© २०२३
समाज परिवर्तनको आरम्भ जनसाधारणको दृष्टिकोण परिवर्तन हुने अवस्थाबाटै देखिन्छ । व्यक्तिको विचार गर्ने शैली, आकांक्षा, अभिरुचि, प्रवृत्ति आदि निकृष्टता वढ्दै गएको छ भने व्यक्ति र समाजको सम्मुख अनेकांै प्रकारका कठिनाइ, चिन्ता तथा व्यथाहरू उत्पन्न हुन्छ र समाजमा नारकीय वातावरण विनिर्मित हुन्छ । यसको विपरित यदि व्यक्तिको रुचि, उत्कृष्टता एवं आदर्शवादिता अपनाउनमा छ । प्रसन्नता वा खुशीको लक्ष्यविन्दु परमार्थ छ भने संसारमै स्वर्गीय परिस्थिति (स्वर्णिम अवस्था) सृजना हुन्छ र प्रत्येक व्यक्ति प्रचुर सुख शान्तिको अनुभव गर्दछ । यही तथ्यका आधारमा विश्व शान्ति तथा सुख मिल्दछ । युग परिवर्तनको प्रक्रिया कहाँबाट प्रारम्भ भयो ? यसको रहस्य पत्ता लगाउनु परम् आवश्यक छ कि स्वार्थको सट्टामा परमार्थ प्रतिष्ठित गरिएको होस, जहाँ तृष्णा र वासनालाई तिलाञ्जली दिएर उत्कृष्टता एवं आदर्शवादितालाई चरितार्थ गर्ने शाहस गरिएको होस् । यस्तो प्रकारको सत्प्रवृत्ति एवं चिन्तन रहेमा यहीँबाट युग निमार्णको शुभारम्भ हुन्छ । भावी परिवर्तन युगमा जनसाधारणको शरीर र निर्वाहका लागि सादगी जीवनबाट नै गुजारा चलोस र आफ्नो आजीविकामा पूरा पूरा सन्तोषको महसुस गरोस्, भविष्यका लागि संग्रह गर्ने प्रवृत्ति कसैमा नरहोस् । व्यक्ति र परिवार सेवामा उत्तरदायित्व निभाउन तत्पर रहेपनि छोरा नाति पनाति सम्मका आफ्ना सन्तानलाई वसी वसी खानका लागि सम्पत्ती कमाइदिने होडवाजी आफ्नो मोह–मूढता अनैतिक एवं हेय प्रवृत्ति मानिन्छ । यस्तो सकारात्मक दृष्टिकोण अपनाएमा मात्रै समाजवाद तथा अध्यात्मवाद स्वीकार गरिएको समाज वन्दछ । जहाँ व्यक्तिको आफ्नो प्रतिभा, योग्यता एवं विभूतिहरू एक अनिवार्य अंश भई आ–आफ्नो परिवारका लागि खर्च गर्नुपर्दछ र उसको उपलब्धताको अधिक लाभ समाजले पाओस् । व्यक्तिको यस्तो खालको सत्प्रवृत्ति भएमा सत्ययुग तथा रामराज्यको कल्पना गर्न सकिन्छ । जहाँ व्यक्तिले आफ्नो निहित स्वार्थमा फोहोरको किरा जस्तो होइन (त्याग गर्ने) मानसिकता वनाओस् । दिव्य वातावरण एवं स्थिर सुख शान्ति प्राप्त होस भन्ने चिन्तन प्रत्येक व्यक्तिको भावनामा पलाओस् जुन दिव्य वातावरण एवं स्थिर सुख शान्ति समाजका अरू व्यक्तिहरूलाई पनि महसुस होस भन्ने कामना प्रत्येकमा हुनुपर्दछ ।
प्राचीन कालमा दानको एकदम महत्व थियो, व्यक्तिको साथमा जसरी केही पूंजी जम्मा हुन्थ्यो, उसले लोक मंगलका लागि उत्सर्ग गर्ने सोच राख्दथ्यो कि पोखरी खन्नु, चौपारी बनाउनु, पानी पंधेरो खन्नु, पुल वनाउनु, भतेर लगाउनु तथा दान गर्नु । यसो गर्दा व्यक्तिलाई सम्मान मिल्दथ्यो, सन्तोष मिल्दथ्योे । स्वार्थी संग्रहशील, कञ्जुस आफ्नो कमाई आफै खाइरहने संकीर्ण व्यक्ति, चोर, पापी, तस्कर, हत्यारा आदि नामबाट तिरस्कृत भइरहन्छ भने उसको अगाडि