ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
दशै विशेष

मनमोहक तराई

६ कार्तिक २०८०, सोमबार
६ कार्तिक २०८०, सोमबार

तिलोत्तमा, ६ कार्तिक । देशभर दशैको रमाईलो छ । स्कूल कलेजमा लामो बिदा भएको र कार्यालयहरुमा पनि बिदा हुने भएकोले अधिकांश मानिसहरुले दशैलाई भेटघाट र घुमघामको अवसरको रुपमा सदुपयोग गर्ने गर्दछन् । पछिल्ला वर्षहरुमा धेरै नेपालीहरुले दशैँ तिहारको बिदामा देशका विभिन्न ठाउँहरुमा साथीसंगी र परिवारका सदस्यहरुसंग घुमफिर गर्ने प्रचलन बढ्दो छ । चल्तीका पर्यटकीय गन्तव्यहरुमा मात्र नभएर पहाडका गाउवस्तीमा समेत मानिसहरु घुमफिरको लागि पुग्ने र केहि दिन बिताउने भएकोले यो समयमा होटेल तथा रेस्टुरेन्ट अनि यातायात क्षेत्र चलायमान हुने गरेको छ । दशैँ बिदामा मात्र नभएर अन्य समयमा पनि नेपालीहरुले घुमफिरको लागि पहाडका वस्ती, डाँडापाखा,नदि, हिमाल, तालतलैया, मठमन्दिर प्रमुख गन्तब्य हुने गरेका छन् । पहाडका वासिन्दाहरु मात्र नभएर तराईका अधिकांश मानिसहरु घुम्नको लागि पहाडी र हिमाली क्षेत्रमै जाने गरेका छन् । मिडियामा पनि पहाडी क्षेत्रका पर्यटकीय गन्तव्यहरूको बारेमा धेरै प्रचार प्रसार हुने भएकोले पनि तराईमा घुमफिर गर्ने स्थान नभएको र तराइमा रमाउन सकिदैन भन्ने भ्रम धेरै मानिसहरुमा परेको छ । घुमफिरको लागि तराईका प्राकृतिक , सास्कृतिक स्थल छनौटमा नपर्दा तराईले पर्यटनबाट लाभ लिन सकिरहेको छैन अनि मानिसहरुले तराईको प्रकृति, सस्कृति र सभ्यता बुझ्ने अवसर गुमाईरहेका छन् ।

 

चुरे र भारतीय भूमिको विचमा रहेको तराईको समथर मैदान प्राकृतिक र साँस्कृतिक रुपमा विशिष्ट क्षेत्र हो । यातायातको सहज पहुँच अनि समुदायसंग घुलमेल हुन सहज हुने भएकोले लुम्बिनी प्रदेशको सुस्तादेखि राजापुरसम्म यो मौसम घुमफिरको लागि उपयुक्त समय र स्थान हो । दशैँ बिदामा लुम्बिनीको तराईमा कहाँ र कसरि घुमफिर गर्ने भन्नेबारेमा मेरो अनुभव तपाईको लागि समेत उपयुक्त हुन सक्छन् ।
यदि तपाई बुटवल छेउछाउको हुनुहुन्छ वा दाउन्ने पूर्वको हुनुहुन्छ भने त्रिवेणिधामबाट घुमफिर शुरुवात गर्नु राम्रो हुन्छ । गण्डकी प्रदेशमा पर्ने यो स्थान र नारायणी पारीको वाल्मिकी आश्रममा धार्मिक भ्रमण मात्र नभएर ईतिहास अध्ययन गर्नेहरुको लागि पनि राम्रो थलो हो । त्रिवेणीधामबाट ब्यारेजको पुल तरेर भारतको बाटो भएर वा कुडियाबाट केहि दक्षिण गएर डुंगा चढेर नेपालको चर्चित स्थान सुस्ता पुग्न सकिन्छ । त्यहाँ सिमानाको विवाद र सिमा जोगाउन नागरिकले गरेको संघर्ष बुझ्न सकिन्छ । त्यतैबाट ठाडीघाट वा अनोमाघाट पुग्न सकिन्छ । गौतमबुद्धले राजकुमारको जीवन त्यागेर यहि स्थानबाट नदि तरेर गएको विस्वास गरिन्छ । पहँेलपुर खेत अनि हरिया उखुबारीहरु अवलोकन गर्दै सरावल गाउँपालिकामा रहेका प्राचिन बुद्ध नगर ककरपत्ता अवलोकन गरि रामग्राम आउन सकिन्छ । परासी बजारदेखि दक्षिणमा रहेको रामग्राम स्तुपले तपाईलाई केहि समय बाँधिराख्न सक्छ । रामग्राम स्तुप दर्शन गरेर जिल्लाकै प्रसिद्ध शक्तिपीठ पाल्ही भगबती मन्दिर दर्शन गरेर पुजापाठ गर्दा बौद्ध र हिन्दु तीर्थयात्राको समेत अनुभव लिन सकिन्छ । त्रिवेणीधामदेखि पाल्ही भगवतीसम्म घुमफिर गर्दा ३ दिन यात्रामा राम्रो अनुभव गर्न सकिन्छ ।

