ट्रेंडिंग:

>> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै

सडक हरियालीः अभ्यास, विरोध र बिकल्प

१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

हामीहरूमध्ये धेरैजनाले सडक भनेको गाडी गुड्ने ठाउँ मात्र हो भनेर बुझ्ने गरेका छौ तर सडक मानवीय सभ्यता, सस्कृतिको चिनारी र पर्यावरणीय सन्तुलन चक्रको संगमस्थल पनि हो । भनिन्छ– कुनै ठाउँको समाज र सरकार कस्तो छ भन्ने जान्ने चाहना छ भने सडक र सडक किनारा हेरे मात्र पुग्छ रे । सडकमा दिनहँु हजारौँ मोटर गाडी कुद्ने, हजारौँ मानिसहरू गाडीमा वा पैदल ओहोरदोहोर गर्ने भएकोले सडकको भौतिक अवस्थाका साथै स्वच्छता र हरियालीलाई पनि सडकको अपरिहार्य अंग मानिन्छ । खासगरी शहरी क्षेत्रमा हरियाली कायम गर्ने मुख्य उपाय नै सडक हरियाली हो । सडक किनारमा हुर्केका बोट विरुवाले सडक किनारलाई सुन्दर मात्र बनाउँदैनन, सवारीको कारणले हुने प्रदुषण नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । सडक किनाराका विरुवाले मोटरगाडीबाट उत्सर्जित धुवाँ, धुलो र चर्को आवाजलाई रोकेर वरपरको वातावरणमा फैलिन दिदैनन, जसले गर्दा छेउछाउका वस्तीहरू स्वच्छ र स्वस्थ रहन पाउँछन् । सडक छेउछाउका रुखहरूले पैदल यात्रीलाई शितलता प्रदान गर्नुको साथै सडक किनारलाई भत्कन नदिई सडकको संरक्षण गर्दछ । शहरी क्षेत्रहरूमा चराचुरुंगीको बासस्थान सडक छेउछाउका रुख विरुवाहरू नै हुन् । सडक हरियालीको महत्व बुझेर नै परापूर्व कालदेखि हाम्रा पुर्खाहरूले बाटो किनारमा रुखहरू रोप्ने, वरपिपल चौपारी बनाउने परम्परा चलाएका हुन् ।

हिन्दुहरूका पवित्र धर्मग्रन्थ पद्म पुराण, अग्नि पुराण र बराह पुराणमा सडक किनारामा रुख रोप्दा ठूलो पुण्य प्राप्त हुने र रुख काट्नेलाई कडा दण्ड दिनुपर्ने उल्लेख छ । हिन्दु समाजमा पुराणका कुराहरू मानिदै आईएको छ । बाटो किनारमा हरियाली हुनुपर्ने कुरालाई आधुनिक राज्यको अवधारणा आउनु अघि नै राज्यस्तरबाट पनि महत्व दिएको पाइन्छ । न्यायप्रेमी राजा भनेर चिनिने राजा राम शाहले साढे चार सय वर्ष पहिले नै “बाटाका रुख राषनु भन्या हुकुम भयो क्या अर्थले भन्या दुषी गरिब काज काम गरि थाकि औन्या बोझा बोकी हिडन्या अरू जो कोहि बाटामा हिडन्या मानिस पनि गर्मि हुन्छ भनि छाहारी बस्न खोज्छं भंना निमित्त बाटाका रुष पाल्नु बाटाका रुष जो काट्तछ ५ रुपिया दण्ड गरिलिनु भन्या मर्जी भै थिति बाधी बक्सनु भयो”(रामशाहको तेह्रौ तिथी) । राणाकालमा राणा प्रधानमन्त्रीहरूले युरोपका शहरका सडकहरूको देखासिकी गर्दै काठमाण्डौका सडकहरूमा विदेशबाट ल्याएका विरुवाहरू रोपेका थिए, जुन कार्यलाई पंचायतकालमा पनि निरन्तरता दिइएको थियो ।

