© २०२३
तीन दशकदेखि चल्दै आएको राष्ट्रिय भिटामिन ए को अभियान यसपटक पनि चल्दैछ । नेपालको सबै जिल्लामा २०५२ सालदेखि बैशाख ६ र ७ अनि कार्तिक २ र ३ मा यो अभियान चल्दै आएको छ । यस पटक महानचाड दशैं परेकाले कार्तिक २ र ३ को अभियान यही १७ र १८ गते सारिएको छ । बिश्व स्वास्थ्य संगठनले गरिब तथा अबिकसित मुलुक जहाँ मातृ तथा बाल मृत्युदर अत्याधिक छ, त्यस्ता देशहरूको सुची तयार पारी लक्षित बर्गको मृत्युदर कम गर्नका निम्ति बिभिन्न खाले स्वास्थ्य सुधारका अभियानहरू चलाइएको छ । त्यसै अन्तर्गत हाम्रो मुलुकमा पनि यस्ता अभियान चलाउँदै आएको सर्वविदीतै छ । यसै सिलसिलामा यसपटक पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधीे खुवाईंदै छ । बास्तवमा भिटामिन ए भनेको के हो भन्ने बुझने कौतुहलता धेरैमा हुन सक्छ र हुनुपनि स्वभाविकै छ । भिटामिन ए भन्नासाथ यो एउटा तत्व हो र जुन हाम्रो शरीरमा जरुरत पर्दछ । यो बिशेषगरेर बालबालिकाका निम्ति नभै नहुने पदार्थ हो । आँखाको देख्ने शक्तिलाई सधै स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका संक्रामक रोगहरूबाट बचाई राख्न भिटामिन ए आवश्यक पर्दछ । यो मानिसको शारिरीक र मानसिक विकासका लागि नभई नहुने तत्व हो । भिटामिन ए को कमीले गर्दा नेपालमा प्रतिदिन एकजना बालबालिका अन्धो हुने गरेको कुरा पत्ता लागेको छ ।
भिटामिन ए केबाट पाइन्छ भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ । भिटामिन ए को जम्मा दुईवटा स्रोत छन जुन जनावर र वनस्पति नै मुख्य स्रोत हुन । जनावरमा माछा, मासु, दुध, नौनी, मक्खन, अण्डा, कलेजो, चीज, माछाको तेल, आमाको दुध आदि हुन भने बनस्पतिमा गाढा हरियो रंगका सागपातहरू जस्तै सिस्नु, कर्कला,े पालुंगो, धनियाको पात, चम्सुर, लोंड,े लटटे, बेथे, खोलेसाग, रायो साग, आदिमा भिटामिन ए पाइन्छ । जस्तै आंँप, मेवा, गाजर, फर्सी आदि पहँेंला र राता फलफुलहरूमा पनि भिटामिन ए पाइन्छ । यिनीहरूबाट पाइने भिटामिन एलाई हाम्रो शरीरले सिधै यस रूपमा प्रयोग गर्न सक्दैन । किन कि यो पूर्ण तयारी अबस्थामा हुंँदैन । यसलाई पाचन प्रणालीले सोसेर लिएपछि रासायनिक प्रक्रियाद्वारा भिटामिन ए मा परिवर्तन गर्दछ । भिटामिन ए पानीमा नघुल्ने र चिल्लो पदार्थमा मात्र घुल्ने हँुंदा तरकारी पकाउंँदा केही तेल वा घीउ राखेर मात्र पकाउनु पर्दछ । नत्र हाम्रो शरीरले सोस्न सक्दैन । कुखुराको फुल, दुध, घीउ आदिमा भन्दा गाउँघरमै पाइने हरिया सागपातमा धेरै गुणा बढी भिटामिन ए पाइन्छ ।
भिटामिन ए ले के काम गर्छ भन्ने लाग्न सक्छ । यसले शरीरमा रोगसँंग लडने क्षमता बढाउंँछ र संक्रामक रोगहरूबाट बचाउंँछ । यसले शरिरको बृद्धि र बिकास गर्ने तथा हड्डी बलियो बनाउने क्याल्सियम जस्ता तत्वहरू सोसेर लिन सहयोग गर्दछ । यसले शरीरको छालालाई सधै बलियो, चिल्लो र स्वस्थ बनाउँंछ । भिटामिन एले गर्भावस्थामा शिशुको बिकासमा मद्दत पु¥याउंँछ । विद्यार्थीहरूलाई रतन्धो तथा पूर्णरूपमा अन्धो हुनबाट बचाउँंछ । साथै आँंखालाई स्वस्थ राखी दृष्टि क्षमता बढाउँंछ र बालकले पढाईमा राम्रो प्रगति गर्न सक्छ । यसले बालबालिकाहरूमा झाडापखाला, दादुरा र कुपोषणजस्ता समस्याहरूबाट बचाउन मद्दत गर्छ र समस्या आइहालेमा पनि अरू खराब हुनबाट बचाउँंछ । यसले फलाम तत्वको शोषण वा पाचनमा पनि सहयोग पुयाउंँछ ।