परासीबाट यात्रा शुरु गर्ने हो भने रामग्राम र पाल्ही भगवती घुमेर बन्जरिया मन्दिर घुमेर कोलिय राज्यको राजधानी भएको विस्वास गरिने पण्डितपुर् जानु राम्रो हुन्छ । त्यहाँ हेर्नुपर्ने कुरा धेरै नभएकोले त्यतैबाट बैरागनाथ मन्दिर निस्कनु बेश हुन्छ । बैरागनाथ मन्दिर दर्शन गरेर पश्चिमतर्फको यात्रा गरी बुद्ध मावली देवदह पुगिन्छ । भवानिपुरलाई केन्द्रमा राखेर एकदिन देवदहको भ्रमण गर्नु राम्रो हुन्छ । समय भएमा चुरेमा रहेको माथागढ़ी, सरनटारी, उजेरी जस्ता सुन्दर गाउँहरुमा पैदलयात्रा गर्न सकिन्छ । देवदहमा बास बसेर भोलिपल्ट मद्रहानी गाउँमा रहेको प्रसिद्ध कँुवरवर्ती मन्दिर दर्शन गरेर रोहिणी किनारमा रहेका टटेरा, कानापारा, ठठेरिया जस्ता पुराना थारु वस्तीहरु यात्रा गरेर मौलिक र प्राचिन थारु सभ्यताको बारेमा जानकारी लिन सकिन्छ ।
बुटवललाई केन्द्र बनाएर तराई घुम्ने हो भने शंकरनगर वनबाटिका, कपरकट्टि ताल, बोलबम धाम, मलमला, नरेनापुर, बाउन्नकोटी वनबाटिका र छपियाका माछा पोखरीहरु घुम्नु उपयुक्त हुन्छ । नहरपुर–बेथरी सडकहुदै दक्षिण यात्रा गरेर सुन्दर मर्चवार पुगेर त्यहाँको प्रसिद्ध मर्चवारीमाईको मन्दिर दर्शन गर्नु राम्रो हुन्छ । मर्चवारको कृषि जीवनले पहिलोपटक तराई घुम्न निस्केकालाई मोहित नबनाउने कुरै हुदैन । छपियाबाट दक्षिण नगएर बुद्ध परिपथ समातेर पचिम लागेमा पुरानो सूर्यपुरा बजार र गैंडहवा ताल घुमेर लुम्बिनीमा बास बस्न पुगिन्छ । गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा घुम्नको लागि छुट्टै समय छुट्टाउनु राम्रो मानिन्छ ।
कपिलवस्तुको तौलिहवालाई केन्द्र बनाएर तिलौराकोट, कुदान, निग्लिहवा, सिसहनिया घुम्नको लागि २ दिन छुट्टाउनु बेश हुन्छ । यदि तपाईलाई पर्यापर्यटनमा रुची छ भने राजापानी , लक्ष्मणघाट घुम्दै चराहरुको स्वर्ग जगदीशपुर् तालमा पुग्नु राम्रो हुन्छ । ताल नजिकै रहेको होमस्टेमा एकरात बिताउन सकेमा ताल घुमघामको वास्तविक मज्जा लिन सकिन्छ । तौलिहवाबाट बाणगंगा नदि तरेर गोरुसिंगे पत्थरकोट पुगेर पुरानो नूनबजारको अनुभव गर्न सकिन्छ । चन्द्रौटा बजार पुगेर पश्चिम चुरे पहाडमा रहेको शिबगढ़ी किल्ला र सुरई नाकाको नजिकै रहेको तातोपानीमा नुहाएर धानखोलामा बास बस्न सकेमा फरक अनुभव लिन सकिन्छ ।