नेपालमा आधुनिक सडक निर्माण शुरु भएसंगै सडक हरियालीलाई महत्व दिएको देखिन्छ । सार्वजनिक सडक ऐन २०३१ को दफा १६ मा सडक विभागले सार्वजनिक सडकको दायाँबायाँ रुख लगाउनु पर्ने र ती रुखहरूको रेखदेख र संरक्षण गर्ने कर्तब्य सम्बन्धित पालिकाको हुने व्यवस्था गरिएको छ । सडक किनारका रुखहरू कसैले काटेमा वा नासेमा दुई हजार रुपियाँ सम्म जरिवाना गरिने व्यवस्था यो ऐनको दफा ३०(२) मा उल्लेख गरिएको छ । नेपाल सडक मापदण्ड, २०७० ले सडक किनारामा रुख र बिचको डिभाईडरमा साना बुट्यान लगाउनुपर्ने र रुख बिरुवा लगाउँदा सडक सौन्दर्यलाई मुख्य जोड दिनुपर्ने उल्लेख छ । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७५ को परिच्छेद ३ मा भएको ब्यवस्था अनुसार सडकलाई हरियालीपूर्ण र स्वच्छ राख्ने काम स्थानीय सरकारको हुने उल्लेख गरिएको छ । सडक किनारामा हरियाली बनाउने काम स्थानीय सरकारको हुने कानुनी व्यवस्था भएपनि यी निकायहरूले मुख्य सडकको सौन्दर्यिककरण बाहेक अन्य सडक हरियालीलाई प्राथमिकतामा राखेका छैनन् । सडक किनारा र चोकका रुख र चौपारीहरू मासेर नीजि र सार्वजनिक निर्माण कार्यहरू गर्दा पनि स्थानिय पालिकाले आँखा चिम्लेर सहमति प्रदान गरिरहेका छन्, यस्ता कार्यहरू रोक्न प्रयास गरेका छैनन् । मानिसहरूमा जतिसुकै वातावरणीय सचेतना बढेको भएपनि उनीहरू आफ्नो घर छेउछाउ सडक किनारमा रुख विरुवा हुर्काउन इच्छुक बन्न सकेका छैनन । मानिसहरूले सडक किनारामा रुख रोपेकै ठाउँमा फोहर फ्याँक्ने र फोहर जलाउने कामहरू गरेर विरुवा हुर्कनबाटै रोकिरहेका छन् । शहरका केही भित्री बाटो किनारमा हरियाली बनाउने अभियान चलाएर वृक्षारोपण गर्ने काम नभएको होइन, तर नियमित गोडमेल र मलखादको कमी, मानवीय र सवारी साधनले पु¥याएको बाधाको साथै छाडा पशु चौपायाहरूको कारणले सडक किनारका विरुवाहरू रुख बन्न नपाइ हराईरहेका छन् ।

शहरीकरण र विकासको सबैभन्दा नराम्रो असर अहिले सडक हरियालीमा देखिएको छ । बाटो/गल्ली माथिबाट नै विद्युतीकरण गरिएकोले सडक किनारका रुखहरू धमाधम काटिने क्रम जताततै बढिरहेको छ । पुर्खाहरूले घर अगाडी बाटो किनारमा वरपिपल चौपारी बनाएको भएपनि नयाँ पुस्ताले घर बनाउँदा घरको सुन्दरता ओझेलमा पर्ने ठानेर रुख विरुवा काट्ने र चौपारी भत्काउने कामलाई तिब्रता दिएकोले शहर र नगरोन्मुख क्षेत्रका बाटो किनाराका रुख विरुवाहरू ठुटे भएका छन, वरपिपल चौपारीहरू भत्काइएका छन । पछिल्लो समयमा सडक निर्माण र विस्तार कार्य तिब्र भएको छ । खासगरी मुख्य राजमार्ग विस्तारको चपेटामा परेर रुखहरू नासिएका छन् । लुम्बिनी प्रदेशको कुरा गर्दा बेलहिया–बुटवल, भैरहवा–लुम्बिनी, बुटवल– बर्दघाट, भालुवाङ–लमही, नेपालगंज – कोहलपुर, घोराही– तुल्सीपुर सडक बिस्तार गर्ने क्रममा सडक किनाराका नीजि र सार्वजनिक संस्थाले हुर्काएका हजारौंै रुखहरू काटिएका छन् र सयौ चौपारीहरू भत्काइएका छन । शहरमा शितलता र सुन्दरता प्रदान गरिरहेका चौपारीहरू नासिदै जाँदा धार्मिक र साँस्कृतिक परम्परा जोगाउन समस्या भैरहेको छ । शहरहरूमा रुख विरुवाहरू मासिदै जाँदा शहरी सुन्दरतामा ह्रास आएको मात्र छैन पर्यावरणीय असन्तुलन समेत सिर्जना भएको देखिन्छ । शहरी वायु प्रदुषणमा वृद्धि, भूमिगत जल संचितीमा कमी, शितलताको अभाव जस्ता समस्याहरू प्रत्यक्ष रूपमा देखिएका छन् । शहरमा पुराना रुखहरू मासिने र नयाँ रुखहरू हुर्काउन कसैले चासो नदिँदा चरा चुरुङ्गीहरूको वासस्थान विनास हुँदै जाँदा शहरमा चराहरूको चिरविर सुनिन छोडेको छ । अब जति नै कोसिस गरेपनि पहिलेको जस्तो सडक हरियाली यो क्षेत्रमा कदापि फर्कन सक्ने छैन ।
सडक हरियालीमा विवाद

