ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

७० औ तरुण स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण तथा शुभकामना कार्यक्रम

तरुण थिङक टैक भएको युवा नेताहरुको दाबी
१० कार्तिक २०८०, शुक्रबार
१० कार्तिक २०८०, शुक्रबार

बुटवल, १० कार्तिक । नेपाली काग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दलको ७० औ स्थापना दिवस देशभर विविध कार्यक्रम गरि मनाईएको छ । यसैक्रममा तरुण दल क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ रुपन्देहीले मानव सेवा आश्रम, सुख्खानगरलाई खाद्यान्न वितरण तथा शुभकामना कार्यक्रम गरि मनाएको छ ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाली काग्रेस पार्टी, क्षेत्र नं २ का सभापति प्रजापाल गिरि, नेपाल तरुण दलका रुपन्देही जिल्ला सभापती सोम गुरुङ, नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डे, तरुण दलका पुर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, पुर्व सदस्य केशव पाण्डे, अजय रावल, नेपाली काग्रेस पार्टी, बुटवल नगर उपसभापति ज्योति भण्डारी, नगर सचिव छाया पोखरेल, तरुण दलका पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी पौडेल, महाधिवेसन प्रतिनिधि बालकुमारी भण्डारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महेश पौडेल, बुटवल उपमहानगरपालिका वडा नं १ का वडा सदस्य असोक राईले मानव सेवा आश्रमका शेर बहादुर गौतमलाई सहयोग सामग्री हस्तान्तरण गरे ।

नेपाल तरुण दल क्षेत्र नं २ का सभापति हसन्त लामाले विगतबाट नै स्थापना दिवसमा सहयोग गर्ने कार्यक्रमको निरन्तरता दिदै १० बोरा चामल, दाल, तेल, प्याज, आलु, चाउचाउ, चना, सोयाबिन, साबुन लगायत करीब ७० हजार रुपैया बराबरको सामग्री हस्तान्तरण गरिएको बताए । राजनिति पार्टीहरु प्रति आम नागरिकमा बढेको नकारात्मक सोचलाई चिर्न रचनात्मक काम गर्दै सामाजिक अभियानमा युवाहरु लाग्न जरुरी रहेको उनले बताए । तरुण दलमा आवद्ध सबै युवाहरु सामाजिक कार्यमा सहकार्यको नीतिलाई सधै कार्यान्वयन गर्दै आएको उनले बताए ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जमुना ढकालले तरुण दलको स्थापना कालबारे स्मरण गर्दै संगठनलाई बलियो बनाउने गरि पार्टी नेतृत्व लाग्नुपर्ने सुझाव दिईन । देशमा आउने हरेक परिवर्तनमा तरुण युवाहरुको योगदान दिदै आएको भन्दै यसलाई मनन जरुरी रहेको उनले बताईन । एउटा परिवार चलाउन धेरै कठिनाई हुने बारे उदाहरण दिदै उनले आश्रम चलाउने अझ कठिन भएको बताईन । आश्रमलाई समाजको सबैको क्षेत्रबाट सानोसानो सहयोग जरुरी रहेको उनले बताईन । तरुण दलप्रति आम जनमानसको दृष्टिकोण चिर्ने गरि समुदायमा उदाहरणीय कार्य गर्न सुझाव दिईन ।

नेपाल तरुण दलका रुपन्देही जिल्ला सभापती सोम गुरुङले तरुण दलबाट नमुना काम भएको बताए । पार्टीमा आईपर्ने समस्यालाई सबै मिलेर समाधान गर्ने भन्दै पछिल्लोसमय देखिएको समस्याप्रति गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी, क्षेत्र नं २ का सभापति प्रजापाल गिरिले हिजोको तरुणको ईतिहासप्रति गौरव गर्दै सुनौली भविष्य सोच्दै वर्तमानलाई उदाहरणीय कार्यलाई अघि बढाउन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल तरुण दलका पुर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशीले परिवर्तन तरुण अवस्थाबाट हुने भन्दै यस विषयमा युवाहरु मनन गर्न जरुरी रहेको बताए । आफ्नो काम आफै, ईमान्दारिता, पारदर्शिताका साथ गर्ने बानी विकास गर्न सके यसबाट समाज परिवर्तनमा जान सकिने उनले बताए । बैचारिक रुपमा सुसज्जित थिङ्क टैकका रुपमा तरुण दल भएको भन्दै मुल दायित्व लोकतन्त्र÷प्रजातन्त्रको मर्मलाई तरुण युवाहरु भुल्न नहुने बताए । जिम्मा पाएका युवाहरु संगठनलाई अघि बढाउन उनले सुझाव दिए ।

कार्यक्रममा तरुण दलका जिल्ला सचिव रमेश शाहीले तरण दल संचालन गर्न आफ्नै विधान भएको बताए । युवाहरुलाई संगठित र एकतावद्घ गर्न र कामकारवाही विधान अनुसार नै अघि बढाउनुपर्ने उनले सुझाव दिए । संगठन कमजोर बनाउने गरि कुनै पनि काम गर्न नहुने भन्दै उनले अहिलेसम्म आईपुग्दा संगठित हुदा भएको योगदान, ईतिहासलाई भुल्न नहुने उनले सुझाव दिए ।

नेपाल तरुण दल, बुटवल नगर सभापति सुजन पुनले तरुण दलको पहिचान मर्यादित र अनुसासन भएको भन्दै यसलाई पालना गर्न जरुरी रहेको बताए । तरण दलको पोशाक पहिचान भएको भन्दै यसमा सबै सदस्यहरुले जोड दिन सुझाव दिए। विगतमा तरण दलका नेतृत्वहरु निक्कै कठिन समस्यामा जोगाएको स्मरण गर्दै सामाजिक क्षेत्रमा भएका योगदानप्रति नया पुस्ता भुल्न नहुने बताए । बिस २०१० साल कार्तिक १० गते स्थापना भएको भन्दै यो दिवसलाई संगठनलाई बलियो बनाउन सफल हुने गरि अघि बढेको बताए ।

कार्यक्रममा नेपाल तरुण दलका जिल्ला उपसभापति प्रशान्त कोईरालाले आफ्नै पार्टी भित्रका केही नेताहरुका कारण कमजोर बनाउने काम भएको दुखेसो गरे । देशको ठुला राजनितिक दलप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्ने गरि अघि बढ्न सुझाव दिए । अबको १५ दिनमा नेपाली काग्रेसका नेता तथा पुर्वमन्त्री बालकृष्ण खाणको मुद्दा न्यायालयबाट निर्णय नभए आफुहरु न्यायालय घेर्न घोषणा गरे ।
कार्यक्रममा नेपाल तरुण दलका पुर्व जिल्ला सभापती चिरञ्जीवी पौडेलले संगठनलाई चलायमान बनाउने गरि नया युवाहरु लाग्न सुझाव दिए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?