कालाकाटे पुगेर कालाकाटे–राजपुर सडकमा यात्रा गर्दै कुलापानी पार्क घुमेर गोबरडिया पुगी त्यहाँको पुरानो शिवालय र दरबार हेर्न पाइन्छ । राप्ति नदीमा बनेको लामो पुलमा तस्विर खिचाएर दक्षिणतर्फको वनमा ५ किमी यात्रा गरेर चुरेमा रहेको प्रसिद्ध बाघनाथ जंगलकुटी बाबाधाम जान भुल्नु हुदैन । घना वनको विचमा रहेको यो कुटीमा पूर्ण आध्यात्मिक र प्राकृतिक वातावरण भएकोले कम्तिमा एकरात बिताउडा मानसिक शान्ति र आध्यात्मिकता प्राप्त हुन्छ । कुटीमा निशुल्क खान र बस्न पाईने भएकोले त्यहाँ कुनै असुविधा महसुस गर्नु पर्दैन.
कुटिबाट फर्केर गढवा बजार गएर पश्चिम हानिएर राजपुर गाउँपालिकाका मयुर ताल, सुन छहरी झरना, कठबेरुवा ताल घुमफिर गर्न सकिन्छ । घुम्न चाहनेहरुको लागि राजपुर भर्जिन ल्याण्ड हो । गढवा बजारदेखि पश्चिम नगएर दक्षिण लाग्ने हो भने २२ किमी यात्रा गरेर पुरानो कोइलाबास बजार पुगिन्छ । कोइलाबास बजार पुग्दा डुडुवा पहाडको यात्रा निकै रोमान्चक हुनेछ । कुनै समयमा नेपालकै प्रसिद्ध बजार कोइलाबास भग्नावशेषमा परिणत भएको छ । बजारमा एकरात बास बसेर भोलि बिहान त्यहाँ रहेको नेपालको दोश्रो ठुलो जानकी मन्दिर दर्शन गर्नु राम्रो हुन्छ । समय छ र आफ्नो साधन छ भने घना वनको बाटो हुदै ७ किमी यात्रा गरेर नेपाल भारत सिमानामा रहेको खबरी नाका पुगेर सिमाना रक्षाको लागि नागरिकले उठाएको कष्टलाई नजिकबाट बुझ्न सकिन्छ ।

