ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

दशैंलाई भड्किलो नबनाऔं

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

यतिखेर नेपालीहरूको घर दैलोमा दशैंले चहलपहल ल्याएको छ । हिन्दु धर्म मान्नेहरूका निम्ति बर्षभरी आउने चाडहरू मध्येको बडादशैं सबैभन्दा ठूलो चाडमा पर्दछ । दशैंलाई मिलनको पर्व भनेर पनि चिन्ने गरिन्छ । काम बिषयले टाढा टाढा छरिएर रहेका वा रोजगारीको सिलसिलामा प्रदेशिएकाहरूले घर फर्किने दिनका रूपमा पनि यो पर्वलाई लिने गर्छन । मान्यजनको हातबाट निधारमा टिका र कानमा जमरा लगाएर उनीहरूसँग आशिर्वाद थापेर, मिठा मिठा परिकार खाएर, चाड मनाउने हुँंदा पनि दशैंको महत्व अरू धेरै रहेको छ । बिशेषतः चाड मनाउने बहानामा घरमा फर्केर आउने आफन्त र परिवारजनको भेट हुने हँुंदा पनि यो मिलनको पर्वमा दर्ज भएको मान्न सकिन्छ । कुनैपनि चाडले समाजमा वा परिवारमा छुट्टै रौनकता ल्याउने गर्छ । यतिखेर बडादशैंको नवदुर्गा चल्दै गर्दा र धार्मिक तथा सांँस्कृतिक क्षेत्रमा चहल पहल बढदै गर्दा सबैमा उमंग छाएको छ । यो भनिरहंँदा कतिको घरमा यो बर्ष आफन्त गुमाएका कारण र प्रदेशिएका आफन्त घरमा नआउँदा अरू सुनसान छाएको हुन सक्छ र यो हुनु पनि स्वभाविक छ । त्यती मात्रै होइन आफन्तको यादले अरू सताएको हुन सक्छ । समग्रमा बहुसंख्यकको कुरा गर्दा यतिखेर दशैंले घरघरमा खुसियाली छाएको छ ।

हिमाल तथा पहाडका गाउँंमा परापूर्वकालदेखि कोटका नाममा रहेको दुर्गा मन्दिरमा घटस्थापनाका दिन देखि पुजा शुरु भएको छ । दियो कलश तथा गणेशको स्थापना गरी कोटमा रहेका बलि दिनको लागि मार हान्ने हतियार खुँंडा र तरवार समेतको पुजा गरिन्छ । यस्का साथैनव दुर्गा भगवतिको पुजाको प्रारम्भ हुन्छ । प्रत्येक दुर्गा मन्दिरमा प्रत्येक दिन फरक फरक देवीको पुजा हुने गर्छ । देवीका नौ रूपको उनको शक्तीपिठहरूमा पुजा गर्न नवदुर्गाभरी भिड लाग्ने गर्दछ । नेपालका चर्चीत शक्ती पीठहरूमध्ये डडेलधुराको शैलेश्वरी देवी, अर्घाखाँंचीको सुपादेउराली, ताप्लेजुङको पाथिभरा, काठमाण्डौमा दक्षिणकाली, भद्रकाली, मैतिदेवी, काभे्रको चण्डेश्वरी, नवलपुरको मौलाकालीका र गोरखाको मनकामना जस्ता देवीका मन्दिरमा यतिखेर दर्शन गर्नेको खचाखच भीड लागेको देख्न सकिन्छ ।

शक्तिकी देवी भनेर चिनीने नवदुर्गा भगवतीको नवदुर्गाभरी व्रत बसेर पुजा अर्चना गर्ने र देवीसंग मनको इच्छा पूरा होस भनेर कामना गर्ने गरिन्छ । जसमा मनोकांक्षा पूरा हुनेमा बिश्वास गर्नेको जमात ठूलो रहेको छ । प्रायः तराईका शहर बजारमा भारतदेखि महंगोमा दुर्गाको मुर्ति ल्याएर खाली जग्गामा स्थापना गरी नव दुर्गाभरी पुजा गर्ने चलन रहेको छ । यस्ता मुर्तिलाई नवरात्र पछि बाजागाजा सहित नदीनालामा लगेर बिसर्जन गरि सेलाउने गरिन्छ । नवदुर्गाभरी शक्तीको रूपमा रहेका फरकफरक रूपका देवीको अलग अलग तरिकाले पुजा हुने वा गर्ने गरिन्छ । पहिलो दिन माँं शैलपुत्रीको, दोस्रो दिन मांँ ब्रह्मचारीणीको,तेस्रो दिन मांँ चन्द्राघण्टाको, चौथो दिन माँं कुष्माण्डाको, पांँचौ दिन माँं स्कन्दमाताको, छैठौंँ दिन माँं कात्यायिनीको, सातौं दिन माँं कालरात्रीको, आठौं दिन माँं महागौरीको र नवौं दिनमांँ सिद्धीदात्रीको पूजा गरिन्छ । यी देवीहरूले फरक फरक पाटोमा मनोइच्छा पूरा गरिदिन्छिन भन्ने जनबिश्वास रहेको छ ।

 

 

