाको रूपमा ठडिएका छन । निष्प्राण पतन भैसकेको छन् । उनीहरूबाट यो देशको उत्थान संभव छैन । यो देशको उत्थान देशलाई युक्रेनी मोडेल र सिक्किमी तथा फिजीकरणको खाडलमा जाक्ने दुष्प्रयत्नमा तल्लीन झाँक्री तथा बोक्सीहरूद्वारा जपिने गरेको कथित अग्रगमन र ढोंगी लोकतन्त्रको पूर्ण अन्त्य र सहिदहरूका सपनाले देखाएको वास्तविक अग्रगमन र जनताको जनजीविकालाई पहिलो मान्ने लोकतन्त्र स्थापनाको लागि संघर्ष संभव छ । यही कुरा वसन्तले भने । मेरो पनि यही विश्वास छ । ढिलै भएपनि स्व. वसन्तप्रति श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?