बुटवल– बेलहिया ६ लेन सडक बनेपछि तिलोत्तमा नगरपालिकामा पर्ने सडकखण्डमा सर्विस लेन किनारामा वृक्षारोपण शुरु गरियो । २०७४ को पहिलो स्थानीय सरकार गठन भएपछि तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्ग किनारामा मात्र नभएर बुद्ध सर्किट र भलुही– मोहनाजोत खण्डमा समेत स्टोनिया (छतिवन) का विरुवा रोप्यो । स्थानीय महत्वका विरुवा नरोपेको भनेर शुरुमै विरोधका स्वरहरू आएपनि नगरपालिकाले वास्ता गरेन । विरुवा हुर्केर सडक किनार छपक्कै छोप्ने भएपछी छतिवनले जनस्वास्थ्यमा असर पार्ने भन्दै विरोधका स्वरहरू तिब्र भए । मानिसहरूले लुकिछिपी छतिवनका रुखहरू काट्न थालेपछि नगरपालिकाले रुख काट्नेलाई कारवाही गर्ने सूचना नै निकाल्यो र केही मानिसलाई समातेर जरिवाना समेत तिरायो । नगरपालिकाको कारवाहीले पनि रुख काट्ने अभियान रोकिएला जस्तो छैन । कुन ठाउँमा कस्तो विरुवा रोप्ने भन्ने बारेमा आर्थिक, साँस्कृतिक र पर्यावरणीय अध्ययन नगरी सडक किनारामा रुख हुर्काउँदा स्थानीयले कति अवरोध गर्छन् भन्ने कुराको उदाहरण मात्र हो यो । सडक किनारका रुखहरूले घर र पसल छेक्ने, स्वास्थ्यमा असर पर्ने, रुख हुर्कदा दुर्घटना हुनसक्ने भन्ने डरले गर्दा पनि सडक किनारामा घर तथा व्यवसाय भएका केही मानिसहरूले सडक किनारमा रुख हुर्कन दिदैनन् । नेपाल शहरी सडक मापदण्ड, २०७६ सडकलाई हरीयालीयुक्त बनाउनुपर्ने कुरा उल्लेख गरेपनि फूटपाथमा रुख लगाउन नपाउने भनेको छ । यसले पनि घर पसल अगाडी रुख नरुचाउनेहरूलाई बल पुगेको छ । सामाजिक जीवन सुहाउँदा बिरुवा नलगाउने, सडक किनारका रुखहरूले स्थानीयलाई आर्थिक, साँस्कृतिक रूपमा फाईदा नदिने अवस्थामा सडक वृक्षारोपणमा र सडक हरियाली प्रवद्र्धनमा अवरोध उत्पन्न भैरहेको छ । सडक हरियालीमा स्थानीय अपनत्व हुनेगरी कार्यक्रम ल्याउन सकिएन भने सडक किनारामा विरुवा हुर्काउन असम्भव नै हुनेछ ।

गर्नुपर्ने कार्य

सडक किनाराको हरियाली सडक र वस्तीहरूलाई सुन्दर र स्वस्थ बनाउने उपाय हो । शहरीकरण तिब्र भैरहेको अवस्थामा शहरहरूलाई हराभरा बनाउनको लागि सडक किनारामा रुख विरुवाहरू हुर्काउनु एक मात्र उत्तम उपाय हो । कानुन तः सडक किनारा हरियालीयुक्त बनाउने दायित्व सरकारको भएपनि सडकका उपभोक्ता र सडक किनारका वासिन्दाहरू हामीहरू नै भएकोले सडक किनारलाई हराभरा बनाउने कर्तब्य हामी नागरिकको नै हो । वृक्षारोपण गर्दा स्थानीय आर्थिक, साँस्कृतिक र पर्यावरणीय महत्व भएका र स्थानीय वासिन्दाहरूले चिनेका विरुवाहरू रोपेमा मात्र विरुवा जोगाउन सम्भव हुनेछ । यसैगरी सडक छेउका प्रत्येक घरले सडक किनारमा एउटा विरुवामात्र हुर्काउने हो भने पनि सम्पूर्ण सडकहरू हरियालीपूर्ण हुन् सक्छन । स्थानीय सरकारले वस्ती विकासको स्वीकृति दिँदा सडक हरियालीलाई अनिवार्य गराउने, पुराना चौतारी र सडक किनाराका रुखहरूको संरक्षणलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गर्नुका साथै सडक हरियाली प्रतिकूल कार्य गर्नेहरूलाई कारवाही गर्ने हो भने सडक किनारा मात्र नभई वस्ती र शहरहरू स्वच्छ र सुन्दर हुन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?