प्रशंसा गरिएको नाटक मञ्चन गरिएको किन नहोस् अध्यात्मवादको यस्तो सुनिश्चित दृष्टिकोण छ कि पाप, शोषण, अनैतिक दृष्टताका लागि कुनै गुञ्जायस रहदैन् । लोभ र मोहको सामाजिक अव्यवस्था अपराध र असन्तोष उत्पन्न हुन्छ । यी दुवैलाई नियन्त्रणमा लिन सके सुख, शान्ति, स्वर्णिम परिस्थिति उत्पन्न भई व्यक्ति व्यक्ति सुखी, समाज–समाज सुखी, समाज सुखी, राष्ट्र सुखी र राष्ट्र राष्ट्र सुखी भएपछि विश्व नै सुखी बन्न पुग्दछ । युग परिवर्तन मूलतः मानिस मानिसमा भावनात्मक परिवर्तनबाट हुनुपर्दछ । आज हाम्रो व्यक्तिगत जीवनमा बासना र तृष्णाले नराम्रोसंग जकडेको छ जसले मानिसकै अधिकांश क्षमता यिनै दुई दुष्प्रवृत्तिहरूबाट असर परिरहेको छ । शरीरलाई सजाउन चाहे लिपिस्टिक पाउडर व्रिmम लगाएर होस चाहे सेविङ्ग क्रिम तथा सेभिङ्ग गरेर नै किन नहोस् । रँगाउने र थरिथरिका कपडा लगाएर वा कपालमा अलग अलग रङ्ग लगाएर होस वा थरीथरीका नेलपलिस लगाएर होस् मोजमस्तीको आश्वादन गर्नका निम्ति सामाग्री एकत्र गर्न या आफ्नो वहुमूल्य जीवनको ठूलो मात्रा खर्च गरेको छ । मानिसले यसका निम्ति लगाएको धनराशी तथा समयको मापन गर्ने हो भने लेखाजोखा गरिसाध्य छैन । शरीरलाई सजाउने, रंगाउने र मोजमस्ती गर्ने लागत यदि व्यक्तिले ज्ञान सम्पत्ती सद्गुणको अभिवृृद्धिमा लगाउने हो भने परामर्श प्रयोजन, लोकमंगलका निम्ति खर्च गर्ने हो भने स्थिति फरक वन्दछ । संसारमा महान पुरुषहरूको पंक्तिमा हामी आफैं नै वसेको देख्दछौं । महामानवहरूको जीवनीमा गम्भिर दृष्टिपात गर्नुबाट हामी एउटै निष्कर्षमा पुग्छौं कि व्यक्तिगत महत्वकांक्षा, बासना र लालसालाई तिलाञ्जली दिनुपर्दछ । सिम्पल लिभिङ्ग हाई थिंकिङ्ग गरी सादगी जीवन जीउने, व्रत, रुखा–सुख्खा खाना खाने, व्रत, शरीर यात्रामै रमाउने प्रवृत्ति कायम राखे मस्तिष्कमा आउने असंख्य कामनाहरू स्वत घट्न पुगे । चित्त शान्ति, अन्तस्करणमा भौतिक कामनाहरू घटी व्यक्ति योगी, यती, ज्ञानी, साधु, सुन्त वन्न पुग्दछ । जुन जीवन जीवनको लक्ष्य हो, जुन पर्यन्त आनन्द हो, जुन संसारको कल्याण हो ।
आलोचकका निम्ति स्थान सुरक्षित छ कि भौतिक वस्तुहरूको आवश्यकता विहीनताको सिद्धान्त लागू हुँदा पलायनवादी, निरासा उदासिन, निस्कृय वन्ने खतरा रहन सक्दछ भन्ने तर्कको उत्तरमा साधु, बाबा, सन्त र योगीहरूले आफ्नो विवेकको प्रयोग गरी श्रीमद्भागवत गीतामा बताएझैं भौतिक वासना, निकृष्ट लालसालाई छोड्दै आफ्नो श्रय, चिन्तनको विभूतिहरूलाई बचाएर, समयलाई बचाएर तन्मयता तत्परताको साथमा परमार्थ प्रयोजनका निम्ति स्वयं नियोजित हुन्छन् । त्यस्ता व्यक्तिले धन, ज्ञान, स्वास्थ्य एवं सद्गुण निरन्तर कमाउँछन् र समाजमा त्यसको प्रभाव परिरहन्छ । यस्तो चिन्तन भएका व्यक्तिले व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक