© २०२३
बुटवल, १२ कार्तिक । दशैको मौकामा बुटवलका विभिन्न स्थानमा चोरी तथा डकैतीमा संलग्नलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी सार्वजनिक गरेको छ । योजनाबद्ध चोरी, डकैती गरेका १० जनालाई आईतबार प्रहरीले सार्वजनिक गरेको हो ।
असोज १७ गते तिलोत्तमा नगरपालिका वडा नं.–५ मणिग्राम स्थितमा रहेका सांग्रीला डेभलपमेन्ट बैंक र कामना बहुउदेश्यीय सहकारी संस्था लि. को गेटमा लगाएको ताला फोडेर चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उक्त घटनामा संलग्न ३ जना व्यक्तिहरु कार्तिक ०४ गते सिद्धार्थनगर नगरपालिका–१३ स्थित एउटा क्यासिनो अगाडी फेला पारी सोधपुछ को क्रममा शंकास्पद भेटिएको हो । प्रक्राउ पर्नेहरुमा बिकाश नगर काँलोनी, फरटिलाईजर टाउनशिप, गोरखपुर, उत्तर प्रदेश भारत घर बताउने बर्ष २९ को प्रचण्ड बिक्की ठाकुर भन्ने आकाश सिंह, ६३३ मोहरीपुर सावित्री स्कुल तरहवा गोरखपुर,उत्तर प्रदेश २७३००७ घर बताउने बर्ष अं.३८ को सोनु भन्ने जितेन्द्र यादव, जंगल हाकीम नं.२ मोहनापुर, बडकाटोल गोरखपुर उत्तर प्रदेश भारत २७३०१४ घर बताउने बर्ष अं.३८ को अरबिन्द भन्ने बिष्णु सहानी रहेका छन् ।
यस्तै मोटरसाईकल चोरीमा संग्लन रहेका गुल्मी मालिका गाउपालिका ३ बस्ने बर्ष १९ को सोनु खड्का र बुटवल उप–महानगरपालिका ३ बस्ने बर्ष १८ को कृष्ण क्षेत्री पक्राउ परेका हुन । असोज १८ गते बुटवल उप–महानगरपालिका वडा नं.–३ सिद्धबावा मन्दिर नजिकै पार्किङ गरी राखेको शिशिर खनालको लु ९३ प ७०१० नं.को मोटरसाईकल चोरी भएको थियो । असोज १९ गते गते साँझ जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं.३ बमघाट स्थितमा सोनु खड्का र कृष्ण क्षेत्रीले उक्त चोरी भएको लु ९३ प ७०१० नं.को मोटरसाईकल चलाउदै गरेको अबस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र गोलपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै बुटवल ११ देविनगर स्थित ईन्द्र बहादुर खत्रीको डेरा कोठाबाट सुनको औठी तथा कानमा लगाउने टप चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही बुटवल–११ बस्ने बर्ष अं. १९ की अंशिका पल्ली मगरलाई बुटवल ११ देबीनगरबाट चोरी गरेको सुन र नगद फेला पारी चोरी कसुरमा मुद्दा गरी जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको छ ।
यस्तै कार्तिक ०७ गते बिहान तिलोत्तमा नगरपालिका वडा नं.२ जानकी नगर स्थित गंगा बहादुर कुँवरको घर कोठामा प्रवेश गरी नगद रु ६० हजार र आधा तोला सुनको तिलहरी चोरी गरेको भारत दार्जलिङ घर बताउने वर्ष ४२ को कमल थापालाई चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । यस्तै कार्तिक १० गते बु.उ.म.न.पा.–९ नयाँ बसपार्क स्थित गस्तीमा खटिएका प्रहरी टोलिले शंकास्पद अवस्थामा दौडी रहेका व्यक्तिहरुलाई रोकी सोधपुछ ति व्यक्तिहरुले तामाका भाडा र नगद ५ हजार चोरी गरी भाग्दै अवस्थामा पक्राउ गरी कारवाही अगाढी बढाएको छ । पक्राउ पर्नेहरुमा बु.उ.म.न.पा.–४ बस्ने बर्ष १८ को बर्ष २० को अबिषेक थापा , पाल्पा, तानसेन नगरपालिका वडा नं.४ बस्ने बर्ष २० को सन्तोष थापा, बु.उ.म.न.पा.–४ बस्ने बर्ष १८ को सिद्धार्थ जंग लामा भन्ने सन्देश नेपाली, रहेका छन् ।
यस्तै कार्तिक ११ गते बुटवल उप–महानगरपालिका वडा नं. ११ बुद्धनगर स्थित हेमन्त सुनारको कोठा भित्र खाटको सिरानीमा राखेको मोवाईल थान–२ र नगद रु ५ हजार चोरी गर्ने व्याक्ति प्रक्राउ गरेको छ । बुटवल ११ बस्ने बर्ष १८ को सुमित परियार लाई शरीर खानतलासी लिने क्रममा निजको साथवाट चोरी भएको मोवाईल थान–२ र नगद ५ हजार फेला पारी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवले जनाएको हो ।
यस्तै कार्तिक ८ गते लागू औषध सहित तिलोत्तमा नगरपालिका वडा नं .९ मंगलापुर स्थित सिद्धार्थ राजमार्गको मुख्य सडक खण्डको पुर्व सर्भिस लेनमा सवारी दुर्घटना भएको भन्ने सुचना आधारमा जाँदा लु ५८ प ४१९५ नम्बरको मोटरसाईकल दुर्घटना भएको अवस्थामा सोहि स्थानमा मोटरसाईकल चालक सोधपुछ गर्दा जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ९ घर बताउने वर्ष २४ को स्वस्तिक भक्त भण्डारीलाई खान तलासी लिदा निजको दाया खुट्टाको घुडामा सेतो प्लाष्टिकको (पानी टेप) टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सेरिज्याक २ एमएल दरको २२ एम्पुल्स, फेनारागन २ एमएल दरको २१ एम्पुल्स र तालाजेसिक २ एमएल दरको २६ एम्पुल्स सहित फेला पारी थप अनुसन्धान भई रहेकोे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दान बहादुर थापाले जानकारी दिए ।