ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

चाडपर्व लक्षित अनुगमन : नागरिकको स्वास्थ्यमाथि खेलवाड

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), २७ असोज । कपिलवस्तु जिल्लाकै मुख्य बजार मानिने चन्द्रौटा बजार व्यापरिक केन्द्रको रूपमा रहेको छ । जहाँ किरानादेखि स्वास्थ्य संस्थाका अधिकांश पसलहरूमा म्याद गुज्रिएको सामग्रीहरू प्रयोग गरि आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । शिवराज नगरपालिकको चन्द्रौटामा रहेका बजारमा संयुक्त अनुगमन गर्दा जनता हेल्थ क्लिनिकमा ५ बट्टा सिरिंज, १९ थान औषधी लामो समयदेखि म्याद गुज्रिएको औषधीहरू प्रयोग गर्ने गरेको पाइएको नगरपालिकाले जनाएको छ ।

चाडपर्व नजिकिएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा शिवराज नगरपालिका र ईलाका प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले बिहिबार बजार अनुगमन गरेको हो । सडक पेटीमा रहेका ठेला व्यावसायीलाई समेत नगरपालिकाको दायरा भित्र रहेर कानुनी प्रक्रिया अपनाएर व्यावस्थापन गरी व्यावसाय सञ्चालन गर्न नगर प्रमुख अजय थापाले आग्रह गरे । बजारमा रहेका किराना पसल, मिठाई पसल, होटेल, दूध डेरी, औषधी पसल हरूमा अनुगमन गरेको नगरप्रमुख अजय थापाले बताए । नियमित अनुगमन नहुँदा व्यापारीले आफूखुसी सामान बेच्ने गरेको र त्यसले मानव स्वास्थ्यमै नकारात्मक असर परेको गुनासो भइरहँदा बजार अनुगमन गरिएको थापाले बताए ।

शिवराज नगरपालिका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक शिवकुमारी थारुले दुई दर्जन भन्दा बढि पसलमा अनुगमन गर्दा सबै पसलमा मूल्य सूची नराखेको पाइएको अनुगमन जानकारी दिइन्  । किराना पसल तथा औषधी पसलमा रहेका म्याद सकिएका सामग्री जफत गरिएको उनको भनाई छ । मिठाई पसल र होटलहरूमा सरसफाइ नभएकोले सरसफाइ गर्न निर्देशन दिइएको छ । सडक पेटीमा रहेका ठेला लगायत संरचनाहरू हटाइएको छ । अधिकांश होटलहरूमा सरसफाइ तथा व्यवस्थित नभएको पाइएको शिवराज नगरपालिका उपप्रमुख थारुले बताइन् ।

अनुगमन टोलीले मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल सामग्रीको अवस्था, म्याद नाघेका सामग्री, स्थायी लेखा नम्बर, भ्याटमा दर्ता पत्र लगायतबारे जानकारी लिएको प्रमुख प्रशाासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए । फिप्टीफिप्टी रेष्टुरेन्ट, न्यू गौरव स्वीट हाउसबाट करिब ५ लिटर तेल, राधाकृष्ण किरानाबाट ३ लिटर तेल, राप्ती स्टाफ होटेल लगायत सरसफाई नभएका कारण तालाबन्दी गरी नगरपालिका बोलाई सरसफाइ गर्न सम्झौता गरी चेतावनी दिँदै अर्को पटक जरिवाना गर्ने जनाइएको छ ।

ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले नागरिक माथि यसरी लापरवाही गर्न नहुने बताए । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले व्यापारीहरूले गरेका सानो लापरवाहीले मानिसहरूको जोखिममा रहेको बताउँदै आगामी दिनहरूमा यस्ता घटना नदोहरिने जिकिर गरे । समयमा नै सुधार गरी उपभोक्ताहरूलाई सर्वसुलभ सेवा प्रवाह गर्न आग्रह समेत उनले गरे ।
यस्तै व्यापार संघका जगत पौडेलले व्यावसायी मारमा रहेको बुझेको बताउँदै जटिलताको नाममा सेवाग्राहीलाई जोखिममा राख्न नमिल्ने तर्क गरे । यस्तै अनुगमनमा वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, विक्रम केसी, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । यसअघि श्यामलाल बन्जाडे किराना पसलबाट म्याद गुज्रिएको २८ किलो सुपारी, साईबाबा टेड्रर्सबाट २५ पोका दालमोट, लगायत बरामद गरी जफत चेतावनी समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?