ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

ज्यामिरेमा बल्ल पुग्यो बिजुली !

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

पाल्पा, ३० असोज । पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेका ५२ वर्षीय मनु सारु गाउँमा बिजुली पुगेको देख्दा दंग छन । बिजुली पु¥याउन एक दशक अघि गाडिएका पोल ढलिसकेका कारण उनको बत्ती बाल्न पाउने आस मरिसकेको थियो । केही दिन अघि ज्यामिरे स्थित ट्रान्सफर्मर राखिएको पोलमा बत्ती बालिएपछि उनको खुसी फर्किएको हो । ‘बत्ती बलेको देख्दा निकै खुसी लागेको छ,’ सारुले भने ‘हाम्रो गाउँ पनि उज्यालो हुने भयो ।’

विद्युत् नहुँदा घरमा टुकी बाल्थेँ । उखरमाउलो गर्मीमा चाहेर पनि पंखा राख्न सक्नुभएको थिएन । ‘अब सजिलो हुने भयो,’ उनले भने । सोही वडाकै सिन्दुरे गाउँका ६० वर्षीय दीपक रानाले पारीको गाउँमा घरबाटै बिजुली बलेको देख्थे । आफ्नोतर्फ भने अन्धकार नै थियो । ‘बत्ती नहुँदा धेरै दिक्कत सहनुपरेको थियो,’ उहाँले भन्नुभयो, ‘केटाकेटीले राम्रोसँग पढ्न पाउँथेनन् ।’ अँध्यारोमा टुक्कीको भरमा रात काट्दै आएका यहाँका स्थानीयमा अहिले बिजुली पुगेपछि भने खुसी फर्किएको छ । उनीहरूको दैनिकी सामान्य बन्दै गएको छ ।

विद्युतका लागि पैसा बुझाएको एक दशकपछि यहाँको विकट गाउँ ज्यामिरे, बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको हो । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरक गाउँमा बिगत लामो समयदेखि बिजुली बत्तीको पर्खाइमा रहेका स्थानीयहरू पहिलो पटक बत्ती पुगेपछि अत्यन्त उत्साहित भएका छन् ।

विद्युतका लागि ज्यामिरेका स्थानीयले दश बर्ष अगाडि करिब २ लाख रूपैयाँ बुझाएको भएपनि दशकसम्म पनि बिजुली बाल्न नपाएपछि स्थानीय निराश बनेका थिए । ढिलै भएपनि गाउँमा बल्ल बिजुली बलेपछि स्थानीय अहिले उत्साहित भएका छन् । निस्दी गाउँपालिकामा अझै पनि ६० प्रतिशत नागरिकहरू विद्युतको पहँुच भन्दा बाहिर रहेका छन् । बाँकी रहेका गाउँमा पालिकाले बिद्युत बिस्तारका लागि ७२ करोड रकम विनियोजन गरेर काम गरिरहेको छ । विद्युत बिस्तार भएपछि गाउँका ४५ घरपरिवारले सुबिधा लिएका छन् ।

गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत, साथ र सहयोगका कारण लामो समयको प्रयासपछि बिजुली बाल्न सफल भइएको बताए । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने उनले बताए । यसअघि सामुदायिक विद्युत् प्रसारण लाइनबाट निस्दी गाउँपालिकाभित्रका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत् सेवा पुगिसकेको छ । अहिले निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् बिस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?