Butwal Today

मुसिकोट नगरपालिकामा आज स्थानीय बिदा

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

गुल्मी।

मुसिकोट नगरपालिकाले ७ आज सोमबार स्थानीय सार्वजनिक बिदा दिएको छ।
वैकुण्ठ चतुर्दशी तथा मालिका पूर्णिमा पर्वको अवसरमा नगरपालिकाले आज एक दिनका लागि बिदा दिने निर्णय गरेको हो।
मुसिकोट नगरपालिकाको वडा नं। ६ मा अवस्थित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको मालिका मन्दिरमा परम्परागत पूर्णिमा मेला लाग्ने भएकाले आजको दिन बिदा दिइएको नगरपालिकाले जनाएको छ।
नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए। आज सोमबार नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा विद्यालयहरू सबै बन्द रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?