यो बर्ष मुलुकभर आर्थिक मन्दीको समस्या परेकोे छ । उद्योग धन्दा, ब्यापार ब्यबसाय सबै चौपट छन । ऋण धन गरेर ब्यापार ब्यवसाय गरेकाहरू सबै पुर्पुरोमा हात लाएर बस्ने अवस्थामा पुगेका छन । घर भाडा तिर्न नसकि खाली गरेर भाग्नेको संख्या बढिरहेको छ । बैंक धितो गरेर कारोवार गरेकाहरू ब्यवहार मिलाउन नसकि आत्महत्याको बाटो रोज्नेको संख्या बढदो छ । सधै जस्तै यतिखेर चाड पर्वहरूले घेरेका छन । अस्ति भर्खर केही ऋण बोकाएर हरितालीका तिज सकिएको छ । यतिखेर दशैं दशा बनेर खडा भएको छ । यस्ता चाडपर्व हुने खानेका निम्ती मित्र हुन्छन भने नहुनेका निम्ति शत्रु भएर आएका छन । हुन त यतिखेर हुने खाने पनि आर्थिक मन्दीकै चपेटामा परेका छन । यतिबेला चाड पर्व नखाउँ भने दिन भरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार भएर आएका छन । चाड नमनाउँ किन कसो भन्ने प्रश्न आउँछ मनाउ भने साँंझ बिहानको छाक टार्न मुश्किल परेको अबस्था छ । दशैंको खर्च कसरी जोहो गर्ने भनि धेरैलाई बडो तनाबमा पारेको अबस्था छ ।
चाडपर्व मनाउँदा भडकिलो गरेर मनाउनु पर्छ भनेर कहीं लेखेको छैन । त्यसैले हामी आफैमा संयम हुन जरुरी छ । भनिन्छ घाँटी छामेर हाड निल्नुपर्छ । त्यसैले हामीले नै बिचार पु¥याउन सकेनौं भने जहाँ पनि अप्ठयारो पर्न सक्छ । अरूले के गर्छन, छिमेकीले के गर्यो भनेर पछि लाग्नु भन्दा आफ्नो हैसियत के छ त्यसै अनुसार चल्नुपर्छ । यो दशैंमात्र नभएर हाम्रो अगाडी दिपावली तिहार पनि नजिकै आइसकेको छ । त्यतिमात्रै होइन छठ पर्व लगायत हाम्रा चाडहरूले घेरा हालेका छन । यी सबै चाडलाई थेग्न सक्ने हैसियत हामीले राख्नु सक्नुपर्छ । भनिन्छ आए चाड ढोलक बजाइ गए चाड ऋण बोकाइ । यो अबस्था हामीले ल्याउनु हुदैन । यो भनीरहँदा नखाइ नलगाइ बसौं भनेको पनि होइन, हाम्रो आफ्नो गच्छे अनुसार खर्च ब्यबस्थापन गर्नुपर्छ भन्ने हो । आफ्नो हैसियतले भेटे मात्र डुल्न घुम्न जाउँअनि नयाँं नयाँं र महंगा लुगा किनौं । प्रत्येक दिन जस्तो मासु खाउंँ । बली दिने नाममा खशी र बोका काटेर खाउँं सकिंदैन र जथाभाबी ऋण नखोजौं । सादा जीवन उच्च बिचार राखेर अगाडि बढौं ।
हामी नेपालीको बानी आफ्नो देशको उत्पादन कुनै मन नपर्ने, अनि देशी भन्दा बिदेशी सामान चाहिने, ऋण गरेर महंगा सामान किन्नुपर्ने तथा प्रत्येक मानिसका पाटी भोजमा नयाँं नयाँं लुगा र जुता चप्पल लगाउनु पर्ने, हैसियत भन्दा देखासिकी बढी गर्नुपर्ने जस्का कारण ऋणमा डुब्ने र आफन्त कहां ऋण माग्ने अनि तिर्न नसकि लुकेर हिँडने र आफन्तसँगको नाता सम्बन्ध तोडने जस्ता क्रियाकलाप चलीरहेका छन । ऋणको तनाबमा परेर बिरामी पर्नुभन्दा पुरानो लुगा लगाउन राम्रो हुन्छ । साधा जीवन जीउने गरे आनन्द मिल्छ भनेर बुझनु जरुरी छ । हामीले हाम्रा साना बालबच्चालाई आफ्नो हैसियत अनुसार चल्न सिकायौ भने त्यही बानी पर्छ । भोलीका दिनमा उनीहरूलाई सजिलो गरी जीवन जिउन मद्दत मिल्छ । कुमालेको कांँचो माटो जस्ता साना बालबालिकाहरूले हामीले जे ग¥र्यौ त्यही सिक्दै जान्छन । यसैले अहिले हामीले उनीहरूलाई गाली गरेर होइन कि फकाएर, माया गरेर, सम्झाएर उनीहरूको माग हाम्रो गच्छे अनुसार पुरा गर्दिनुपर्छ ।
अन्तमा बडादशैंमा नव दुर्गा भगवतिले हामी सबैको रक्षा गरुन । दशैं जस्तै कुनैपनि चाडहरू भडकिलो नबनुन् । बिपन्न र सम्पन्न सबैले मनाउन सक्ने र सबैको सहज बनेर चाडहरू मनाउने बातावरण बनोस् । आफ्नो छरछिमेकीलाई हानी नोक्सानी नपुग्ने गरी भडकिलो नबनाई पर्व मनाउँं । जांँड रक्सी खाएर मातेर फोहर शब्द बोलेर कसैलाई हानी नपु¥याउँं । हामी सबैले सभ्य समाज निर्माण गर्नेतिर सोचाँैं । बर्षको एक दिन मान्यजनको आशिर्वाद लिने मात्र होइन कि मनैदेखि आर्शिवाद दिने बातावरण आफुले बनाएका छौंँ कि छैनाँैं भन्नेतिर पनि सबैले मनन् गरौं । बृद्ध बाबुआमाको संधै स्याहार सुसार र सम्मान गरौं । आफन्तमा कोही कसैलाई समस्या पर्छ भने निस्वार्थ भावले सहयोग पु¥याउँं । कसैलाई शारीरिक वा आर्थिक रूपमा कमजोर छ भनेर हेला होंँचो नगरौंँ । फेरी पनि दशैंको सबैमा मंगलमय शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?