© २०२३
बुटवल (बुटवलटुडे), १ कार्तिक । ‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा माध्यमिक विद्यालयको आयोजनामा वडा दशै, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ‘शुभकामना आदान–प्रदान तथा डस्टविन हस्तान्तरण कार्यक्रम’ गरिएको छ । भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भिम बहादुर थापा, पक्लिहवा माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक लेखा थापा को सहभागीतामा विद्यालयमा डस्बीन वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै थापाले विभिन्न समयमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू पुर्व विद्यार्थीको रूपमा विद्यालयलाई माया गरि गरेका रचनात्मक क्रियाकलापहरू सराहणिय रहेको र भोलिका दिनमा पनि विद्यालयको पुर्वाधार तथा शैक्षिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी सुशील गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतले भूतपूर्व विद्यार्थी समाजको महत्व तथा यसको स्थापना पश्चात् सम्पन्न गरेका र भविष्यमा गर्न सक्ने कार्यहरूको बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा विद्यार्थी समाजले बालविकाश देखि कक्षा १० सम्म प्रत्येक कक्षा–कोठामा तथा शौचालयहरूका लागि करिब २० हजार बरावरको डस्टविन हस्तातरण गरेका थिए । समाजका उपाध्यक्ष राजेन्द्र खड्का, सचिव माधव शर्मा, समाजसेवी कृष्ण खनाल, लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य सलुजा रामदाम, दिलु थापा, शारदा श्रेष्ठ, मिनु गुरुङ्ग लगायतले शुभकामना दिएका थिए ।