© २०२३
चन्द्रौटा (कपिलवस्तु), १५ कार्तिक । कपिलवस्तुमा एलपी ग्यासमा उपभोक्ता ठगिँदै आएका छन् । जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य बजार लगायत क्षेत्रका ग्यास व्यवसायीले उपभोक्तालाई ठगि गरेको गुनासो छ । ग्यास व्यवसायीले मनोमानी ढंगले मूल्य वृद्धि र तौलमा कमी भएको उपभोक्ताहरूले दाबी गरेका छन् ।
ग्यास व्यवसायीले मनोमानी ढंगले ग्यासको मूल्य वृद्धि गरि उपभोक्तालाई बिक्री वितरण गरेको पाइएको छ । १८ सय ९५ रूपैयाँमा पाउने ग्यासलाई १९ सय ५० रूपैयाँमा बिक्रीवितरण गरेको पाइएको हो । ग्यास व्यवसायीले ५५ रुपियाँले वृद्धि गरि उपभोक्तालाई ठग्ने गरेको उपभोक्ताहरू बताउँछन् । सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास खरिद गर्न पर्दा आफूहरू मर्कामा परेको स्थानीय प्रकाश थारुले बताए । आम उपभोक्तालाई आयल निगमले संयोजन गरेको मूल्य थाहा नहुँदा व्यवसायीले ठग्ने गरेको उनको भनाई छ ।
शिवराजका ग्यास व्यवसायीले नेपाल आयल निगमले तोकेको मुल्य भन्दा बढी मुल्यमा ग्यास बिक्रीवितरण गरिरहेको जनगुनासो नगरपालिकामा आएको भन्दै बढी मूल्यमा नबेच्न समेत पालिकाले आग्रह समेत गरेको छ । नगरपालिकाले मंगलबार बैठक बसी तोकेको मुल्य भन्दा बढी मुल्यमा ग्यास बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले एक सूचना जारी गर्दै चेतावनी दिएको छ । आम उपभोक्ताहरू यसरी ठगिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
नगर प्रमुख अजय थापाले नगरपालिकाभित्र ग्याँसको मुल्यमा मनमानी ढंगले बिक्री वितरण र ग्याँसको तौलमा कमी भएको नगरबासीहरूको गुनासोलाई मध्यनजर गर्दै सूचना जारी गरेर ग्यास उपभोक्ता सचेत गराएको बताए । नेपाल आयल निगमले तोकेको मूल्यमा र तौल गरेर मात्र बिक्री वितरण गर्न आग्रह गरेको उनको भनाइ छ । नगरपालिकाले ग्याँस व्यवसायीहरूले आफ्नो पसलमा विपद् जोखिम न्यूनीकरणका लागि अनिवार्य रूपमा आगो निभाउने सामग्रीको व्यवस्था गर्न आग्रह गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी