ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

तिलोत्तमाका १३ स्वास्थ्यकर्मीले दशैंमा पाएनन् तलब

४ कार्तिक २०८०, शनिबार
४ कार्तिक २०८०, शनिबार

बुटवल (बुटवलटुडे), ४ कार्तिक । रूपन्देहीको तिलोत्तमका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेका १३ जना स्वास्थ्यकर्मी तलब विहीन भएका छन् । समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरूले गत १ साउन देखिएको तलब भत्ता पाउन नसकेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले उनीहरूलाई हाजिरी गराए पनि तलव खुवाउन भने आलटाल गरिरहेको छ । दशैंको मुखमा साउन देखिकै तलब रोकिदा उनीहरू भने विचल्लीमा परेका छन् । एक जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले नियतबस नै आफूहरूलाई दुख दिन खोजेको आरोप लगाए । ‘हामी सरकारकै कर्मचारी हौँ । समायोजन मिलान भई यहाँ आएका हौँ । काम काज पनि गर्दै आएका थियौँ ।

१ साउनदेखि दबरन्दी भन्दा बढीलाई तलव खुवाउन नसकिने भन्दै सरकारले काज फिर्ता गर्ने अभियान त चलायो तर ३० साउनमा पुन समायोजन मिलान भएका कर्मचारीहरूलाई यथास्थितिमा राख्दै तलव खुवाउन स्थानीय पालिकाहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले नपुग भएका ठाउँमा कति नपुग भएको हो सो जानकारी गराउन समेत भनेको छ । तर हाम्रो नगरपालिकाले त्यो गरेकै छैन । मन्त्रालयबाट पठायो भने तलव दिईन्छ होइन भने दिईदैन भन्ने गरेका छन् प्रशासकीय अधिकृत,’ एक कर्मचारीले भने । हाजिरी गराएका कर्मचारीहरूलाई काममा लगाउने र तलव खुवाउने दायित्व पनि प्रमुख प्रशासकीय अधिकृतको हो भन्दै १३ जना कर्मचारीप्रति उनको व्यवहार पक्षपातपूर्ण रहेको ती कर्मचारीले बताए ।प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने सरकारले दरबन्दी भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको र अहिलेका १३ जना समायोजन मिलानका कर्मचारी भएपनि दरबन्दी भन्दा बढी रहेको बताए । उनले मन्त्रालयबाट तलव आएमा खुवाउन सक्ने अन्यथा नसक्ने कुरा कर्मचारीलाई स्पष्ट पारेको समेत बताए ।

‘हामीकहाँ ४५ जना स्वास्थ्यको दरबन्दी हो । उहाँहरू १३ जना दरबन्दी भन्दा बढिमा पर्नु हुन्छ । यसमा हामीले खुवाउन सक्ने कुरा भएन । मेयर उपमेयर सहित बसेको बैठकले गरेको निर्णय हो यो,’ उनले भने ।दशैंको बेलामा तलव नपाउँदा कर्मचारीहरूलाई अफ्टेरो लाग्नु स्वभाविक भए पनि आफू नियम विपरित काम गर्न नसक्ने अर्यालले बताए तिलोत्तमाकै एक कर्मचारीले भने समायोजन मिलान भई काम गरेका छिमेकी पालिकाहरूमा दनादन तलव पाइरहेको बताए । ‘हाम्रोमा विशेषगरी प्रमुख प्रशासकीय अधिकृतले ईगो साँधेर यो काम गर्नु भएको हो ।
यति बढी कर्मचारी छन् तलव नपुग भयो भनेर मन्त्रालयलाई जानकारी पनि नगराउने, दिएमा मात्रै खुवाउँछु भन्ने यो गैर जिम्मेवारी कुरा भयो,’ ती कर्मचारीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?