स्वार्थका निम्ति कार्य गरेका हुन्छन् । समाजलाई सकारात्मक रूपान्तरणमा प्रभाव पारेका हुन्छन् । दान, पुण्य, पूजा–पाठ भलै व्यक्तिलाई तत्काल भौतिक क्षति भएपनि मानसिक सन्तुष्टी मिलेपनि तत्काल ज्ञान, भक्ति, अध्यात्म, बेदान्त र तत्वदर्शनको प्रभावले आध्यात्मिक कमाईसगंंै भौतिक कमाईपनि भएको हुन्छ । त्यसैले युग परिवर्तनका साथै व्यक्ति परिवर्तन आरम्भ हुन्छ । त्यसैले समाजमा रहेका प्रत्येक व्यक्तिलाई संसार वदल्ने स्वयं वदलिएर हो । त्यसैले सबै व्यक्तिगत रूपमै तयार हौं भन्ने भावना हुनु पर्दछ ।
अहिलेको बिलासी जीवनले आफ्नो विगतको अनुभवलाई थाहा नपाएझै विर्सेझैं गरेका हाम्रा देशका नेताहरू विशेषगरी लुटेर भ्रष्टाचार गरेर कुम्ल्याएको रकमबाट आलिसान भवन बनाएकाहरू भ्रष्ट प्रवृत्तिका मानिसहरूको भावनमा यस्तो सदवुद्धी पु–याउन पाए सकारात्मक सोच वदल्न पाए मात्रै युग वदलिन्छ । हाम्रो मुलुकमा कुल वजेटको करिव ८०% भ्रष्टाचारमा कागजपत्र मिलाउदै कुम्ल्याउनमा खर्च गरिने प्रवृत्तिको अन्त गरी १००% नै नीतिगत तथा व्यावहारिक रूपमा विकास निर्माण मै खर्च गर्ने प्रवृत्तिको विकास गरी प्रत्येक व्यक्तिले व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिने हो भने भ्रष्टाचारीलाई कडा भन्दा कडा कारवाही गरी भ्रष्टाचार गरी अकृत रूपमा कमाएको सम्पत्तीलाई राष्ट्रीयकरण गरी विकास निर्माणमा लगाउने हो भने प्रत्येक भ्रष्ट व्यक्तिलाई पहिचान गरी भ्रष्टाचारको प्रवृत्तिलाई निर्मूल पार्ने योजना सार्वजनिक गरी देश निर्माण, समाज निर्माण तथा सुखी व्यक्ति निर्माणमा अभियान सञ्चालन गर्ने हो भने पक्कै पनि सकारात्मक सोचसगंै वदलिन्छ समाज पनि ।
पृथ्वीनारायण शाहले सकारात्मक सोच नगरेको भए आज बाइसे चौविसे राज्यबाट सिंगो नेपाल मुलुक बन्दैनथ्यो होला । राजकुमार राम सौतेनी आमा –कैकेयीको आज्ञापालन गरी वनवास १४ वर्ष विताएर आफ्नो राज्य सञ्चालनमा सकारात्मक सोच नल्याएको भए रामराज्य पदावली बन्दैनथ्यो होला र राजकुमार सिद्धार्थ गौतम सुखसयल त्याग गरी बुद्धत्वको खोजीमा नहिडेको भए र सकारात्मक सोच नल्याएको भए बौद्ध धर्म, सम्प्रदाय प्रतिपादन हुँदैन्थ्यो होला । त्यसकारण हाम्रा देशका नेताहरूमा यस्तै खालको चिन्तन आओस् र भविष्यमा सम्झनयोग्य बनुन् । एक करोड रूपैयाको हातमा लगाउने घडी आफैले लगाएका र प्रधानमन्त्रीको पुत्रीले बोक्ने ब्यागको मूल्य दशलाख अनि अरू रूपैया कति होला ? पूर्व प्रधानमन्त्रीले लगाएको वुढी गण्डककीको ९ करोड रूपैया हिनामिनाको आरोप र जनयुद्धको नाममा वितरण गरिएको रकममा भएको हिनामिनाको आरोप पुष्टी नहुदै सत्यतथ्यको सार्वजनीकरणमार्फत आफू शुद्ध पवित्र भएको र मुलुक परिवर्तनमा अहोरात्र लागेको अभिव्यक्ति सैद्धान्तिकरूपमा मात्रै नभै व्यवहारिक रूपमा देख्न पाए समाज अवश्य बदलिन्छ ।