ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

दसैं शुभकामनामा व्यावसायिक सुरक्षाकै चिन्ताः सुरक्षित पर्यटनबाटै आर्थिक समृद्धि

१ कार्तिक २०८०, बुधबार
१ कार्तिक २०८०, बुधबार

बुटवल, १ कात्तिक ।

रुपन्देहीका पर्यटन ब्यवसायीहरुले चाडपर्व नजिकिएसंगै शान्ति सुरक्षामा सजग बनाउने गरी प्रबन्ध गर्न प्रहरी, प्रशासनसंग आग्रह गरेका छन् । संवेदनशील पेशाका रुपमा रहेको पर्यटन ब्यवसायलाई दिगो र सुरक्षित बनाउन सकेमात्र देशको आर्थिक समृद्धि सम्भव हुने भन्दै उनीहरुले यसमा सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको शुभ अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफू रुपन्देही सरुवा भएर आएपछि सहभागी भएको सबैजसो कार्यक्रममा अर्थतन्त्र चलायमान भएन, धरासायी भए भन्ने गुनासो सुन्दै आएको बताए । समग्र अर्थतन्त्र धरासायी भएको अवस्थामा होटल ब्यवसाय फस्टाउन सक्ने अवस्था नभएको भन्दै अहिलेको अवस्थामा थेग्ने गरी अघि बढ्ने समय चलेको बताए । भोलिको भविष्य उज्वल हुनेछ भन्ने आशा लिनुपर्ने उनले सुझाव दिए । ‘अहिलेको उपभोक्ताको चाहना फरक छ’— उनले भने । समयसापेक्ष अहिले खानपान र जिवनशैली फेरिएको भन्दै यस्ता चाहनालाई बुझ्न जरुरी रहेको उनले बताए ।

पर्यटनहरुको आवश्यकतालाई बुझ्ने र त्यसै अनुसारको वस्तु र सेवाको उत्पादनमा जोड दिनुपर्ने उनले सुझाव दिए । होटल ब्यवसायमा आपराधिक गतिविधिहरु गर्न दिन प्लेटफर्म बन्न दिन नहुने उनले तर्क दिए । मानिसहरुमा नैतिकता सबैभन्दा ठूलो हुने तर्क दिंदै उनले आफू नैतिकवान भएमात्र अरुलाई गल्ती औल्याउने अधिकार हुने उदाहरण दिए । शुद्धीकरण हरेक क्षेत्रमा जरुरी रहेको भन्दै उनले सबै मिलेर अघि बढ्न सुझाव दिए । जिल्लामा ८ वटा संस्थाहरु रात्रीकालिन सेवाका लागि आवेदन प्राप्त भएको भन्दै आवश्यक तयारी भएमात्र निर्णय गर्ने उनले बताए । जाँचकै नाममा ब्यवसायिक क्षेत्रलाई तर्साउने काम गर्न नहुने तर्क दिदै उनले पर्यटन भय रहित वातावरणमा सबल हुने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले अन्य जिल्लाको तुलनामा रुपन्देहीको शान्ति सुरक्षा सामान्य रहेको दाबी गर्दै ब्यवसायलाई धरासायी गर्न खोज्ने गरी आईपरे समस्याको समाधानमा पहल गर्ने प्रतिवद्घता जनाए । बुटवल पर्यटन, ऐतिहासिक क्षेत्र भएकाले पनि यसको महत्वलाई जोगाउने गरी अभियान चलाउन जरुरी रहेको उनले बताए । समयको परिवर्तनसंगै आधुनिक समाजमा अपराधको योजनाहरु होटलमा बन्ने काम देखिएको उनले बताए । राम्रा र नराम्रा हरेक पक्ष होटलमा हुने गरेको भन्दै ब्यवसायीहरु प्रहरीसंग सहकार्य गर्न जरुरी रहेको बताए ।