भिटामिन एको कमी भएमा के हुन्छ त ? दैनिक खाने खाना वा खाद्य पदार्थमा लामो समयसम्म भिटामिन ए को कमी भएमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू देखापर्दछन । जस्तै रतन्धो अथवा रतौनी जस्तो सांँझ परेपछि आँंखा देख्न नसक्ने हुन सक्छ । रतन्धो लामो समयसम्म रहेमा कहिल्यै निको नहुने गरी अन्धो हुन सक्छ । शरीरमा रोगसंँग लडने क्षमता कम भई छाला तथा शरीरका अन्य भागमा विभिन्न प्रकारका संक्रामक रोगहरूले तुुरुन्त आक्रमण गर्न सक्छ । बारम्बार झाडा पखाला लागेर मृत्यु हुन सक्छ । दादुराले सिकिस्त पार्न सक्छ । कुपोषण भई मृत्यु हुन सक्छ ।
रतन्धो भएमा मानिसले दिनको उज्यालो प्रकाशमा राम्रोसँंग देख्न सक्दछ तर जब सुर्य अस्ताउंँछ र साँझ पर्न थाल्छ तब राम्रोसँंग देख्न सक्दैन । साँंझको झिसमिसे वा मधुरो प्रकाशमा देख्न नसक्ने भएकोले नै यसलाई रतन्धो वा रतौनी भनिएको हो । लामो अवधिसम्म नियमित रूपमा भिटामिन ए नपाएमा बालबालिकादेखि किशोरकिशोरी तथा बयस्कहरूलाई समेत यो रोग लाग्दछ । रतन्धो भै सकेपछि यसको समयमै उपचार गरिएन भने मानिस पूर्णरूपमा अन्धो हुन सक्छ । रतन्धो हुनुका कारणहरूमा भिटामिन ए युक्त खानेकुराहरू नियमित रूपले नखाँदा बालबालिकाहरूमा जुका, झडापखाला, आउँ, दादुरा जस्ता रोगहरू लागेर उनीहरूको शरीरले भिटामिन ए प्राप्त गर्न नसक्नु हो ।
बालबालिकाहरूमा रुन्चे र सुकेनास जस्ता गम्भीर कुपोषण भएको बेलामा उनीहरूलाई बढी मात्रामा भिटामिन ए को आवश्यकता पर्दा पर्याप्त भिटामिन ए भएका खाद्य पदार्थहरू नखुवाउँदा पनि रतन्धो हुन सक्छ ।ग र्भवती र सुत्केरी आमाहरूले आवश्यक मात्रामा भिटामिन ए नखानु पनि एउटा कारण हो । दातृ देशको सहयोगमा तिन दशकदेखि हाम्रो देशले राष्ट्रिय भिटामिन ए अभियान चलाउँंदै आएको छ । यो क्षणिक अथवा निश्चित समयको लागी पनि हुन सक्छ । हाम्रो सँंधै स्थायी र कसैलाई हात थाप्नु नपर्ने बनस्पतीबाट प्राप्त गर्न सकिने भिटामिन ए मा सबैको ध्यान जान जरुरी छ । ६ महिना पुगेका र ५ बर्ष नपुगेका बालबालिकाका निम्ति खुवाइने भिटामिन नछुटाई नियमित खाएका बालबालिकाका निम्ति राम्रो काम गर्छ । अभियानमा छुटन गएका बालबालिकाले यसको फाइदा लिन सक्दैनन् जसले गर्दा माथि उल्लेखित रोगहरू लागेर बालबालिका अस्वस्थ बन्न पुग्छन । अर्को कुरा यो भिटामिन ए गर्भवती, सुत्केरी, बृद्धबृद्धा र बयस्क सबैका निम्ति जरुरी छ तर सबैका निम्ति यो क्याप्सुल उपलब्ध छैन । भिटामिन ए को खानी हाम्रो भान्साका खानामा नै उपलब्ध गर्न सकिन्छ । यसैले हरियो सागपात, पहेँंला फलफुल, माछा मासु र मासुमा कलेजो ल्याएर खाने गरौं । सबैलाई फाइदा पुग्न सक्छ यसो गर्दा माथिका रोगहरूबाट कोही पीडित हुनुपर्ने छैन ।