© २०२३
जितपुर, १८ कार्तिक । कपिल आरोग्य मन्दिर कपिलधामको १२ औँ वार्षिक साधारणसभा असोज २९ गते सम्पन्न भई ५ औ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि बरिष्ठ सल्लाहकार कुमार मधु वेल्वासे संयोजकमा ३ सदस्य समन्वय समिति गठन गरेको थियो जसमा पोम नारायण पौडेल र दुर्गा केसी सदस्य रहेका थिए ।
पुनः शंकर प्रसाद आचार्यको अध्यक्षतामा आगामी ३ वर्षका लागि १५ सदस्ययी नयाँ कार्यसमितीको चयन गरेको छ ।जसको उपाध्यक्षमा थानेश्वर वेल्वासे, सचिवमा धुर्व वेल्वासे, कोषाध्यक्षमा राजु अर्याल, सहसचिवमा दुर्गा प्रसाद पौडेल, सदस्यहरूमा क्रमशःबाबुराम रायमाझी, कमल पोख्रेल, मान बहादुर कार्की,बिनिराम पौडेल, उदयमान कुवँर, बिष्णु प्रसाद पौडेल (बिपिन), शिव भट्टराई, दिलिप बस्नेत, शान्ता खनाल र हरिमाया थारु रहेका छन् भने कमल वेल्वासेको संयोजकमा ३ सदस्य लेखा सििमतिको चयन गरेको छ सदस्यमा खगेश्वय न्यौपाने लगायत रहेका छन ।
कार्यक्रम समापनमा नवनिर्वाचित पदाधिकारीहरूलाई कपिलधामका पूर्व बरिष्ठ उपाध्यक्ष विष्णु बहादुर रायमाझी, सल्लाहकार शिवचन्द्र आचार्य, हरिराज घिमिरे, आत्माराम आचार्य, दुर्गा के सी कुमार मधु वेल्वासे लगायतले बधाई एबम सफल कार्यकालको शुभकामना दिदै धार्मिक, ऐतिहासिक पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधामलाई एउटा पर्यटकिय गन्तब्य स्थानको रूपमा अगाडी बढाउने कुरामा लाग्न जोड दिएका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष आचार्यले आफूले कपिलधाममा गर्न रहेका अधुरा कार्यहरू सबै साथीभाईहरूको सहयोगमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।साथै ५औं अधिवेशन सम्पन्न गर्न लागि पर्ने समन्वय समिति, सल्लाहकार समिति, बुद्धिजिबी, समाजसेवी सबैमा धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रमको सहजीकरण समन्वय समितिका सदस्य पोम नारायण पौडेलले गरेका थिए । कपिल आरोग्य मन्दिर कपिलधाममा ३ सय २० जना आजिवन सदस्यहरू आबद्ध रहेका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा बगरबाट विकास भएको कपिलधाम २०६८ सालमा दर्ता भएको थियो । कुल ४८ दशमलव ७५ हेक्टर जग्गा रहेको कपिलधाममा हाल संस्कृत विद्यापिठ गुरुकुल, साहित्य तिर्थ चौतारी, लुम्बिनी वाङ्मय प्रतिष्ठान, कपिल प्रज्ञा पुस्तकालय, गौशाला, प्राकृतिक चिकित्सालय लगायतका विभिन्न आंगिक संस्थाहरू स्थापना भइ संचालनमा रहेका छन् ।