रात्रीकालिन सेवा संचालन गर्नु आर्थिक विकासमा सकारात्मक हुने भन्दै पाईलटका रुपमा चलाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले विगतबाट नै परम्पराको रुपमा शुभकामना आदानप्रदान गर्ने गरेको बताए । नेपालमा आर्थिक मन्दीको धरापमा पर्यटन ब्यवसाय अछुतो नरहेको भन्दै उनले सरकार गम्भीर हुनुपर्ने समय आएको बताए । स्वदेशमा नै दीगो पर्यटन उद्योगमार्फत आर्थिक समृद्धिको सोच बनाएका उद्योगीहरुको हितमा सरकारको नीति कार्यक्रममा ल्याउनुपर्ने सुझाव दिए । धार्मिक पर्यटन लुम्बिनीको एउटा मुलमन्त्र बनाएर अघि बढ्न सके आर्थिक समृद्धि हुने उनले बताए ।

कार्यक्रममा होटल ब्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा संघका प्रमुख सल्लाहकार माधव नेपालले ब्यवसायीहरुको हकहितमा संघका पदाधिकारीहरुको ध्यान जानुपर्ने बताए । संघको आफ्नै दुख र मेहनतबाट तयार गरेको पूर्वाधारलाई उपयोग गर्ने गरी अघि बढ्न सुझाव दिदै उनले एउटा ब्यवसायले अर्को ब्यवसायीलाई समस्या दिने गरी ब्यवसाय गर्न नहुने तर्क प्रस्तुत गरे । पछिल्लो समय कालिका पथका होटल ब्यवसायलाई असर पर्ने गरी सवारी पार्किङको ठूलो समस्या देखिएको उनले बताए । समाज बिरुद्ध गएर कुनै प्रकारका कार्यक्रम गर्न नहुने उनले बताए । बैकको ब्याज दरलाई नियन्त्रण गर्ने मौद्रिक नीति ल्याउन, कर एकद्वार प्रणालीमा लागु गर्न सुझाव दिए ।

कार्यक्रममा संघका सल्लाहकार बालाराम भट्टराईले देश आर्थिक रुपमा कठिनाईको समयमा आईपरेको भन्दै यो अवस्था आईपुग्नुको कारण खोज्नुपर्ने बताए । ‘नेपाल अभिभाकत्व विहिन भएको छ’–उनले भने । विगत १४÷१५ महिनादेखि देशमा समस्यामा बढ्दै जाँदासमेत पिडाको यो अवस्था किन आयो भन्ने विषय खोतल्ने काम नगरिएको उनले दुखेसो गरे ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक प्रभावबाट सबैभन्दा नकारात्मक असर परेको क्षेत्र पर्यटन ब्यवसाय भएको बताउँदै यो क्षेत्रलाई उकास्ने गरी सरकारबाट कुनै प्रकारको नीति र कार्यक्रम आउन नसकेको दुखेसो गरे । सरकारबाट शुरु गरिएका अन्तर्राष्ट्रिय विमानस्थल, सभाहल जस्ता ठुला पुर्वाधारलाई लक्षित गरी यहाँ खुलेका तारे स्तरका धेरै पर्यटन उद्योगहरु खुल्न नपाउँदै समस्यामा आएको उनले बताए । सिटि भिलेज, केकेएफसी जस्ता ठुला लगानीका रेष्टुरेन्ट ब्यवसाय बन्द भएको उदाहरण दिदै उनले अहिले ९० प्रतिशत ब्यवसायीहरु पिडामा रहेको र विकल्पको खोजीमा भएको उनले बताए । दोहोरी साझ र डान्स बारलाई रात्रीकालिन सेवाको सरकारबाट कर लिएपनि सुरक्षाको कारण देखाउँदै ब्यवहारिक रुपमा कार्यान्वन गर्न नसकेको दुखेसो गरे ।

संघका सल्लाहकार विष्णु प्रसाद पोखरेलले लुम्बिनीको पर्यटन विकासमा भारतीय पर्यटकहरुलाई भित्र्याउन जरुरी रहेको बताए । नेपाल भित्रने भारतीय पर्यटकहरु प्रहरीकै कारण समस्यामा परेको गुनासो सुनिदै आएको भन्दै यसतर्फ सरोकारवालाहरु सचेत हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, सल्लाहकार कुलचन्द्र पाण्डे, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानिया, वडा प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी निरीक्षक महेश पाठक, महासचिव अर्जुन थापाले ब्यवसायिक हकहितमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?