कोइलाबासबाट लमही फर्केर महेन्द्र राजमार्गको यात्रा गरि केहि समयमा बाँके राष्ट्रिय निकुन्जमा पुग्न सकिन्छ । यो निकुन्ज घुम्नको लागि ३÷४ दिन समय छुट्टाउनु बेश हुन्छ । धेरै समय छैन भने कोहलपुर बजारदेखि उत्तरमा मोटरमा १० मिनेट यात्रा गरि गाभर भ्याली बास बस्न पुग्न सकेमा आनन्द हुन्छ । रारा राष्ट्रिय निकुन्ज बनाउदा विस्थापित मुगालीहरु र केहि स्थानीय थारुहरुको बसोबास रहेको गाभर भ्यालीमा सुविधाजनक होमस्टे र आत्मीय व्यवहार पाउन सकिन्छ । यहाँबाट बाँके राष्ट्रिय निकुन्जको पदयात्रा समेत गर्न सकिन्छ । डुडुवा , नरैनापुर र राप्ति सोनारी गाउँपालिका ग्रामिण पर्यटनमा रुची राख्नेहरुका लागि उपयुक्त गन्तब्य हुन् । कम्मर शाह मजार, सन्तानेस्वर मन्दिर, बर्फानी बाबा मजार, भुवर भवानीको मन्दिर, ढकेरी बोटानिकल पार्क र सिक्टा सिचाई योजनाको बाँध क्षेत्र घुमफिर गर्न रुचाउनेहरुलाई राम्रै लाग्नेछ ।
विविधताको शहर नेपालगंज घुमफिरलाई एक दिन छुट्टाउनु राम्रो हुन्छ । बागेश्वरी मन्दिर, जुंगे महादेवको मन्दिर, रानी तलाव घुम्दै नवावी शहर लखनौको स्वाद नेपालगन्जमा चाख्न सकिन्छ । जंगबहादुर राणाले बसालेको शहरका पुराना गल्लीहरुमा घुमेर इतिहासलाई स्मरण गर्न सकिन्छ । नेपालगंज पुग्दा खजुरा घुन गईएन भने भविस्यमा के के बिर्सिएको भान अवस्यपनि हुनेछ । नेपालगंजबाट खजुरा हुदै गुलरिया बजार हेरेर कोठियाघाट गएर कर्णाली नदीमा बनेको लामो पुलमा तस्विर खिचाएर राजापुर बजार पुग्नै पर्छ । फूर्सद भए राजापुर पुग्नुअघि बढैयाताल घुम्न सकेमा सुन्दर तालको साथै चरा अवलोकन गर्न सकिन्छ । कुनै समय कर्णालीका बासिन्दाको मुख्य बजार रहेको राजापुर बजारले पुरानो वैभवता गुमाएको भएपनि अहिले विस्तारै तन्ग्रिदै छ । राजापुर बजारबाट उत्तरको यात्रा गर्दै गोला पुग्न सकेमा लहलहाउदा खेतबारीमा रमाउदै थारु सस्कृति र अभ्यास हेर्दै आनन्द लिन सकिन्छ । उतैबाट मनाउघाट पुगी कर्णाली तरेर ठाकुरद्वारा पुग्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुन्जको केन्द्र ठाकुरद्वारामा होटेलमा बसेर वा मधुवनको डल्ला होमस्टेमा बसेर बर्दिया राष्ट्रिय निकुन्ज घुम्न, जंगल सफारी गर्न सकिन्छ । बाघ र कृष्णसार अवलोकन गर्नको लागि बर्दिया राष्ट्रिय निकुन्ज र कृष्णसार संरक्षण क्षेत्र उपयुक्त स्थान हुन् । बर्दिया राष्ट्रिय निकुन्ज पुगिसकेपछि राजमार्गको यात्रा गरि चिसापानी बजारमा रहेको कर्णाली पुल अवलोकन गर्न छुटाउनु हुदैन ।
लुम्बिनी प्रदेशको तराइ ग्रामिण पर्यटन, सास्कृतिक पर्यटन,सम्पदा पर्यटन र पर्यापर्यटनको लागि उपयुक्त थलो हो । परासी, बुटवल, लुम्बिनी, तौलिहवा, गढवा, कोहलपुर र ठाकुरद्वारा केन्द्र बनाएर उपलब्ध समय अनुसार यहाको तराई घुमफिर गर्न सकिन्छ । यातायात र होटेल सुविधा सबै स्थानमा भएकोले जुनसुकै समयमा पनि तराई घुम्न सकिने भएपनि असोजदेखि फाल्गुनसम्म तराई घुम्दा बढी रमाईलो महसुस गर्न सकिन्छ । एकदिनदेखि हप्तैसम्म तराई घुम्न सकिने भएकोले पहाड र हिमाल घुम्न योजना बनाएकाहरूले तराईमा घुमफिर गर्न जाने हो भने पक्कैपनि ’आहा तराई’ भन्ने अनुभूति गर्न पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?